Butwal Today

कृषिमा कुमालको कमाल

२६ कार्तिक २०८१, सोमबार
अ+
अ-

पाल्पा, २६ कार्तिक ।
रामबहादुर कुमाल । बिरुवासँग जोडीने र भनिने नाम । तरकारीको बिरुवा उत्पादन कर्मकै कारण नाम जोडिएका राम बहादुरको नाम जोडियो । कसैलाई बिरुवा चाहिँदा उनको नाम जोडिँदै खोज्न व्यक्ति उनीकहाँ पुग्छन् । यसरी आफनो नामको पछाडी बिरुवा जोडीएला भन्ने कल्पना नै थिएन् उनलाई । पाल्पाको तानसेन नगरपालिका तेल्घा गाउँका रामबहादुर तरकारीको खेतिबाट आफ्नो दैनिकी गुजारा चलाउँछन् । गुजारा चलाउन र करेसाबारीमा तरकारी रोप्नेका लागि विरुवा दिएर साथ दिन्छन् ।
२०७० सालमा जहाँबाट आफूलाई आवश्यक पर्ने तरकारीको बिउ मल ल्याउने पसलका केशव भट्टराईको कारणले अहिले आफू यो अवस्थामा आएको उनी बताउँछन् । केशव दाजुले तरकारीको बिरुवा बनाउन भन्नु भयो । त्यहीबाट आफ्नो नर्सरीको काम थालनी गरे । दैनिकजसो २ सय वटा विरुवा प्रति विरुवा २ रूपैयाका दरले बिक्री गरेको हप्तामा १ हजार ५ सय हात पर्दा खुसीको सिमा नै नरहेको उनी बताउँछन् । पहिलो पटक मौसमी काउली, बन्दा, साग, प्याजको बिरुवा मात्र नभई सयपत्री फुल कागतीको नर्सरी लागि निरन्तता दिएका कुमाल भन्दछन् । वार्षिक रूपमा ३ लाख रूपैया बराबरको तरकारीको बिरुवा बिक्री हुन्छ ।
साविकको जिल्ला कृषि बिकास कार्यालयबाट तरकारी खेति कसरी गर्ने बिरुवा कसरी तयार गर्ने विषयमा पटक पटक तालिम लिएका कारण सजिलो नै भयो । यही तरकारी खेतिका कारणले विदेशमा कमाउन जान कहिल्यै मन लागेन भन्ने कुमालले आफनो बारीमा वर्षमा ४ जनालाई ६० दिन भन्दा बढि दैनिक ५ सय रूपैयाँ ज्याला दिने गरी रोजगारी दिएका छन् । पैसा कमाउन सफल नभए पनि आफनो जिल्लाको अगुवा कृषक मात्र नभई छिमेकी जिल्ला, अर्घाखाची,गुल्मी,स्याङ्जासम्मका अगुवा कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बिरुवा उपलब्ध गराउँदा आफनो नामको पछाडी विरुवा जोडिदिँदा उनी निकै आनन्द लाग्ने बताउँछन् ।
कुमाल भन्नासाथ पहिला पहिला माटोको भाँडा बनाउने, खोलामा माछा मार्ने काम हो समय सधै परिवर्तन हुन्छ । आफ्ना पूर्वजहरू यहाँ आए । अहिले सात घर भएका छौं । खेति गर्न जमिन त धेरै छैन । आफ्नो तिन रोपनी जमिन छ । नर्सरी गर्न र खेतिका लागि प्रसस्त जमिन भएन त्यसैले वर्षमा २० हजार भाडा तिर्ने गरी जमिन भाडा लिएर खेति गर्दा सात जनाको परिवार राम्रो संग नै चलेको छ । कृषि भन्ने के हो ? भन्ने विषयमा आफना भाइ छोराहरूलाई बुझाउन नसकेको उनी बताउँछन् । खेती बाट राम्रो संग आम्दानी लिन सकिन्छ । उत्पादीत बस्तुको बजार खोज्न जानै पर्दैन । अहिले त फोनको भरमा घरैबाट बिक्री हुन्छ । कहिले काही तानसेन जाने हो । कृषि भनेको हाम्रो जिवन दाता हो र आर्थिक बिकासको मुख्य मेरुदण्ड पनि हो भन्ने कुरा आफनो परिवारले बुझ्न नसकेको उनी भन्दछन्। देव बहादुर कुमाल र धन कुुमारी कुमालको पहिलो सन्तानका रूपमा जन्मिएका रामबहादुर कुमालका दुई छोराहरू छन् ।
आफूले कक्षा ८ सम्म अध्ययन गरेको राम बहादुर कुमालको जेठो छोरो भारतको गल्लीमा कामको खोजीमा भौतारीएको, कान्छो छोराले बिहान बेलुका आफुलाई सघाएको र दिउँसो लुम्बिनी मेडीकल कलेजमा काम गरेको, छोरीले नेपाल प्रहरीमा कार्यरत भएको उनी बताउँछन् । तरकारीको विरुवा आफुले बनाउन लागेपछि तानसेनमा अरूले पनि सुरुवात गरे, देख्दा, हेर्दा जति सजिलो छ ।काम गर्दा त्यती सजिलो छैन । बिउ राम्रो नभए उम्रिदैन । किरा फटाङ्राबाट जोगाउनै प¥यो अनि घाम पानी पनि आवश्यक मात्रामा हो । बिउको ब्याड राखेपछि कहि कतै जान मिल्दैन । नर्सरी भनेपछि संवेदनशील हो । पहिले बिउ, कामको ज्याला पनि सस्तो थियो । त्यती बेला पनि प्रति विरुवा २ रूपैयाँ थियो । आज मुल्य वृद्धी हुदा पनि प्रति विरुवा २ नै छ । हाम्रो समस्या बुझी दिने केही नै भएनन् । व्यवसायिक रूपमा मौसमी तथा बेमौसमी तरकारी खेतिसंगै तरकारी खतिेलाई व्यवसायीकीकरणको लागि नै भनेर नर्शरी सुरुवात गरेका रामबहादुर भन्दछन्, सरकारबाटै कृषिलाई उपेक्षा गरिएको छ । पहिला पहिला दैनिक २ सय बिक्री गरेका रामबहादुर भने यतिखेर उन्नत जात संगै हाइब्रिड जातको तरकारीका विरुवा दैनिक ५ सय बिरुवा बिक्री गरेको बताउने उनी भन्दछन्, तरकारी खेतिको व्यवसायिक उत्पादन गर्न कृर्षकले प्राविधिक सुझाब बिना प्रतिबन्धित विषादीको प्रयोग गर्दा आफ्नो मन नराम्रोसँग दुखाएको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?