ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बुटवलका मासु पसलमा अब बधशालाको मासु

११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

बुटवल, ११ माघ ।
लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको लगानीमा बुटवल १० रामानगरमा निर्माण भएको पशु बधशालामा बुटवलका मासु व्यवसायीहरू जाने भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफूहरूले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका थिए ।

बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रूपन्देहीका बीचमा २५ बुँदे सहमती भएपछि मासु व्यवसायीहरूले अब बधशालाको मासु बिक्री गर्ने भएका छन् । बिहीबार बुटवलमा एक औपचारिक कार्यक्रम आयोजना गरी पशुबधशालाको मासु बिक्री गर्ने सहमती पत्र आदान प्रदान गरिएको हो । यद्यपि यो सम्झौता गत माघ ८ गते नै भएको थियो । बुटवल उपमहानगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना र मासु व्यवसायी समिति रूपन्देहीको तर्फबाट अध्यक्ष विशाल थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बुटवलमा हाल पशु बधशाला सञ्चालन गरिरहेको मुक्तीनाथ लाईभस्टक बैंकले दुई स्थानमा चलाएको आउटलेट बन्द गर्ने सर्त राखीएको छ भने बधशालाबाट खसी बोकाको मासु खुट्टा टाउको सहित (पूर्ण सरिर), छाला सहितका मिश्रित मासु प्रतिकिलो ८ सय रूपैयाँमा बिक्री गर्दै आएकोमा मासु व्यवसायीहरूले ८ सय ५० मा बोसो सहित भुटुवा आईटम समेत निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको हो । यस्तै थप प्रति केजिमा ८० रूपैयाँ थप गरी छाला बाहेकको मासु उपलब्ध गराउने सम्झौता गरिएको छ । स्वयं मासु व्यवसायीहरूले आफैले खसी बोका बधको लागि बधशाला लगेमा सो बापत प्रसोधन खर्च अधिकतम १००० रूपैयाँ लिँदै आएकोमा अब ६ सय रूपैयाँ कायम गरिएको छ । यस्तै सम्झौतामा विना दर्ता टोल टोलमा, हाटबजार छेउमा खुल्ला रूपमा माछा समेत विक्रि वितरण गर्दै आएका सबै प्रकृतिका मासु विक्रि वितरण कार्यलाई पूर्ण रूपमा बन्द गरिने भएको छ ।

बधशालाको मासु बध गरेको बखत कुनै पनि गुणस्तरमा सम्बन्धमा गुनासो आएमा, फरक परेमा बधशाला सञ्चालक नै जिम्मेबारी हुनुपर्ने विक्रि वितरण गर्दा कुनै गुणस्तर फरक परेमा व्यवसायी नै जिम्मेबारी हुुनुपर्ने सम्झौता गरिएको बुटवल उपमहानगरपालिका नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।यस्तै मासु व्यवसायी संघ नेपाल रूपन्देहीको कार्यालय भवन निर्माणको लागि उपयुक्त स्थानमा जग्गा प्रचलित कानून बमोजिम आवश्यक पहल नगरपालिकाले गर्ने र अन्य पसल सुधार लगायतका अनुदानका कार्यक्रममा लागि समेत नगरपालिकाले सहयोग गर्ने सम्झौता भएको नगरपालिका अनुगमन महाशाखा प्रमुख ठगीश्वर पोखरेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका हरेक समस्या समाधानको लागि नगरपालिका सकारात्मक भएर लाग्ने बताए ।बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रा देवी अर्यालले बधशाला बुटवलबासी र लुम्बिनी प्रदेशको लागि आवश्यकता रहेको भन्दै उनले बुटवलमा बध गरेको मासु विदेश समेत पठाउन सकिने गरि योजनना ल्याईएको बताईन् ।मासु व्यवसायी संघ नेपाल रूपन्देहीका अध्यक्ष विशाल थापाले सम्झौता उल्लेख गरिएको बुँदा पूर्णरूपमा पालन गर्नको लागि दुबै पक्ष सचेत हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?