ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

लुम्बिनीमा साढे तीन अर्बको फल्यो सुन्तला

६ माघ २०८१, आइतबार
६ माघ २०८१, आइतबार

बुटवल, ०६ माघ ।
गुल्मी जिल्लामा मात्रै यो बर्ष २४ करोड ५० लाख भन्दा बढि मूल्यको सुन्तला बिक्री भएका छन् । जिल्लाको कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो ।
सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्रका रूपमा रहेका छन् ।

पाल्पा जिल्लामा ५२ करोड भन्दा बढिको सुन्तला उत्पादन भएर बिक्री भएको छ । जिल्लामा रहेको यस वर्ष भने १ हजार १ सय ९६ हेक्टर क्षेत्रफलमा ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा २ सय ३७ मेट्रिक टन सुन्तला बढी उत्पादन भएको छ ।

किसानले दुई वर्षअघि सरदरमा प्रतिकिलो ४० देखि ४६ रूपैयाँ मूल्य पाएका थिए ।गत वर्ष भने ५५ देखि ६० रूपैयाँको अनुपातमा सुन्तला बिक्री गरेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष सरदरमा ५८ रूपैयाँ प्रतिकेजी सुन्तलाको भाउ किसानले पाएका छन् ।

पाल्पा गुल्मी केही उदाहरण मात्रै हुन । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा यो बर्ष ३ हजार ९ सय ७९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको थियो । जसबाट लाखौंमा भन्दा पनि करोडौंरूपैयाँमा सुन्तला विक्रि भएको हो ।
कृषि विकास निर्देशनालय बुटवलका महानिर्देशक याम नारायण देवकोटाका अनुसार पाल्पा जिल्लामा १ हजार १ सय ७० हेक्टरमा सुन्तला खेती गरिएको छ । जुन प्रदेशमा सबैभन्दा बढि हो । जसमा १ हजार १ सय २५ हेक्टर क्षेत्रफलमा यो बर्ष सुन्तला फलेका थिए । जसबाट ११ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

यस्तै प्रदेशको गुल्मी जिल्लामा ८ सय ८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएकोमा ६ सय १५ हेक्टरमा यो बर्ष सुन्तला फलेका थिए । जसयबाट ६ हजार २१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यस्तै रोल्पा जिल्लामा ७ सय १५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती बाट ७ हजार २ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।प्यूठान जिल्लामा २ सय ३२ हेक्टरमा २ हजार ४ सय ५ मेट्रिक टन र रुकुम मा १ सय ४० हेक्टरबाट १ हजार ४सय ४९ मेट्रिक टन सुन्तला उत्पादन भएको तथ्यांक कृषि विकास निर्देशनालय संग छ ।

अर्घाखाँची जिल्लामा ५ सय ३१हेक्टर क्षेत्रफलमा यो बर्ष ६ हजार २१ मेटिक टन सुन्तला फलेको छ ।प्रदेशको तथ्यांक अनुसार ३ हजार ९ सय ७९ हेक्टर क्षेत्रफलमा सुन्ता लागाइएकोमा यो बर्ष ३ हजार ३ सय ६१ हेक्टर क्षेत्रफलमा सुन्तला फलेका थियो । जसबाट ३५ हजार ६ सय १८ मेट्रिक टन सुन्तला यो बर्ष प्रदेशका ७ वटा जिल्लामा फलेका छन् ।
गुल्मीबाट गत वर्ष १२ करोड रूपैयाँ बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो । मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको हो ।
यो बर्ष किसानले फार्मबाट सुन्तला प्रतिकिलो ८० देखि एक सय रूपैयाँसम्ममा बिक्री हुँदै आएको थियो । कृषि ज्ञान केन्द्रले सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ ।

कृषि विकास निर्देशनालय बुटवलका प्रमुख यामनारायण देवकोटाका अनुसार सरकारले यो बर्ष किसानहरूको सुन्तला खेती विस्तारको लागि समेत काम गरेको बताए ।उनले किसानले लगाएको खेतीको समस्या पहिचान देखि लिएर रोग किरा नियन्त्रणको लागि समेत सरकराले काम गरेको बताउँछन् । उनि भन्छन्–‘किसानले बगैचा मसेर हिड्ने गरेको पाइएको छैन, कतिपय स्थानमा सहरबाट गाउँमा फर्कीर व्यवसायीक सुन्तला खेती गरेको समेत पाइएको छ ।’

पाल्पा जिल्लामा यो बर्ष सुन्तला महोत्सव समेत गरिएको जानकारी दिदै उनले एक जिल्लामा ५० करोडको सुन्तला उत्पादन ७ जिल्लाको ३ अर्व बरारको सुन्तला उत्पादन भएको अनुमान गर्न सकिने जानकारी दिए । महानिर्देशक देवकोटा भन्छन्–‘अहिले ४ वटा जिल्लामा सुन्तला जात क्षेत्र विस्तारको लागि काम भैरहेका छन् ।’ प्रदेश सरकारले यो बर्ष ४ जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान जिल्लामा क्षेत्रफल विस्तारको लागि काम गरेको छ । प्रत्येक बर्ष ८० देखि १०० हेक्टर क्षेत्रफल विस्तार गर्ने गरी काम गरिएको छ । किसानलाई सुन्तलाको विरुवा, खाल्डो खन्नको लागि उपकरण सहयोग, रोग किरा पहिचान र निदानको सहयोग गरिएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?