ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीको भारत भ्रमण तय >> प्रधानमन्त्री ओलीको आग्रह: अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्, सुरक्षित स्थानमै रहनुहोस् >> सुनचाँदीको मूल्यमा पुनः वृद्धि, सुन प्रतितोला ८ सय रुपैयाँले महँगियो >> महिला फुटबल प्रशिक्षक वाइल्डले दिए राजीनामा, एन्फाको निर्णय बाँकी >> मताधिकार कार्यान्वयनका लागि निर्देशनालयको निर्वाचन आयोगलाई ताकेता >> लायन्स क्लव अफ कपिलवस्तु प्राचीनमा पद हस्तान्तरण >> वित्तीय संस्थामा तोडफोड  >> दाङमा गाडीले किचेर एकको मृत्यु   >> स्वास्थ्य क्षेत्रमा आम्दाको भूमिका र कार्यदिशा >> अपराधको बढ्दो शृङ्खला र चुनौती  >> गण्डकीका धेरै ठाउँमा बिहानैदेखि ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह >> नेपालको साफ यु–२० महिला च्याम्पियनसिपमा १२ अङ्क >> २० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमारको निधन >> यस्तो छ अर्घाखाँची प्रहरीको प्रतिवेदन >> पोखरा–मुग्लिन सडकमा ११ पुल बने, दुई निर्माणाधीन >> १०० रोपनी खेतमा एकै दिन धान रोपाइँ  >> आजको राशिफल (२०८२ श्रावण ४ गते आइतबार) >> देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना >> गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन >> पैदल यात्रा गरी पर्रोहा बोलबम धाममा जलार्पण >> एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित >> एक वर्षमा ट्राफिक उल्लंघनबाट १ करोड ४१ लाख राजस्व संकलन >> शितगंगाको डोहोटे क्षेत्रमा नेटवर्क समस्या, आपतकालीन सेवामा असर >> स्थानीय सरकारले फिर्ता पठाए एक अर्व >> तामनगरमा बन्ने भो ७ करोडको अन्तर्राष्ट्रिय ब्याडमिन्टन हल >> बुटवल टुडे मिडिया ग्रुपले बनायो वार्षिक कार्ययोजना >> रगत अभावको बेला संयुक्त रक्तदान, ४३ पिन्ट रगत संकलन >> राहदानी र नागरिकता लिनेको संख्या घट्यो, प्रतिलिपि लिने बढे >> बुटवल कोरा २०२५ सम्पन्न >> यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई >> संचार उद्दमी हेमराज धितालका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण >> ट्रम्प भन्छन् : ‘मैले युद्ध रोकेको हुँ, पाँच जेट खसेका थिए’ >> कुलमान घिसिङ र ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ >> अब बेलायतमा १६ वर्षीया किशोर किशोरीले पनि मतदान गर्न पाउने >> सुठौलीमा उठ्यो लक्ष्य भन्दा बढी राजश्व  >> साउनमा ३० दिन रक्सी छाडनुहोस्, चमात्कार अनुभव गर्नुहोस् >> सडक निर्माण गति दैनिक २.५५ किलोमिटर, दाउन्ने बाहेक क्षेत्रको प्रगति राम्रो  >> एमाले पोलिटब्युरो बैठक दोस्रो दिन पनि जारी, विधान संशोधनको बहस तिव्र >> नागढुङ्गा–मुग्लिन सडकखण्डमा तीव्रगतिमा निर्माण र पहिरो रोकथामको काम चल्दै >> दूध र खसी बेचेको आम्दानी सात करोड >> रगतको अभाव बढ्दो  >> पर्या निबन्धको चर्चा >> दाङमा सवारी दुर्घटना हुँदा ४३ वर्षीय पुरुषको मृत्यु >> सामाजिक सञ्जाल टेलिग्राम एप सञ्चालनमा रोक >> एमाले पोलिटब्यूरो बैठक आज पनि: विधान मस्यौदामाथि छलफल हुने  >> २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपः आज नेपाल र भूटान भिड्दै >> किसानमा खुसी थप्दै प्रयोगशाला >> सौर्य एयरलाइन्सको जहाज दुर्घटना प्रतिवेदन: पाइलटको कमजोरीले दुर्घटना >> बन्दुक बिसाएर कोदालो क्रान्तिमा ‘विप्लव’ >> मनसुनी वायुको प्रभाव देशभर : यी प्रदेशमा वर्षाको सम्भावना

जीवनलाई सुखी बनाउन ‘लेन्स’ बदलौं

२५ पुष २०८१, बिहीबार
२५ पुष २०८१, बिहीबार

एक रात केही मानिसहरूको भेट एउटा हात्तीसँग भएछ । उनीहरूले त्यो विशाल जीवको सिमित भागमात्र भेटाउन सके । उदाहरणका लागि एउटाले हात्तीको खुट्टा, अर्कोले सुँड । अर्कोले दाह््रा, अर्कोले कान, अर्कोले पुच्छर र अर्कोले जीउ समाएछ । खुट्टा समाउनेले यो त रूख जस्तै छ भनेछ । सुँढ समाउनेले यो त सर्प जस्तै छ भनेछ । त्यस्तै दाह््रा समाउनेले भाला, कान समाउनेले नाङलो, पुच्छर समाउनेले लहरो र जीउ समाउनेले पर्खाल जस्तो छ भनेर दावी गरेछन् । केही समयपछि एकजना ब्यक्ति त्यही बाटो जाँदै रहेछन् । उनीहरूले ती मानिसलाई त्यो के थियो भनेर सोधेछन् । त्यो मानिसले त्यो प्राणी एउटा हात्ती भएको जानकारी गराएछ । कथा सकिन्छ । यस कथालाई मानिसहरूले विभिन्न तरिकाले विश्लेषण गर्ने गरेका छन् । खासगरी मानिसले आफूसँग भएको सिमित ज्ञानका आधारमा एक प्रकारको दृष्टिकोण बनाउने र त्यही विचारका आधारमा थप क्रिया प्रतिक्रिया ब्यक्त गर्ने गर्दछन् । मानिसले जुन प्रकारको सोंचाइ राख्दछ, संसारलाई त्यसै प्रकारले चिन्दछ । उदाहरणका लागि हामीले रातो रङको चश्मा लगाउँदा रातो देख्ने वा हरियो रङको चश्मा लगाउँदा हरियो देख्छौं । अर्थात् चश्माको लेन्स अनुसार वस्तुलाई विभिन्न रङ वा आकारमा देख्न सकिन्छ । त्यसैगरी हामीले मानव जीवनलाई कसरी हेर्छौं ? कतिपय मानिसहरूले धार्मिक आधार लिई ब्याख्या गर्छन् कि ८४ जुनीपछि मानव चोला प्राप्त भएको हो । मानिसले जीवनमा गरेका राम्रा नराम्रा कार्यका आधारमा मृत्यु पश्चात् स्वर्ग नर्कको यात्रामा जाने हो । स्वर्गमा भगवानसँग सुन्दर बसाइ हुन्छ भने नर्कमा राक्षसहरूसँग दुःखद जीवन बाँच्नुपर्छ । तसर्थ धर्म र पाप विश्वास गरेर असल, चरित्रवान, सदाचारी बन्नुपर्छ भन्ने भावना राखेर मानव कल्याण, भक्तिभाव र प्रार्थनामा लागेका हुन्छन् । कतिपय भौतिक विज्ञानलाई आधार मानेर स्वर्ग नर्क सबै यही जीवन हो । हाम्रा राम्रा कामले मृत्युपश्चात् पनि चर्चा पाउँछन् भने नराम्रा ब्यवहारले गर्दा मानिस यहीं दण्डित हुनुपर्छ । जेल जानुपर्छ । समाजले हेला गर्छ । आदि । मानिसले जीवनलाई सकारात्मक रूपमा सफल, सुखी र धन्य ठान्यो भने थप राम्रो कार्य गर्न प्रेरित हुन्छ । तर, जीवनलाई बोझ मानेर, आफैलाई कमजोर बनाएर, कुलतमा फसेर वा गलत चिन्तन र चिन्ताका कारण मानसिक असन्तुलन र आत्महत्याको बाटो रोज्न पुग्दछ । एउटै परिस्थितिमा गुज्रेका मानिसमध्ये कोही खुशीसाथ बाँचिरहेका र परिस्थितिलाई सम्हाल्दै प्रगतितिर लम्किरहेका हुन्छन् भने कोही त्यसलाई असफलतासँग तुलना गरेर आफैलाई कमसल बनाउँदै दुखान्त पुग्छन् । जीवनका सफलता र असफलताको निर्णय हाम्रा विचारमा निर्भर गर्दछन् ।
मानिसका विचारहरूलाई प्रभावित पार्ने अनुभवले हो । भनिन्छ– अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ । मानिसले पनि कुनै एउटा अनुभवलाई आधार मानेर दृष्टिकोण बनाएको पाइन्छ । यो समस्याको मुख्यकारण हो । उदाहरणका लागि कुनै किसानले एउटा नयाँ प्रजातिको धान रोपेर राम्रो उत्पादन पाएन भने अर्को वर्ष अर्को बीउ खोज्दै हिँड्छ । तर धान राम्रो नफल्नुका कारणमा बीउ अनुसारको समयमा रोपाइँ, पानी, मलको प्रयोग, गोडमेल र बीउ रोज्नुको कारण, खेतको अवस्था आदिको विश्लेषण गरिदैन । यस्तै शैक्षिक बेरोजगारी बढ्यो भन्दै हल्ला गरिन्छ । कुनै विद्यालयले चार पाँचपटक विज्ञापन गर्दापनि शिक्षक पाएको छैन । किन यसरी अभाव हुने विषय पढ्न ध्यान जादैन ? एकजना मित्र थिए । उनी अंग्रेजीका प्राध्यापक थिए । उनीलाई बोर्डिङले विज्ञान पढाउन दिएछ । अनि उनीले आईएस्सी पढेर पास गरेका थिए । आवश्यकता अनुसार आफूलाई सक्षम बनाउने कि झोला बोकेर लाईन लाग्ने ? दुध, चिनी, चियापत्ती मिलाएर अलि राम्रो चिया पकाउन जान्ने हो भने यहीं पैसा कमाउन सकिन्छ । भनिन्छ– भाग्य छ भन्दैमा चाल्नोमा दुध दुएर अडिदैन । अर्थात् आवश्यक प्रबन्ध मिलाउनु पर्छ र सफलता प्राप्त हुन्छ । तपाईंले हिजो र अस्ति दुई दिनमा आफूले सम्पन्न गरेका क्रियाकलापको विश्लेषण गर्नुहोस् । अब विचार गर्नुहोस् तपाईंका यी दुई दिन कति सार्थक छन् ? यसैगरी अरू दिनपनि बितायो भने जीवनमा सुख मिल्ला कि दुःख ? अव तपाईंका बानी, ब्यवहारहरू निरन्तर राख्ने कि सच्याउने ? निरन्तर त्यस्तै गरिरह्यो भने के होला ? सच्याउनु पर्ने हो भने विकल्प के हो ? विकल्पको प्रयोग गर्दा हुनसक्ने नाफा नोक्सान के हो ? तुलना गर्नुहोस् । सामान्य तरिकाले जीवन सफल बनाउनका लागि आत्ममूल्यांकन गर्न जान्नुपर्छ । आफूमा भएका राम्रा नराम्रा पक्षको पहिचान गर्ने सिपको अभावका कारण पनि महत्वाकांक्षा राख्ने वा आफैलाई अवमूल्यन गरी ओरालोतर्फको यात्रा रोज्नेहरूको जीवनको गन्तब्य अन्योल, अलपत्र वा अन्त्य भएको देखिएको छ । तसर्थ हाम्रा सामथ्र्य र सिमालाई विश्लेषण गरी क्रियाकलाप छनोट गर्न सक्नुपर्छ ।
जीवनलाई हेर्ने र चिन्ने आधारहरू भनेका हाम्रा भोगाइ, सिकाइ, संगत वा परिवार, छिमेक, सामाजिक मूल्य मान्यताहरू, अपेक्षा, हामी बस्ने ठाउँ र वातावरण, हामीले पढ्ने पुस्तक वा सुन्ने मानिस, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल, इन्टरनेट स्रोत, हाम्रो धर्म आस्था, हामीले अनुभव वा भोगेका समस्या, चुनौति वा अवसर आदिका कारण हामीले निश्चित प्रकारको धारणा, मानसिकता वा दृष्टिकोण बनाउँछौं । यस प्रकारको बैयक्तिक अवधारणाका आधारमा हामी विश्व धारणा बनाउँछौं । अर्थात् हामीले हाम्रो अनुभवलाई नै मानव जीवन रहेछ भनेर मानेका हुन्छौं । हामी एउटाले सिमित उपभोग गरेको र अनुभव गरेको ज्ञानलाई नै विश्व ज्ञान वा मानव जातिको अस्तित्व भनेर मान्छौं । यो अर्को समस्या हो । किनभने अनुभवको श्रृंखला यहींसम्ममात्र होइन । भोली आउने दिनहरूमा अर्को भोगाई अनुभव गर्न पाइन्छ । त्यो सुखद वा दुःखद कस्तो बनाउने वा हुने भन्नेमा केही हात हामी स्वयम्को पनि छ । केही वरीपरीको वा बाह्य वातावरणको प्रभावपनि हुन्छ । तसर्थ त्यो भोलीको फरक सम्भावनाको अपेक्षा नै नगरी अहिले नै गुनासो गर्ने वा तिक्तता पोख्ने वा निराश हुने वा अन्य गलत निष्कर्षमा पुग्दा भविष्यप्रति अपमान हुन्छ । भविष्यको पर्खाइ नगर्नु आफैलाई अन्याय गर्नु हो । सम्भावनालाई इन्कार गर्नु हो । दुवै हात खुट्टा नभएका अष्ट्रेलियाका निकभुजिसिकले भनेका छन् –यदि तपाईं हजारपटक असफल हुनुभयो र प्रयास गर्न छोड्नुभयो भने १००१ पटकमा प्राप्त हुन सक्ने सफलता त गुम्यो । तसर्थ प्रयास निरन्तर गर्नुपर्छ । जति धेरै असफलता प्राप्त भएपनि ।
हामीले कहिलेकाहीं हामीमा भएको जानकारी, सूचना वा ज्ञानलाई अर्थ वा विश्लेषण गर्ने र विचार वा दृष्टिकोण बनाउने क्रममा गलत भएको हुनसक्छ । उदाहरणको लागि आधा गिलास पानीलाई माथिबाट हेर्ने कि तलबाट ? आधा खाली छ भन्ने कि आधा भरिएको छ भन्ने ? हामीलाई कहिलेकाहीं आधा रोटी खाँदै गर । अर्को पाकेपछि फेरि दिउँला भन्दा समेत रिस उठ्छ । सिंगो रोटी खान पाए हुन्थ्यो भन्ने हुन्छ । अर्थात् हाम्रो विचारमा आवेग संवेगले भूमिका खेल्न थाल्छ । यी भावनात्मक गुणहरू क्षणिक हुन् । उदाहरणका लागि रिस, ईष्र्या, माया, मोह, खूशी, हाँसो, पीर, रुवाई आदि अल्पकालीन हुन्छन् । कोहीपनि सँधै खुसी वा सँधै दुःखी हुदैन । तर समस्या यहाँपनि छ । मानिसले यिनी क्षणिक भावनाका आधारमा दृष्टिकोण निर्माण गर्छ । यसरी बनेको दृष्टिकोणको आधारमा गरिने क्रियाकलापको नतिजा सकारात्मक भन्दा नकारात्मक बढी हुन्छ । हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने गरेर कसैकोपनि भलो भएको हुदैन ।
वास्तवमा जीवनलाई सार्थक र सुखी बनाउनका लागि हामीले हेराई वा लेन्स बदल्नुपर्छ । सर्बप्रथम हामीमा भएको ज्ञान सिमित छ र हामीले जानेको भन्दा धेरै मात्रामा बढी ज्ञान, अनुभव, भोगाइ संसारमा छ । त्यसको पहुँच वा उपयोगका लागि समय अनन्त छ । जसरी हरेक नयाँ दिन सुन्दर दृश्यसहित सुरू हुन्छ, त्यसैगरी आउने समयले पक्कै पनि अहिलेकोभन्दा फरक अनुभूति दिलाउने छ भन्ने आशावादी सोंच राख्न सक्नुपर्छ । परिस्थितिलाई सहज बनाउनका लागि वर्तमान औजारले नयाँ फल दिन सक्दैन भन्ने बुझ्नु आवश्यक छ । रुढ मानसिकताको सट्टा लचकता अपनाउने, अरूको विचार विश्लेषण गरी हाँसले जस्तै असल र खराबको सही छनोट गर्ने, सकारात्मक वैकल्पिक धारणा, विचार र दृष्टिकोणको अनुसरण गर्दै अघि बढ्नुले नै मानव समुदायको कल्याण हुन्छ । हात्तीको एउटा भागको आधारमा होइन कि सिंगो हात्तीको पहिचान गर्नु जरुरी छ । टुक्रे ज्ञानका आधारमा होइन कि सम्पूर्णतामा मूल्य खोज्नु आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?