ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

‘बैखी माछा’ पालनमा उत्पादनसँगै आकर्षण बढ्दो

२० मंसिर २०८१, बिहीबार
२० मंसिर २०८१, बिहीबार

बुटवल, २० मंसिर ।
परम्परागत माछापालन भन्दा ५ गुणा बढि उत्पादन हुने पंगास (बैखी) माछा को व्यवसायीकरणमा रूपन्देहीका किसान लागिपरेका छन् । जिल्लाको माछा गाउँमा रहेको सियारी र शुद्धोधन गाउँपालिकाका किसानहरूले यसको व्यवसायीकरणमा जोड दिएर लागेका छन् ।

सरकारले पनि पंगासको व्यवसायिक पालनमा किसानलाई आकर्षित गर्ने योजना बनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रूपन्देहीका प्रमुख बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेका अनुसार कार्प जातको माछा भन्दा पंगास जातको माछाको उत्पादन ५ मेट्रिक टन भन्दा बढि प्रति हेक्टर रहेको पाइएको बताउँछन् । उनका अनुसार किसानलाई समेत व्यवसायिक पालनमा समेत सहज रूपमा यो माछा रहेको छ ।

खासगरी कम लागतमा बढि उत्पादन हुने, सबै प्रकृतिका उपभोक्ताले खान सक्ने, काँडा समेत कम हुने भएको कारण पनि किसानहरूले यसको व्यवसायीक उत्पादनमा समेत जोड दिएका छन् । परियोजनाले पंगास अर्थात् बैखी माछापालनलाई प्रबद्र्धन समेत गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए । कम लगानीमा र थोरै जग्गामा पनि पालन गर्न सकिने अनि सबै उमेर समूहका मानिसले रुचाउने भएकाले पनि यसको प्रवद्र्धनमा जोड दिइएको उनको भनाइ छ ।

पहिलो चरणमा सियारी र शुद्धोधन गाउँपालिकाका ६ जना किसानले ५ हेक्टर बढी जग्गामा पंगास माछापालन गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रूपन्देहीले माछाको उत्पादन र उत्पादकत्वबारे अध्ययनपछि किसानलाई पंगस माछापालनमा प्रोत्साहन गरेको हो ।

परियोजनाले माछाका भुरामा ५० प्रतिशत अनुदान दिएर किसानहरूलाई पंगास माछापालनमा आकर्षित गराइरहेको छ । रूपन्देहीमा उत्पादित पंगास माछा सीमा क्षेत्रमा चोरीपैठारीबाट भित्रिने भारतीय पंगास माछा भन्दा स्वस्थ र गुणस्तर रहेको किसान र विज्ञको दाबी छ ।

रूपन्देहीमा गत वर्षबाट पंगास माछाको व्यवसायिक पालन शुरु गरिएको थियो । परम्परागतभन्दा पंगासको उत्पादन र उत्पादकत्व राम्रो छ । त्यसैले यसको क्षेत्रफल बढाउने योजनामा परियोजना लागिरहेको छ । रूपन्देहीमा पालिँदै आएको परम्परागत माछा प्रति हेक्टर ५ देखि ६ मेट्रिक टन मात्रै उत्पादन हुन्छ । तर पंगास भने त्यसको पाँच गुणा अर्थात् प्रति हेक्टर २५ मेट्रिक टनसम्म उत्पादन भएको परियोजनाको दाबी छ ।

छिटो हुर्किने, काँडा कम हुने र फ्रोजन समेत गर्न सकिने भएकाले यसले किसानलाई राम्रो मुनाफा दिने जनाइएको छ । यसैले रूपन्देहीमा मत्स्य सुपर जोन लागू भएका ८ वटा स्थानीय तहमा पंगास माछाको व्यवसायिककरणमा जोड दिइएको छ ।
प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत माछा सुपरजोन सञ्चालक समितिका अध्यक्ष किसान तारा पाण्डेले व्यवसायीक रूपमा गत बर्ष देखि किसानले पंगास माछा पालन गर्दै आएको जानकारीदिइन् । उनले उत्पादन गर्न समेत सहज हुने भएको कारण किसानहरूको माझमा लोकप्रीय समेत बन्दै गएको बताउँछिन् । उनि भन्छिन्–‘यो माछा उत्पादनमा पनि सहज छ, खान पनि स्वादीलो सबैले रुचाउने, काँडा कम हुने भएको कारण पनि यसको लोकप्रीयता बढ्दै गएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?