ट्रेंडिंग:

>> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना >> कान्तिमा कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुका लागि अभिमुखीकरण >> डिङ्गरनगर दूरगामी सहकारीः सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी >> प्रचण्डको चेतावनी: आवश्यक परे सडक संघर्षमा जान तयार >> राप्रपा उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त >> २०४६ पछिका नेताको सम्पत्तिमा अनुसन्धान होस् : राप्रपाको माग >> एमाले पोलिटब्युरो बैठक सुरु >> आइतबारदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना >> इरानबाट ६ महिनामा १४ लाख अफगानी निकालिए >> मुलुकमा शान्ति सुरक्षाको अवस्था अहिले अनुकुल छ: गृहमन्त्री लेखक >> पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने >> रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते >> प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा >> आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन >> नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु >> दिल्लीका २० विद्यालयलाई बम विस्फोटको धम्की: प्रहरी र सुरक्षा टोली सक्रिय >> चैतसम्म ५० प्रतिशत खर्च नगरे सरकारी निकायको भुक्तानी अवरुद्ध हुने >> आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता >> ग्रामीण विकास लघुवित्तको दशौं साधारण सभा सम्पन्न, मर्जर प्रक्रिया र मिडियामा आएका भ्रमप्रति संस्थाको खण्डन >> कमैया मुक्ति घोषणाको २५ वर्ष: पुनर्स्थापनाको काम अझै अधुरो >> त्रिकोणात्मक टी–२० शृङ्खला : जिम्बाब्वे र न्युजिल्यान्ड आज आमनेसामने
सुप्रिम सहकारी प्रकरण

रविसहित २२ जनाविरुद्ध ५५ करोड बिगोसहित मुद्दा दर्ता

६ माघ २०८१, आईतवार
६ माघ २०८१, आईतवार

बुटवल, ६ माघ ।

सुप्रिम सहकारी बुटवलको बचत अपचलनको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका विरुद्ध आइतबार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने र जोशीसहित २२ जनाविरुद्ध पुरक अभियोग दर्ता भएको हो । ५५ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । तर उनीहरुमध्ये १७ जनाविरुद्ध थप अभियोग समेत लगाइएको छ । यसअघि नै सहकारी ठगीको मुद्दा लगिएका मध्ये केहीलाई पूरकअभियोगमा पनि प्रतिवादी बनाइएको छ । उनीहरुलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ ।

जिल्ला न्यायधीवक्ता पौडेलका अनुसार पूरकअभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन् । पहिलो चरणको मुद्दामा ८६ करोड रुपियाँ बिगो कायम गरिएको थियो । प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो ।

प्रहरीले एक साताअघि नै चार सय पेज बढीका दुई प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पौडेलले सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १७ जना थप गरेर प्रहरीले ४५ जनालाई मुद्दा चलाउनु पर्ने राय दिएकाले सोही अनुसार मुद्दा दर्ता गरिएको बताए । असोज ५ गते रवि र छविविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले थप पूरक प्रतिवेदन तयार गरेको गरी सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रतिवेदनमा रवि लामिछानेलाई व्यक्तिगत दुई करोड र सामूहिक दायित्व दुई करोड १३ लाख गरी चार करोड १३ लाख रुपियाँ, छविलाल जोशीलाई दुई करोड ५० लाख व्यक्तिगत र एक करोड ७८ लाख सामूहिक दायित्व गरी चार करोड २८ लाख बिगो दाबी माग गरिएको छ । सुप्रिमबाट दुई करोडको चार लाख सेवा शुल्क कटाएर एक करोड ९६ लाख रुपियाँ लामिछानेको खातामा गएको देखिएको छ । त्यसको भौचरसहित प्रहरीले प्रतिवेदनमा समेटेर दुई करोडलाई व्यक्तिगत र अन्यलाई सामूहिक दायित्वमा उल्लेख गरेको छ । लामिछानेका नाममा २०७७ चैत १८ गते दुई करोड रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको थियो ।

त्यस्तै गितेन्द्रबाबु राईलाई चार करोड नौ लाख रुपियाँ थप बिगो, दीपक लामालाई चार करोड २५ लाख, नरेश जिसीलाई तीन करोड, हेमन्त अधिकारीलाई दुई करोड ७७ लाखसहित ४२ जनाबाट बिगो भराउने गरी मुद्दा दर्ता गरिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ऋण तथा बचत सहकारी संस्थाका १० हजार तीन सय ९१ जना बचतकर्ताको एक अर्ब १२ करोड भन्दा बढी रकम अपचलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?