© 2026
बुटवल, ०८ फागुन ।
हप्ताको दुई दिन मंगलबार र शुक्रबार बिहान बाँसको टेकोमा त्रिपाल लगाउने र साँझ परेपछि निकाल्नु बुटवल ११, देवीनगरका हाटबजार व्यवशायीको नियती हो । जहाँ करिब ३५० व्यवसायीले हाट थाप्छन् भने हजारौं उपभोक्ता किनमेलका लागि पुग्छन् । बुटवल देविनगरको हाटबजार तिनाउ नदीको उकास जमिनमा लाग्ने गर्दछ । जहाँ अहिलेसम्म कुनै पनि बलियो स्थायी संरचना निर्माण गरिएको छैन ।बुटवल–१७ रानीगञ्जमा पनि आइतवार र बुधबार ४ सय व्यवसायी यसैगरी हाटको पसल लगाउनुपर्ने बाध्यता छ । करिब ४ सय व्यवसायीले हाट थाप्ने बजारमा हजारौं संख्याका उपभोक्ता हाट भर्न पुग्छन् । जहाँ शौचालयको लागि उपभोक्ता तथा व्यवसायी सबै झाडी खोज्दै जानुपर्ने अवस्था छ ।

हुमाराम पोखरेल
अध्यक्ष, हाटबजार व्यवसायी संघ रुपन्देही ।
यी दुई प्रतिनिधि उदाहरण मात्रै हो । रूपन्देही जिल्लामा रहेका अधिकांस हाटबजारहरूले बर्षौंदेखि पूर्वाधार अभाव झेल्दै आएका छन् । तर स्थानीय पालिकालाई भने नियमित रूपमा कर उठाउने गरेका छन् । हाटबजार व्यवसायी संघ रूपन्देहीका अध्यक्ष हुमाराम पोखरेलका अनुसार कतिपय स्थानमा त व्यवसायीहरूले विना बिल नै अवैध रूपमा कर तिर्न बाध्य छन् ।२०१० सालमा रूपन्देही जिल्लाको सुर्यपुराबाट हाटको संस्कार सुरुवात भएको पाईन्छ । २०२४ सालमा सालझण्डीको झीमझिमीया क्षेत्र हुँदै हाटबजारले रूपन्देही जिल्लाभरमा बिस्तार भएको पाइएको छ । संघका अध्यक्ष पोखरेल भन्छन्–‘हामी जति पुरानो भएपनि स्थानीय तहको नजरमा जहिले पनि हामी साना व्यवसायीको साना नै भइम्, कसैले पनि व्यवस्थित पूर्वाधार निर्माणमा ध्यान दिन सकेनन् । ’
जिल्लाभरका २ सय भन्दा बढि स्थानमा हाटबजार लाग्दै आएका छन् । कतिपय हाटबजार स्थानीय तहको मातहतमा छन् भने कतिपय विद्यालय, कतिपय स्कुल र कुनै त संघ संस्थाले समेत सञ्चालन गर्दै आएको पाईन्छ । जिल्लामा ५० हजार भन्दा बढि हाटबजारमा प्रत्यक्ष रूपमा रोजगारी पाएको अध्यक्ष पोखरेलको भनाई छ ।देशमा ठूला–ठूला परिवर्तन र संघीय संरचनामा गइसकेपछी २०७४ को चुनावपछि हाटबजार क्षेत्रमा केहि सुधारका काम पनि भए, केहि हाटबजारहरूमा भौतिक पुर्वाधार को निर्माण भए तर यति मात्र प्रयाप्त छैनन । बुटवल–५ को हाटबजारमा टिन ट्रस लागेता पनि टिन ट्रस जिर्ण भएकोले पानी बाहिर जाने अवस्था छैन ।

बुटवल– ७ मा ट्रस लगाउन सुरुवात मात्र गरिएको छ । बुटवल–१२ नयाँगाउँ हाटबजारमा संघिय सरकारको गतबर्षको बजेट रु.२५ लाख बाट बजार क्षेत्रको कम्पाउड गरिएको छ भने यस बर्षको रु २० लाख कार्यान्वयन भईरहेको छ । बुटवल १७ रानीगञ्ज हाटबजारमा बुटवल उपमहानगरपालिकाको रु. १५ लाख बजेट कार्यान्वयन भइरहेको छ ।
बुटवल ११ को देविनगर हाटबजारमा अहीलेसम्म कुनै संरचना छैन, मजुवा हाटबजारमा झाडीमा शौचालय जानपर्ने बाध्यता छ । यी त उदाहरण मात्रै हुन । बुटवल उपमहानगरपालिका भित्र ९ वटा हाटबजारहरू ठेक्का लागेका छन ।
जसबाट बार्षिक २ करोड बराबरको आम्दानी हुन्छ । बजारहरूको अबस्था यस्तो छ । २०७५/२०७६ सालमा भैरहवा हाटबजारमा किसान र व्यवसायी लाई व्यवस्थापन गर्ने बाहानामा भवन निर्माण गरी व्यवसायीलाई विस्तापित गर्ने काम गरेको हाट बजार व्यवसायीहरूको गुनासो रहेको छ । भैरहवामा करिव ४ सय देखि किसान र व्यवसायीलाई अहिले अलपत्र परेको व्यवसायीको भनाई रहेको छ । घामपानीबाट बच्न ओत, पिउनलाई पानी, बिजुली बत्ति र शौचालय व्यवस्थापन गर्नको लागि व्यवसायीहरूले माग गरेका छन् ।
बुटवल उपमहानपालिकाका प्रमुख खेलराज पाण्डेयले कुनै पनि बैकल्पीक व्यवस्थापन विना व्यवसायीरुले आफ्नो स्थान छाडेर जानु नपर्ने बताएका छन् । उनले खासगरी श्रमजीविहरूको पक्षमा बुटवल रहेको भन्दै बर्खाको समय होस्,या हिउँदको समय मा हाट बजार व्यवस्थीत हुन नसक्दा समस्या भएपनि यसको व्यवस्थापनको लागि नगरपालिका लागिरहेको बताएका छन् ।रूपन्देही जिल्लाभरीमा ५० हजार हाट बजार व्यवसायी रहेको र १२२ स्थानमा हाटबजार लाग्ने गरेको बताइन्छ ।