ट्रेंडिंग:

>> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन
१३ औँ वार्षिकोत्सव विशेष

पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’

१९ माघ २०८१, शनिबार
१९ माघ २०८१, शनिबार

कुनै समय बटौली (पुरानो बुटवल) हिमाल, पहाड र तराईको प्रमुख किनमेलको बजार थियो । जहाँ मानिसका दैनिक उपभोग्य वस्तु नूनदेखि सुनसम्म किनमेल हुन्थ्यो । पहाडी मुलका नागरिकहरू बुटवलमा घ्यू, जडीबुटी बेच्थे र घरायसी सामान किनेर फर्किन्थे । भारत जाने परदेशीहरूको भारी बिसाउने ठाउँ पनि थियो बटौली ।त्यो बटौली अहिले ‘गुल्जार छैन’ । थोरै घरमा मात्रै व्यापार–व्यवसाय सञ्चालनमा छ । ७ भदौ २०८१ मा नगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा भएको छललफलमा पुरानो एवम् ऐतिहासिक बजार ‘बटौली’ लाई सम्पदा संरक्षित क्षेत्रको रूपमा बिस्तार गर्ने योेजना अगाडि बढाउने निर्णय भयो । बुटवलको वडा नम्बर १ र २ मा पर्ने बुटवलको पुरानो बजार ‘बटौली’ क्षेत्रलाई पुरानै अवस्थामा झल्काउने गरी पुनःनिर्माण गर्ने, सम्पदाहरूको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने काम नगरपालिकाको रहेको छ ।
नगरको वडा नं. १ का केही घरहरूको पुनःनिर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पु¥याउनका लागि अध्ययन गरेर बाँकी काम अगाडि बढाउन छलफल भएको निर्णय पुस्तिकामा उल्लेख छ । अहिले माथिल्लो पुलको गणेश स्थान मन्दिर देखि सिद्राबजार र लायन्स गेटसम्मको क्षेत्रका ४२ घरलाई पुनस्र्थापित गर्ने योजना नगरपालिकाको देखिन्छ । पुराना ‘नुन साट्ने थलो’ को रूपमा रहेका पुरानो बटौलीलाई पर्यटक तान्ने गरी ‘बन्दीपुर’ जस्तै बनाउने योजना नगरपालिकाको छ ।बटौली बजारमा सांस्कृतिक, पर्यटकीय गन्तव्यमा स्थापित गर्ने कुरा तत्कालिन नगर प्रमुख शिवराज सुवेदी हुँदा समेत चर्चामा रहेको छ । बुटवलको अमरपथ क्षेत्रलाई रात्रीकालिन बजारको रूपमा विकास गर्ने र पुरानो बुटवललाई सांस्कृतिक पर्यटन गन्तव्यको रूपमा विकास गर्ने गरी योजना बनाइएको भएपनि यसले मूर्त रूप पाउन सकेको छैन ।


पुरानो परम्पराः
२०२२/२३ सालसम्मपनि बटौलीमा पहाडबाट मान्छे चैतदेखि कार्तिकसम्म आउन डराउँथे । घिउ, अदुवा, बेसार, जडीबुटी, तरुल, सखरखण्ड, कोदो, मकै बेच्न पहाडबाट झरेकाहरू बदलामा नुन, चिनी, काँचो कपडा लिएर पहाड उक्लिन्थे ।बटौलीको व्यापारमा कसौधन र मारवाडीहरू जमेका थिए । स्वामी प्रभुदयाल, वंशगोपाल, चिनियाँमान, पीताम्बर काँचो कपडाका चर्चित व्यापारी हुन् । रामवकस, जुगीलाल, सानो काजी, गोविन्द वैद्य, रामलाल लगायतका व्यापारीले कपडा र किराना व्यापार गर्थे । तीर्थ बाँटासहितका साहुजीहरूले सुन र तामाको कारोबार गर्थे ।

पहाडका मानिसहरूले घिउ, सुठो लिएर आउने र त्यो बेच्ने गर्दथे । बेचेको पैसाले नुन, तेल, कपडा लिएर जान्थे । बुटवलमा हातबाट सञ्चालित हुने हस्तकला कपडा प्रिन्टिङ उद्योगहरू सञ्चालित भएको पाइन्छ । २०२० सालतिर शिव बिडी उद्योग सञ्चालित थियो । यसपछि कृष्ण साबुन उद्योग (२०३२) बुटवल औद्योगिक क्षेत्रको निर्माण (२०३२), बुटवल घिउ उद्योग (२०३२) आदिले यस क्षेत्रको औद्योगिक विकासमा योगदान दिएका छन् । अहिले बुटवल औद्योगिक तथा व्यापारिक नगरीका रूपमा परिचित रहेको छ । २०२० सालमा बुटवल टेक्निकल इन्स्टिच्युटको स्थापना भएपछि दक्ष जनशक्ति उत्पादन भयो । यसपछि बुटवलमा औद्योगिक वातावरण सिर्जना भएको पाईन्छ ।खासगरी पर्यटकीय क्षेत्रको रूपमा पुराना ‘थलो’ लाई विकास गरी अगाडि बढाउने परिपाटीको विकास हुँदै जाँदा स्वदेशीमात्रै नभएर विदेशी पर्यटक समेत तान्न सकिने अवस्था छ । कतिपय सांस्कृतिक परम्परा पुरानो बाणिज्य व्यापारमा रुची राख्ने विदेशी सोध तथा अनुसन्धानकर्ताहरूको लागि एउटा खुल्ला ‘संग्राहलय’ हुनमा पुरानो बटौली निकै सहयोगी बन्न सक्छ ।
बुटवल उपमहानगरपालिकाले बटौलीमा संग्रालय समेत निर्माण गरेको छ । युद्ध संग्रालयको नाम दिइएको भएपनि यो संग्राहलय संगै सिंगो बुटवललाई खुल्ला संग्रालयको रूपमा विकास गर्न सकिने देखिन्छ ।

बटौलीमा अहिले पनि सिद्रा व्यापार गर्ने केही व्यवसायीहरू रहेका छन् । उनीहरूको व्यवसायलाई अझ व्यवस्थित गर्दै अन्य स्थानमा पनि सोही प्रकृतिका अन्य व्यवसाय बिस्तार गर्न सकिने संभावना रहेका छन् । खासगरी सुख्खाखालका खाद्यान्न, गेडागुडीको बिक्री वितरण संगै जीतगढी क्षेत्रमा भएका लडाइँमा प्रयोग भएका कपडा समेत निर्माण गरी बिक्री गर्न सकिने संभावना रहेको छ । यस्तै पुरानो बटौलीमा विभिन्न घरेलु औजार तथा हतियारहरूको (कृषिजन्य) मा प्रयोग हुने सामानको बजार स्थापना गर्न सकिन्छ । आफूलाई चाहिने कृषिजन्य औजार किन्न जाने थलोको रूपमा समेत बुटवल बजारले पहिचान बनाउन सक्छ ।
बटौलीमा यस क्षेत्रकै जेठो विद्यालय बुटवल मावि संचालनमा छ । त्यसको संरचना, अवस्था, सिक्ने थलोको रूपमा बाहिरबाट आएका पर्यटकहरूलाई शैक्षिक थलोको रूपमा बुटवल माविलाई देखाउने एउटा स्थान बन्न सक्छ । खासगरी शिक्षा क्षेत्रमा खोज र जानकार राख्न खोज्नेहरूको लागि बुटवल शिक्षाका उद्गम स्थलको रूपमा रहेको बुटवल मावि शिक्षा जान्ने जीवित संग्राहलयको रूपमा अगाडी बढाउन सकिन्छ । यहाँ पुरानो महाविर पुस्तकालय पनि छ । पुस्तकालयमा अहिले पनि पौराणीक, ऐतिहासक र संग्रहनीय पुस्तक तथा ग्रन्थ रहेका छन् । यसको अध्ययन, अवलोकन, खोजका रुचीकारहरूको लागि यो महत्वपूर्ण थलोको रूपमा विकास हुन सक्छ ।शैक्षिक भ्रमणको रूपमा आउने विद्यार्थीहरूलाई एकपटक बुटवल मावि, महाविर पुस्तकालय, जीतगढी किल्लासँगै रहेको उजिरसींह मावि लगायतका शैक्षिक धरोहरमा लगेर केही समय भएपनि टिकाउन सकिन्छ । आफैमा पुरानो बुटवल खुल्ला संग्राहलय नै हो ।
नहार्ने जीतगढी र संस्कृति परम्परा
अंग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रूपन्देहीस्थित जितगढी किल्ला हो । जहाँ राष्ट्रियताको प्रतिबिम्बका रूपमा स्थापित युद्ध ईतिहासको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढी’ रहेको छ । जीतगढी किल्ला वास्तु शास्त्रका आधारमा हेर्दा सँगसँगै बनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ ।
जीतगढी किल्लाको प्रचारप्रसार संगै यसमा पर्यटक तान्न सकिने आधार धेरै छन् ।तीनाउ नदीको सभ्यतासंगै यसमा पर्यटक आकर्षण गर्न सकिन्छ । यसको अलवा नेवार समुदायको बाहुल्यता रहेको बटौली क्षेत्रमा लाखे नाच, जात्रा सहित कृष्ण जन्माष्ठमीको अवसरमा प्रदर्शन गरी कृष्ण जन्माष्ठमी जात्राको पनि नियमित विकास गर्न सकेमा यसबाट पनि पर्यटक तान्न सकिने आधार धेरै छन् ।अंग्रेजहरूलाई दुई सय तीन वर्षअघि हराएको जितगढी (बुटवल) क्षेत्र उहिलेको पनि राजधानी थियो । सेनवंशीय राजाहरूले यसलाई शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । इतिहाससँग जोडिएको, ल्हासाको नुन र कपडाको व्यापारसँग जोडिएको बुटवलले एक सय वर्ष अघिदेखि मात्रै आधुनिक रूप पाएको हो ।


बटौलीले रैथाने खानाका परिकारहरू समेत पस्कीन सक्छ । खासगरी मधेसी समुदायमा परिचित रहेका खानाका परिकाहरू, मुस्लीम समुदायमा परिचित रहेका खानाका परिकार र पुराना बटौली हुँदा पहाडी जिल्लाबाट ल्याएर पकाएर खाने रैथाने खानाका परिकाहरूको समेत बिक्री स्थल बनाई पर्यटक तान्ने र धान्ने स्थानको रूपमा विकास गर्न सकिन्छ ।
बुटवलमा अहिले निर्माण भएका दुई वटा केवलकार मध्ये सिद्धार्थ केवलकार बुटवल माध्यामिक विद्यालयको नजिकै रहेको छ । बुटवलको मौलिकता देखाउने गरी केवलकार चढ्न आउने पर्यटकलाई समेत उक्त स्थानमा भ्रमण गराउने गरी, तान्न सक्ने गरी योजना निर्माण गर्न सकिएमा बटौलीले पक्कै पनि लाभ लिने छ ।साथै विभिन्न स्थानबाट मणिमुकुन्द शेन उद्यान (फुलबारी)मा अवलोकनको लागि आउने पर्यटकलाई समेत बटौली बजारमा आकर्षण गर्न सकेमा यसबाट समेत लाभ लिने आधार शिला खडा हुनेमा दुईमत छैन ।

(स्थानीयसँगको कुराकानी, विभिन्न पुस्तक र अध्ययन सामग्रीको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?