ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रूपन्देहीका ५८ हजार किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप

१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

बुटवल, १० माघ ।

रूपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरूलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ ।देशव्यापी अभियान अन्तर्गत रूपन्देही जिल्लामा यहि माघ २२ गते देखि फागुन महिनाको ६ गते सम्म खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका खोप प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिए । उनका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान चलाइने छ । जसअनुसार पहिलो चरणमा माघ महिनाको २२ गतेदेखि २९ गते सम्म जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगर नगरपालिकामा र माघ २२ देखि २७ सम्म सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी गाउँपालिकामा रहेका विद्यालयमा खोप केन्द्र निर्माण गरी खोप अभियान चलाइने छ ।

यस्तै जिल्लामा दोस्रो चरणमा फागुन १ देखि ६ गते सम्म देवदह नगरपालिका, तिलोत्तमा नरपालिका सहित ओमसतिया, रोहीणी, लुम्बिनी सांस्कृतिक, सम्मरीमाई, मर्चवारी गाउँपालिकामा खोप अभियान चलाइने छ ।

पाठेघरको क्यान्सर विद्धरुको यो खोप विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै छात्राहरू र विद्यालय बाहिरका १० बर्ष उमेरदेखि १४ बर्ष उमेर सम्मका सबै छात्राहरूलाई खोप लगाइने छ । अभियानको लागि जिल्लामा कुल ६ सय ८५ खोप केन्द्र सञ्चालन गरिने स्वास्थ्य कार्यालय रूपन्देहीका खोप अधिकृत खिमलाल पाण्डेले जानकारी दिए ।

विश्वमा हरेक वर्ष ५,७०,००० महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । र, सन् २०३० सम्ममा ७,००,००० सम्म पुग्ने अनुमान गरिएको विश्व स्वास्थ्य संगठनका खोप अधिकृत डा. सागर तिवारीले जानकारी दिए । उनका अनुुसार हरेक वर्ष ३,११,००० जना महिलाहरूको मृत्यु हुने र सन् २०३० सम्ममा ४,००,००० पुग्ने अनुमान छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको छ । ८८% पाठेघरको मुखको क्यान्सरका विरामीहरू र मृत्यु हुने संख्या न्यून आय भएका र मध्यम आय भएका देशमा देखिएको छ ।

डा. तिवारीका अनुसार एच.पि.भी. संक्रमण भएको शुरुको अवस्थामा कुनै लक्षण, चिन्हहरू देखिदैनन् यौन सम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने जस्ता समस्या देखा पर्दछन् ।

यो खोप महिनावारी भएको बेलामा पनि लगाउन हुन्छ, महिनावारीमा एच.पि.भी. खोपको कुनै भूमिका हुदैन । त्यसैले यो खोपले महिनावारी ढिलो हुने, छिटो हुने जस्ता कुनै किसिमका असरहरू नगर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसैबीच रूपन्देहीमा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चपाईंको अध्यक्षतामा समन्वय समितिको बैठक बसेर खोप सञ्चालन सम्बन्धी अभिमुखीकरण सहितको कार्यक्रम गरिएको छ । सबै पालिकाका स्वास्थ्य शाखा प्रमुखको सहभागितामा अभिमुखीकरण गरिएको हो । बैठकलाई निर्देशन गर्दै अध्यक्ष तथा समन्वय प्रमुख चपाईंले खोप अभियान सफल बनाउनको लागि सबैले साथ दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?