जापान पठाइदिन्छु भन्दै वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ४५ वर्षीय विष्णु लोप्चनलाई मंगलबार काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
पर्सा जिल्लाको ठोरी गाउँपालिका–४ का बिष्णुले एक व्यक्तिबाट १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको थियो। पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो।
बिष्णुलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।