ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

‘३९ बर्षको लौरे सीमी’

कृषिका कुनै पनि बीउ प्रयोग गरेपछि कम्तीमा पनि ३ बर्षपछि बीउ प्रतिस्थापन गर्नुपर्ने हुन्छ तर सरनवारीका किसानहरूले २०४२ सालदेखि एउटै बीउ प्रयोग गरी सीमी खेती गर्दै आएका हुन् । लौरे सीमी नाम दिइएको यो क्षेत्रका तीन गाउँ नै सिंगो तरकारी खेतीमा छन् ।
१३ पुष २०८१, शनिबार
१३ पुष २०८१, शनिबार

बुटवल, १३ पुस ।
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ मा रहेको सरनबारीमा गरिएको व्यवसायिक सीमी खेतीले कृषि क्षेत्रका खोज अनुसन्धानकर्ताका लागि चुनौति दिएको छ । स्थानीयले २०४२ सालदेखि एउटै सीमी प्रयोग गर्दै आएका छन् । जसमा न त कुनै किरा लाग्छ नत कुनै रोग । किसानले निरन्तर सोही बोटको बीऊबाट आम्दानी गर्दै आएका हुन ।
कृषिका कुनै पनि बीउ प्रयोग गरेपछि कम्तीमा पनि ३ बर्षपछि बीउ प्रतिस्थापन गर्नुपर्ने हुन्छ तर सरनवारीका किसानहरूले २०४२ सालदेखि एउटै बीउ प्रयोग गरी सीमी उत्पादन गर्दै आएका हुन । लौरे सीमी नाम दिइएको यो क्षेत्रका तीन गाउँ नै सिंगो तरकारी खेतीमा छन् । वातावरणीय हिसाबले समेत अनुकुल भएको कारण किसानले उत्पादन गर्दै आएको सीमीमा कुनै पनि रोग, किरा वा समस्या आउन नगरेको स्थानीय सरनकाली सहकारीका अध्यक्ष समेत रहेका किसान मानबहादुर गाहा बताउँछन् । उनका अनुसार २०४२ सालमा स्थानीयले घरमा राखेको बीऊबाट सोही बीउको स्रोत बीउको रूपमा प्रयोग गर्दै आएका छन् । किसानले खेतबारीमा रोपेको सीमीबाट राम्रो राम्रो बीउ छनौट गरी त्यहिलाई अर्को बर्ष प्रयोग गर्ने गरी राख्दै आएका छन् । अर्को बर्ष पनि सोही प्रक्रिया दोहाराउँदै आएका छन् । सरनबारीमा १६० घरधुरी छन् । गाउँभरिको जनसंख्या ६३५ मात्रै छ । यहांका बासिन्दाको न्यूनतम ५ कठ्ठादेखि डेढ बिघासम्म खेत छ ।
कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख शिव प्रसाद अर्यालयका अनुसार सामान्य तया बिऊको प्रतिस्थापन दर ३ बर्षमा एक पटक अनिवार्य छ । तर सरनबारीको क्षेत्रमा भने ३९ बर्ष देखि नै किसानहरूले एउटै बीऊ प्रयोग गर्दै आउनु आफैमा खोजको विषय भएको बताउँछन् । यो विषयमा अनुसन्धान समेत गर्नुपर्ने उनको भनाई छ । उनी भन्छन्–‘यहाँ प्रयोग गरिएको बीउ एक अर्कोमा मिसावट भएको छ, तर पनि उत्पादन बर्षौदेखि नै समान रूपमा भैरहेको छ, यो एउटा खोजको विषय पनि हो ।’
२०६५ सालदेखि अर्गानिक जोन बनाउने गरी अभियान सुरुवात गरिएको जानकारी दिँदै सरनकाली कृषि सहकारीका महासचिव धन बहादुर रानाले अर्गानिक पकेट निर्माणको लागि प्रयास जारी रहेपनि हालसम्म पनि प्रमाणीकरण नभएको बताए । उनले किसानले गर्ने खेतीमा कुनै पनि रसायनिक मल, विषादी को प्रयोग हुँदैन तर पनि सरकारी निकायबाट यसको प्रमाणीकरण नभएको उनको गुनासो छ ।
अर्गानिक फोकल पर्सन तथा कृषि ज्ञान केन्द्र रूपन्देहीका बरिष्ठ कृषि प्रसार अधिकृत अनिल कुमार बनियाँका अनुसार अर्गानिक पकेट क्षेत्र घोषणाको लागि कम्तीमा पनि ३ बर्ष सम्म उक्त स्थानमा कुनै पनि विषादी, रसायनीक मल प्रयोग भएको हुनु हँुदैन, यसको साथै प्रयोग गरिने बीऊ पनि रसायनीक रूपमा परिक्षण गरिएको वा शुद्धिकरण गरिएको हुनु हुँदैन, तब मात्रै अर्गानिक क्षेत्र घोषणा तथा प्रमाणीकरण गर्न सकिने जानकारी दिए । उनका अनुसार यसको लागि स्थानीय सहकारी वा संघ संस्थाको सहयकोगमा विषादी नभएको प्रमाणीत वा विषादी रहित उत्पादन भने घोषणा गर्न सकिने जनाकारी दिए । उनल भने–‘यसको लागि विषादी नभएको घोषणा गर्न सक्छ, जसमा बाली अनुसार गर्न सकिन्छ ।”
सरनबारी क्षेत्रमा रहेका ३ वटा गाउँमा तत्कालिन जिल्ला कृषि विकास कार्यालय हुँदा सिंचाईंको लागि कुलो निर्माण सहितका केही संरचना तयार भएका छन् । जसमा अहिले मर्मत संहार सहितको काम आवश्यक रहेको छ । तत्कालिन अवस्थामा निर्माण भएको कृषि संकलन केन्द्र पनि अहिले चालु अवस्थामा रहेको छ ।
देवदह नगरपालिकामा निर्माण गरिएको कोशेली घरमा पनि सरनवारीको तरकारी बिक्री गर्ने स्थान बनाउनको लागि पालिकाले केही सटर किसानलाई उपलब्ध गराउने गरी राखेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा बताउँछन् ।
उनीहरूले धान सहित सबै खेतीमा रासायनिक मलको प्रयोग गर्दैनन् । प्रांगारिक मल मात्रै प्रयोग गर्छन् । यो वर्ष सरनबारी गाउँका किसानले करिब ८ करोड रूपैयाँको सिमी बिक्री गरेका छन् ।
प्रांगारिक भएकाले सजिलै विक्री हुने भएकाले बुटवलका थोक तरकारी ब्यापारीहरू गाडी लिएर शरनबारीमा घर घरमा सिमी खरिद गर्ने गरेका छन् । सिमीलाई बेमौसममा पनि विक्रि गर्न सकिन्छ कि भनेर परीक्षण गर्न यो वर्ष १० क्वीन्टल सिमी प्रति केजी ५० रूपैयाँमा खरिद गरेर नगरपालिकाले चिस्यान केन्द्रमा राखेको र सफल भए नगरमै चिस्यान केन्द्र बनाउने सोंचमा रहेको नगरपालिका प्रमुख धुब्र खरेल बताउँछन् ।
किसानहरूले सरनवारीमा उत्पादन भएको सीमी लागयतका अन्य तरकारी बिक्रीको लागि पालिका वा प्रदेश सरकार अन्र्तगत ढुवानीको साधन माग गरेका छन् ।
ढुवानीको साधन मार्फत खगरिद गरिएको सामान प्रत्यक्ष रूपमा बजारमा विक्रि गर्न पाउँदा किसानले बढि लाभ लिने भएको कारण सोही अनुसार माग गरिएको सहकारीका अध्यक्ष मान बहादुर रानाको भनाई रहेको छ । उनी भन्छन्–‘हामीले लगेर बजारमा आफै विक्रि गर्न पाईयो भने केही भएपनि थप रकम किसानले पाउने थियौं, यसमा माग गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?