ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

दूधमा लुम्बिनीको १८ प्रतिशत योगदान

लुम्बिनी प्रदेशले कुल उत्पादनको बार्षिक ४ लाख ८ हजार २ सय ६ मेट्रिक टन दूध उत्पादन गर्दै आएको छ ।
७ माघ २०८१, सोमबार
७ माघ २०८१, सोमबार

बुटवल, ०७ माघ ।
पछिल्लो समयमा व्यवसायिक पशुपालनमा लाग्ने मानिसहरूको संख्या घट्दै गएको छ । तर देशभर उत्पादन हुने दूध मध्ये लुम्बिनी प्रदेशले १८ प्रतिशत योगदान दिएको दुुग्ध व्यवसायीहरूले जनाएका छन् ।
लुम्बिनी प्रदेशले कुल उत्पादनको बार्षिक ४ लाख ८ हजार २ सय ६ मेट्रिक टन दूध उत्पादन गर्दै आएको नेपाल डेरी एशोसीयसनका लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने बताउँछन् । प्रदेशमा कुल उत्पादन हुने दूध देशभर उत्पादन हुने दूधको १७.९ प्रतिशत रहेको अध्यक्ष न्यौपानेको भनाइ छ । प्रदेशमा उत्पादन भएको दूध मध्ये १५ प्रतिशत मात्रै औपचारिक क्षेत्र मार्फत बजारमा आउने गरेको छ । यस्तै ३५ प्रतिशत अनौपचारिक क्षेत्र मार्फत बजारीकरण हुँदै आएको अध्यक्ष न्यौपानेको भनाइ छ । यस्तै बाँकी ५० प्रतिशत दूध भने उपभोक्ताहरूले घर–घरमा नै खपत हुने गरेको पाइएको हो ।
उत्पादन भएको दूधको बजारीकरणको लागि औद्योगिक उत्पादनमा भने कमै मात्रामा जाने गरेको पाइएको छ । जसको कारण दूधको उत्पादकत्वमा समेत मापनमा समस्या छ । किसानले उत्पादन गरेको दूधको उचित मूल्य पाएपनि त्यसको उत्पादकत्वमा बृद्धि नहुँदा समस्या सृजना भैरहेको हो ।

लुम्बिनी प्रदेशमा दूध, नौनी, ध्यु बढि मौजाद भई बजार आवा भएको कारण डेरी एशोसीयसनले बजार विस्तारको लागि समेत पहल गर्दै आएको छ । एशोसीयसनले नेपालमा दूध तथा दुग्धजन्य बस्तुको खपत बढि भएको बेलामा भारतबाट आयात हुने अवैध दूध तथा दुग्धजन्य बस्तुको आयाता रोक्नको लागि समेत पहल गर्दै आएको छ ।

नेपालको कुल कुल गाहस्र्थ उत्पादनमा कृषि क्षेत्रको २४ प्रतिशत रहेकोमा दुग्ध क्षेत्रको मात्रै ९ प्रतिशत हिस्सा ओगटेको छ । दैनिक सङ्कलन उत्पादन ६२ लाख लिटर र दूध खपत ३१ लाख लिटर (उत्पादनको ५० प्रतिशत मात्रै), बजारमा आउन नसकेको दूध ३१ लाख लिटर रहेको छ ।

उपत्यकामा मात्रै दैनिक १० लाख लिटर दूध खपत हुन्छ । दैनिक ७ करोड बराबरको दूध बिक्री भइरहन्छ । निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको छ भने ५० हजारले रोजगारी र निजी क्षेत्रले वार्षिक राजस्व तिर्ने रकम २ अर्ब रहेको तथ्याङ्कले देखाएको छ ।

दूध उत्पादन क्षेत्रमा ६ लाख परिवार किसान संलग्न (अप्रत्यक्ष रूपमा परिवारका ५० लाख मानिस) भएर काम गरेका छन् । उत्पादनको फर्मल सेक्टरमा आउने दूध १७ प्रतिशत छ । नेपालका डेरीलाई साना, घरेलु मझौला र ठूला उद्योग गरी चार भागमा वर्गीकरण गरिएको छ । असोजदेखि फागुनसम्म बढी दूध उत्पादन हुने र चैतदेखि भदौसम्म कम उत्पादन हुने अर्थात् सुक्खा समय रहेको नेपाल डेरी एशोसीयसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल बताउँछन् ।
सन् १९५२ मा रसुवाको लाङटाङमा नेपालकै पहिलो चिज कारखानाको स्थापना, सन् १९५४ मा कृषि मन्त्रालयमा दुग्ध विकास शाखाको स्थापना, सन् १९६२ मा दुग्ध विकास बोर्डको स्थापना, सन् १९६६ मा पशु सेवा विभागको स्थापना, सन् १९६६ मा नेपालमा दुग्ध विकास संस्थान (डिडिसी) को स्थापना, सन् १९७० देखि निजी क्षेत्रका दूध डेरी उद्योगको स्थापना भएपछि यी संस्थाहरूले दूधको बजारीकरण तथा दुग्ध व्यवसायीको क्षेत्रमा संस्थागत रूपमा विभिन्न काम गर्दै आएका छन् ।

दूध र दुग्धजन्य बस्तुको उत्पादन, बजारीकरणको लागि पछिल्लो समयमा संघीय सरकार, प्रदेश र स्थानीय तहले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन् । प्रदेशले आफ्नो प्रथम आवधिक योजनाको अन्त्यसम्ममा कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर बनाउने तथा निर्यातमूलक अवस्थामा पुयाउने सोच अनुरूप नै यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । कृषि उत्पादन प्रणालीलाई प्रविधि मैत्री बनाई कृषिको आधुनिकीकरण, व्यवसायिकरण तथा यान्त्रिकीकरणको माध्यम द्वारा कृषि क्षेत्रको कूल ग्राहस्थ उत्पादन वृद्धि गर्नु आजको आवश्यकता रहेको छ ।

प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय प्रमुख डा. प्रवेश सिंह कुँवरका अनुसार प्रदेशका १२ जिल्ला मध्ये रूपन्देही र बाँकेमा दूध र मासु दुवैको उत्पादन बढी छ । प्रदेशमा किसान सङ्ख्याको तुलनामा प्राविधिक जनशक्ति कम रहेको बताउँछन । उनका अनुसार– ‘प्रदेशमा किसानको संख्या ५ लाख ८८ हजार ६५९ छ ।’ त्यस्तै प्रदेशमा प्राविधिक जनशक्ति १ हजार ३२ जना मात्रै छन् । यसले एक जना प्राविधिक जनशक्तिले ५७० किसानलाई हेर्नुपर्ने बाध्यता रहेको बताउँदै आवश्यकता अनुसारको जनशक्ति सिर्जना गर्न र त्यसरी सिर्जना गरिएको दरबन्दीमा जनशक्ति पदपूर्ति उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?