ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रदेशमा बढ्दै तेलहन बाली

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

बुटवल,२९ पुस ।
यतिबेला पश्चिम तराईका फाँटहरू तोरी फुलेर पहेँलपुर छन् । ढकमक्क तोरी फुलेको दृश्य निकै मनमोहक छ । रूपन्देहीको गैडहवा गाउँपालिका, बुटवल उपमहानरपालिका १६ र १६ सेमलार क्षेत्र मा पछिल्लो समयमा व्यवसायीक तोरी खेतीमा किसान लोभिएका छन् । पछिल्लो समय तोरी खेतीसँगै उत्पादन पनि घट्दो क्रममा थियो । लुम्बिनी प्रदेश सरकारले किसानको हात प्रदेशको साथ भन्ने नारालाई आत्मसाथ गर्दै तोरी बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम लागु गरेपछि उत्पादन क्षेत्र बढेको छ ।
किसानको हात प्रदेशको साथ भन्ने नारासहित लुम्बिनी प्रदेश सरकारले तोरी बाली विस्तार कार्यक्रम सञ्चालन गरेको छ । जसका कारण यो वर्ष थप तीन सय २४ हेक्टर क्षेत्रफलमा तोरीखेती विस्तार भएको छ । प्रदेशलाई तेलहन बालीमा आत्मनिर्भर बनाउने तथा मह उत्पादनमा समेत टेवा पुग्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरेको हो ।
प्रमुख, कृषि ज्ञान केन्द्र, रूपन्देहीका प्रमुख शिवप्रसाद अर्यालका अनुसार व्यवसायीक तोरी खेतीमा किसानहरू लाग्ने क्रम विस्तारै बढ्दै गएको बताए । उनले भने–‘प्राविधिक ज्ञान, उन्नत बीउ सहितको तालिम दिँदा किसानको आर्कषण बढ्दै गएको छ । ’ जसको लागि किसानले अनुदानमा उन्नत बीउ, आवश्यक प्राविधिक सेवा समेत प्रदान गर्दै आएको छ ।
तोरीका लागि हलुका बलौटे, दोमट र चिम्टाइलो माटो उपयुक्त हुन्छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रहरूले उपयुक्त क्षेत्र छनोट गरि किसानलाई उन्नत जातको बीउ र प्राविधिक सरसल्लाह दिएका छन् । अनुदानमा पाएको गुणस्तरिय बीउ र प्रविधि हस्तान्तरणले तोरी राम्रो भएकाले किसान दङ्ग छन् ।
गैडहवा गाउँपालिका किसान लाली सुनार ले यो बर्ष तोरीको उत्पादन बढ्नेमा आफु विश्वस्त भएको बताउँछिन् । उनले विगतको भन्दा बोट पनि राम्रो, फुल पनि राम्रो फुलेको कारण व्यवसायीक उत्पादन बढ्नेमा आफु ढुक्क भएको बताउँछन् ।कञ्चन गाउँपालिका, रूपन्देही का किसान चक्रबहादुर थापा मगरले प्राविधिकहरूको सर सल्लाहको आधारमा तोरी खेती गरिएको कारण यो बर्ष उत्पादन बढ्नेमा आफु विश्वस्त भएको बताउँछन् ।
प्रदेशको रूपन्देही, दाङ र बर्दियामा तोरी बाली वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम लागु भएको छ । जसमा यो वर्ष रूपन्देहीमा एक सय २४ हेक्टर, बर्दियामा एक सय दश हेक्टर र दाङमा ९० हेक्टर तोरी बाली विस्तार भएको छ । उन्नत बीउ वितरणले उत्पादनसँगसँगै उत्पादकत्व बढाएर प्रदेशलाई तोरीमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कृषि विकास निर्देशनालय, लुम्बिनी प्रदेशका कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डे बताउँछन् । उनि भन्छन्–‘उत्पादन बृद्धि, उत्पादित बस्तुलाई भण्डारण सहित विविधीकरणको लागि समेत यो कार्यक्रम प्रभावकारी भएको छ । ’
कृषि प्रसार निर्देशक पाण्डेका अनुसार लुम्बिनी प्रदेशमा ५० हजार सात सय ३४ हेक्टरमा तोरी खेती हुन्छ । जसबाट ५४ हजार ३४ मेट्रिक टन तेल उत्पादन हुन्छ । सबैभन्दा बढी तोरी खेती दाङ, बर्दिया र रूपन्देहीमा गरिन्छ भने सबैभन्दा कम रुकुमपूर्वमा हुन्छ । तोरीको क्षेत्र विस्तार भएपछि खेतबारीमा मौरी चराउने किसान समेत बढेका छन् । तोरीमा मौरी चराउँदा एकातिर गुणस्तरिय मह उत्पादनमा टेवा पुगेको छ भने अर्कातर्फ तोरीको उत्पादन बढाउन सहयोग भएको छ ।
व्यवसायीक तोरी खेतीबाट प्रयावरणमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञहरू बताउँछन् । तोरीको परागशेचनमा मौरीले खेल्ने भुमिकाले खासगरी मह उत्पादन संगै तोरीको उत्पादन समेत बढ्ने गर्दछ । पछिल्लो समयमा व्यवसायीक रूपमा तोरीको खेती समेत विस्तार भएको पाईन्छ । खासगरी मानिसहरूले स्वाथ्य प्रति सजग हुँदै बजारमा पाईने रिफाईन युक्त तेल भन्दा तोरी मिलमा पिलेर निकालेको तोरीको उपभोग विस्तारै बढ्दै जाँदा तोरी किसानहरूले समेत यसमा अझ बढि लाभ लिने गरेका छन् ।
बुटवल लगायतका आशपासका क्षेत्रमा रहेका तोरी मिलहरू कुनै समय सुख्खा जस्तै हुने गरेकोमा पछिल्लो समयमा तोरी मिलमा आफ्नै आँखा अगाडी पिलेर निकालेको तोरीको तेल सेवन गर्ने उपभोक्ता बढ्दै जाँदा तोरी मिल व्यवसायीहरू समेत उत्साहित भएका हुन ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख कृषि महानिर्देशक याम नारायण देवकोटाका अनुसार एउटा तोरी वालीको व्यवसायीक उत्पादन बृद्धि हुँदा त्यसको प्रभाव चारै तर्फ पर्ने बताउँछन् । उनका अनुसार तोरीको व्यवसायीक उत्पादन बढ्दा किसान, उपभोक्ता, तोरी मिल सञ्चालक देखि तोरीको पिना बाट मलको रूपमा प्रयोग गर्ने, गाई बस्तुलाई उपभोग गराउने सम्मको प्रयोग हुँदा यसको चारैतर्फबाट प्रभाव रहेको हो ।
देशभर दुई लाख हेक्टरमा खेती हुँदै आएको र दुई लाख २० हजार टन तोरी उत्पादन हुने गरेको तथ्यांक छ । तोरी उत्पादन हुने मुख्य चितवनसहित दाङ, कैलाली, मोरङ, बारा, सुनसरी जस्ता जिल्ला छन् । देशको माग पूरा गर्न तोरीलगायत अन्य तेलहन विदेशबाट आयात पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?