ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

रेबिज रोगः महामारी बन्ने डर

२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार

बुटवल, २४ माघ । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा ३–४ दिनको फरकमा कुकुरमा रेबिज देखियो । रूपन्देहीकै ओमसतिया गाउँपालिकामा रहेको एक फार्मका चौपायामा पनि रेबिज पुष्टी भयो । यो रोग लागेपछि पशु चौपायको मृत्यु निश्चित जस्तै छ । केही समय पहिला नेपालगञ्जमा घोडामा पनि रेबिज पुष्टी भएको थियो ।

रूपन्देही सहित गुल्मी, कपिलवस्तु, बाँके, रूपन्देही जिल्लामा ६ महिनाको अन्तरालमा नमूना परिक्षण गर्दा १० भन्दा बढि रेविजका केश भेटिएको पुष्टी भएको छ । पशुरोग अन्वेषण प्रयोगशाला नवलपरासीका प्रमुख डा. भरत काफ्लेका अनुसार रेबीज रोग भेटिने क्रम बढ्दो छ । यसरी रेबिजका केश भेटिदै जानुले भविष्यमा महामारी समेत हुन सक्ने संकेत समेत गर्न सकिने प्रयोगशाला प्रमुख डा. काफ्लेको भनाइ छ । खासगरी एउटा रेबीज रोग लागेको कुकुरले समुदायका अन्य कुुकुर, पशु चौपाय सहित मानिसलाई समेत टोक्न सक्छ । एउटा कुकुर रेबीज लागेपछि २५ किलोमिटर वरपरका पशु चौपाय, मानिसमा टोक्दै हिँडेको समेत पाइएको छ ।

तिलोत्तमामा रेबीज पुष्टी भएको केश मात्रै हो । तर समुदायमा कतिपय केश परिक्षण नगरिएको कारण यसको फैलावट समेत धेरै भएको आशंका समेत गरिएको छ । खासगरी रेबीज लागेको कुकुर, बँदेलले अन्य चौपाय पशु, मानिसमा टोक्दा यो रोग सर्दछ । जुन रोग लागेपछि चौपायको मृत्यु हुने भएको कारणले कुनै बेला समाजमा भयावह रूपमा फैलिन सक्ने भएको कारण बेलैमा मानिस सचेत हुन आवश्यक रहेको डा. भरत काफ्ले बताउँछन् । उनका अनुसार यसको लागि पालिकाहरूले सामुदायिक कुकुर, घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण गराउँदा अनिवार्य रूपमा रेबीज विरुद्धको खोप लगाउने अभियानमा सबैले साथ र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

रेविज जनावरहरूवाट मानिसमा सर्ने विषाणुवाट हुने रोग हो । यस रोगमा दुई किसिमका लक्षणहरू देखा पर्दछन । उत्तेजक र पक्षघात, सामान्यतया धेरै जसो विरामीहरूमा उत्तेजक किसिमका लक्षणहरू देखा पर्दछन । रेविज रोगको विषाणुले स्नायू प्रणालीमा असर गर्दछ । यो रोग खासगरिकन रोगी जनावरले टोकेको अवस्थामा ¥यालको माध्यमवाट सर्दछ । रेविज रोग लागेर वहुलाएको जनावरहरूको घाउ चाटेमा वा च्यातिएको छाला वा मुखमा र नाकमा ¥याल परेमा पनि रोग सर्न सक्तछ । दक्षिण पूर्वी एशियाका मानिसहरूमा ९६ प्रतिशत रेविज रोग कुकुरको टोकाईवाट सर्ने गरेको पाईएको छ । यसको अलावा अन्य जनावरहरू जस्तै विरालो, न्याउरी मुसा, स्याल, व्वांसो, फ्याउरो र अन्य
मांसाहारी जनावरहरूको टोकाईवाट पनि रोग सर्ने गरेको रिर्पोटहरू छन् । तर वांदर र मुसाहरूवाट विरलै सर्ने सर्दछ । रेविज रोग लागेका घोडा र गधाहरू वढी उत्तेजित हुन्छन् र नराम्रोसंग टोक्दछन् । रेविज रोग लागेका गाई, भैसीहरूले टोक्दैनन् तर ¥याल चुहाईरहेका विरामी पशुहरू जाँदा सावधानी अपनाउनु पर्दछ । कहिले काही पशु धनीहरू रेविज रोगलाई खोरेत, भ्यागुते वा घाटीमा केहि अड्किए भनि झुक्किएर हातले औषधि खुवाउने कोशिस गर्दा रेविज रोग सर्न सक्ने डा. काफ्लेको भनाइ रहेको छ ।

समाजमा रहेका सामुदायिक कुकुर वा घरपालुवा कुकुरमा रेविज रोग लागेको कुकुर विना कारण टोक्ने, अस्वाभाविक वस्तुहरू जस्तै लठ्ठी, कांटी, दिशा आदि खाने, बिना कारण जथाभावी दौडने, स्वरमा परिवर्तन आउने जस्तै घोक्रे स्वर निकालेर भुकिरहने वा स्वर निकाल्न नसक्ने जस्ता लक्षण देखाउने गर्दछ । यस्तै अत्यधिक याल काढ्ने वा मुखबाट फिज आउने, तर पानी देखि नडराउने पनि लक्षण देखाउँछ । यो देखिएमा तुरुन्त उपचारको लागि लैजान पशुचिकित्सकहरूले आग्रह गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले रेबीज रोग विरुद्धमा खोप अभियान चलाउँदै आएको छ । यस्तै पालिकाहरूको सहकार्यमा सामुदायिक कुकुर, घरपालुवा कुकुरको स्थायी बन्ध्याकरण समेत गराउँदै आएको छ । पशुरोग अन्वेशषण प्रयोगशालाले प्रदेशमा विभिन्न स्थानमा समेत यो अभियान चलाउँदै आएको छ । केही समय पहिला नेपालगञ्जको ईट्टा भट्टीमा रहेका घोडा, गधामा रेबीज देखिएपछि उक्त क्षेत्रमा नै खोप अभियान चलाईएको प्रयोगशाला प्रमुख डा. काफ्ले बताउँछन् । अहिले भने उक्त स्थानमा रेबीज रोग देखिएको छैन । तर रूपन्देहीमा भने केही दिनको अन्तरमा रेबीज रोग दिएको हो । जसले समुदायमा भित्र भित्रै भुसको आगो जस्तै फैलिएको हुन सक्ने अनुमान गरिएको छ । रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने ।
कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पु¥याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।
पशुरोग अन्वेशण प्रयोगशालाले गत साउन १ गते देखि माघ २३ सम्म गरेको परिक्षणमा रूपन्देही जिल्लामा सबैभन्दा बढि ६ पटक रेबीज भेटिएको छ । बुटवल उपमहानपालिका वडा नम्बर २ मा कुकुरमा गत साउन ३ गते, मंसिर १३ मा देवदह नगरपालिका ८ मा गाईमा, माघ १३ मा सैनामैनानगरपालिका मा भेडामा, तिलोत्तममा माघ २० गते कुकुरमा, तिलोत्तममा माघ २२ गते अर्को कुकुरमा र माघ २३ गते ओमसतियामा रहेको भैसीमा समेत रेबीज देखिएको हो ।
पशुरोग अन्वेशषण प्रयोशाला प्रमुख डा. भरत काफ्लेका अनुसार साउन १ देखि माघ २३ सम्म ११ वटानमुना परिक्षण गर्दा रेबीज देखिएको छ । कपिलवस्तु, नवलपरासी, बाँके, दाङ, रूपन्देही गुल्मीमा समेत रेबीज देखिएको हो । परिक्षण गरिएको केसमा सबैभन्दा बढि कुकुरमा, त्यसपछि भैसीमा, गाईमा, घोडा र भेडामा समेत रेबीज पुष्टी भएको हो । प्रयोगशालामा आरडीटी परिक्षण र एएटी परिक्षणबाट समेत पुष्टी भएको हो । नवलपरासीमा कुकुरमा गरिएको परिक्षणमा आरडीटीमा परिक्षण गर्दा एउटा केश भने पुष्टी हुन सकेन । कुल १२ नमुना परिक्षण गरिएकोमा ११ वटा परिक्षण गर्दा रेबीज पुष्टी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?