ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी
मणिमुकुन्द सेन उद्यानको १६ औ साधारण सभा

गुरुयोजना अनुसार फुलबारीको पूर्वाधार निमार्णमा जोड

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

बुटवल, २९ कार्तिक । बुटवलकै नमुना पर्यटकिय स्थल मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको १६ औ साधारण सभा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले समितिको साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाको समग्र विकासमा फुलबारीको गरिमा र योगदानबारे चर्चा गरे । फुलबारी अहिलेको अवस्थामा आईपुग्न धेरैको रगतपसिना बगेको समेत उनले बताए । राजधानी बुटवलबाट जादा ठुलो क्षति पुगेको भन्दै अब आर्थिक र सास्कृतिक केन्द्रका रुपमा विकास अघि बढाउन सकिने उनले दाबी गरे । उनले राजनितिक दलहरु अरुलाई गालि गर्नेभन्दा पनि गल्तिलाई स्विकार गर्ने र नैतिकता देखाउने सहि समय आएको बताए । प्रदेशको सामुदायिक वन ब्यवस्थापनमा रहेर वन सम्बद्र्धनमा आधारित वन कार्यक्रममा लगेर अघि बढाउन सके उद्यानमा रहेको कठिनाईलाई चिर्न सकिने उनले सुझाव दिए । आधारहिन कुरालाई जोड दिन नहुने उनले तर्कदिदै सदस्यहरुको क्षमता विकासमा भने चासो राख्न नेतृत्वलाई आग्रह गरे । विधान अनुसार अहिलेको ६०१ सदस्यीय समिति काम गर्नका लागि पर्याप्त रहेको भन्दै अब सदस्यहरुलाई क्रियाशिल बनाई योजनाबद्ध रुपमा काम थाल्नुपर्ने उनले बताए ।

कार्यक्रममा उद्यानका अध्यक्ष माधव नेपालले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै पर्याप्त आर्थिक श्रोत नहुनु, उद्यान सम्बन्धि स्पष्ट नीति नियमको अभाव, बगैँचा, बोटबिरुवा तथा जनावरहरु तथा सरसफाईका लागि पानीको अभाव, सुरक्षा ब्यवस्था, टिक प्रजातीका रुखहरु सामान्य हावाहुरी÷पानी आउदा ढल्ने र दुर्घटना हुनसक्ने जोखिम रहेको उनले बताए । ऐतिहासिक तथा पुरातात्विक महत्व, धार्मिक तथा सास्कृतिक महत्व, प्राकृतिक विविधता रहेको यहाँ प्राणी उद्यानका रुपमा मिनि चिडियाखाना, खेल मनोरञ्जन स्थल र सेल्फि पोईन्टहरु, विभुति, सहिद स्मारक, बाटिका तथाढुङ्गे बगैँचा, पिकनिक, विवाह कार्यक्रम स्थल, कुडुलेघर तथा सन्चोबिसन्चो केन्द्र लगायतका पुर्वाधार रहेका छन ।
कार्यक्रममा प्रदेश सभासदस्य तथा नेपाली काग्रेस पार्टीका प्रमुख सचेतक जमुना ढकालले बुटवल बजारलाई चलायमान बनाउने जिम्मा सबैको भएको बताईन । पर्यटनको ढोका खोल्दै बजार चलायमान गराउनुको बिकल्न नरहेको उनले तर्क गरिन ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका पुर्व नगरप्रमुख शिवराज सुवेदीले पर्यटनसंग ऐतिहासिक, सास्कृतिकसंगै बुटवलमा सामरिक र मानविय सम्भाब्यता समेत जोडिएको दाबी गरे । यहि विशेषताहरुकै कारण फरक रुपमा सम्भावना रहेको भन्दै आफनो कार्यकालमा विज्ञ समुहको आर्टिटेक ईन्जिनियरबाट तयार गरिएको विकासको योजनालाई निरन्तरन्ता दिनसकेमात्र बुटवलको विकासमा इटा थपिने बताए ।

कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, राष्ट्रिय उद्यान महासंघका केन्द्रीय अध्यक्ष खेमप्रसाद लुईटेल, नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे, हिलपार्क ब्यवस्थापन समितिका अध्यक्ष टंक पराजुली, उद्यान समितिका उपाध्यक्ष रमेश नेपाल, बुटवल सामुदायिक वन उपभोक्ता समूह १–२ का अध्यक्ष बाबुराम पौडेल, नेका कार्यबाहक नगर सभापति ज्योति भण्डारी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष टान बहादुर केसीले बिसं २०७२/२०७३ मा मास्टर प्लान बनाएअनुसार पूर्वाधार विकासमा जोड दिन आग्रह गरे ।

यसैबिच साधारणसभामा उत्कृष्ट कार्य सम्पन्न गरेवापत समितिका प्रशासन अधिकृत अमित श्रेष्ठ, माली प्रमुख बाबुराम भुषाल, ज्ञानी बिक, बिनिता चौधरीलाई नगदसहित सम्मान गरिएको छ ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?