Butwal Today

स्कुलका किशोरीलाई लैंगिक हिंसाको शिक्षा

२७ मंसिर २०८१, बिहीबार
अ+
अ-

बुटवल, २७ मंसिर ।
पाल्पाको रामपुरमा उपप्रमुखसँग किशोरी तथा बालिका शिक्षा कार्यक्रम अन्तर्गत लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण तथा अभिमूखीकरण गरिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा उक्त अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा रामपुर नगरपालिकाभित्रका आरधाभूत तह र माध्यमिक तहका छात्राहरूको सहभागिता थियो । किशोरीहरूले वक्तृत्वकला कार्यक्रममा भाग लिएका थिए भने उनीहरूलाई लैगिंक हिंसा सम्बन्धी अभिमूखिकरण समेत गरिएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्राय हरेक किसिमको हिंसा घर परिवारको सदस्यबाटै हुने गरेको बताए । यसको लागि हामी आफै आफ्नै घरभित्रबाट निराकरण गर्न शुरु गरे सबै किसिमका हिंसाको अन्त्य हुने बताएका छन् । उनले भने –‘हिंसाको धेरै स्वरूपहरू छन्, हिंसा लैंगिक मात्र होईन जुनसुकै हिंसा घर परिवारबाट शुरु हुन्छ त्यसैले घर परिवार र हामी आफै सचेत भईयो भनेकुनै पनि खालको हिंसाबाट समाज मुक्त हुन्छ ।’ नगर प्रमुख थापाले विद्यार्थीहरूबाटै सचेतना फैलाउन सके समाज सुधार हुने भन्दै विद्यालय र विद्यार्थीहरू बाट हिंसा न्यूनीकरणका लागि घर परिवारबाटै सुरुवात गर्न आग्रह गरे ।
यस्तै रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले लैगिंक हिंसा सम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि हिंसा न्यूनीकरण हुन नसक्नु चिन्ताको विषय भएको बताईन् । विभिन्न क्षेत्रमा हुने हिंसालाई निर्मूल पार्न सबै सचेत नहुनुले लंैगिक हिंसा चुनौतिको रूपमा रहेको औलाईन् ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले लैगिंक हिंसा न्यूनिकरणका लागि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै लैगिंक हिंसाप्रति शुन्य सहनशिलताको नीति अनुसार अघि बढेको बताईन् ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.ज्ञका अध्यक्ष कपिल बहादुर खाँणले लैगिंक हिंसा सम्बन्धी कानुन भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुःखद पक्ष रहेको बताएका थिए ।उनले हिंसाको विषय र हिंसाको स्रोत बारे सबै जानकार भए पनि कार्यान्वयन पक्ष कमजोर हुँदा हिंसा बढिरहेको उल्लेख गरे । यस्तै ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रमुख राम बहादुर नेपालीले घरेलु हिंसा संग जोडिएका उजुरी बढी आउने गरेको बताए ।
कार्यक्रमका अवसरमा रामपुर अस्पतालका एकद्धार संकट व्यवस्थापनका फोकल पर्सन सरिता पौडेलले हिंसाको प्रकार, अवस्था, लैगिंक हिंसामा परेका पिडितलाई अस्पतालमा उपचारको व्यवस्था, मानसिक सहायता लगायतका विषयमा सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?