ट्रेंडिंग:

>> अद्यावधिकका लागि कुलमानको ‘उज्यालो नेपाल पार्टी’ आयोगमा, रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्य >> न्यू होराइजनद्वारा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता कात्तिक २८ देखि सुरु हुने >> महाधिवेशन विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउनसक्छः शेखर कोइराला >> लिङ्देन र थापाबिच पार्टी एकता वार्ता >> सेयर बजार ३ दिनको ओरालोपछि सम्हालियो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाले माग्यो २४ घण्टे स्पष्टीकरण >> सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद >> मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए शपथ >> प्रधानमन्त्री कार्कीले सोधिन्: त्रिविको अतिक्रमित जग्गा फिर्ता प्रक्रिया कहाँ पुगेको छ ? >> मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (पूर्ण सूचीसहित) >> घिसिङ, श्रेष्ठ र गुरुङको छलफल : दल दर्ताका लागि आयोग जाने तयारी >> सेवा प्रभावकारी बनाउनुपर्ने केन्द्रमा कर्मचारी र कार्यालय अभाव >> उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन हुँदैछ : अर्थमन्त्री >> स्थानीय तहका १२ प्रमुख प्रशासकीय अधिकृत सरुवा >> सुनको मूल्य एकैदिनमा ४ हजार ९ सयले उकालो >> मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ >> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो

बटौलीलाई ‘पहाडी स्वाद’

२१ कार्तिक २०८१, बुधबार
२१ कार्तिक २०८१, बुधबार

बुटवल, २१ कार्तिक ।
पाल्पाको तिनाउ गाउँपालिका सत्यवतीकी सरिता रानामगर हप्तामा दुई दिन बुटवल झर्छिन । गाउँमा उत्पादन भएको कृषि उपज बेच्नका लागि उनी बुटवलसम्म पुग्ने गरेकी हुन् । उनी मात्रै होइन उनीसँग हप्ताको बुधबार, शनिवार उनी गाउँका अन्य साथीहरू पनि कृषि उपज बोकेर बुटवल झर्छन् । यो गाउँका किसानको यो नियमित कर्म हो ।बुटवल आउँदा उनीहरूको साथमा केही केही कृषिजन्य उपज बिक्रीका लागि हुन्छन् । कहिलेकाहीँ छिमेकीहरूको पनि कृषिजन्य उपज खरिद गरी उनी बुटवल ल्याउने गर्दछिन् ।

केही दिन पहिला गाउँमा फलेका मुग्रे केरा एक भारी (डोका) बोकेर उनी एकाविहानै बुटवल झरिन् । बुटवलमा उनीहरू आफ्ना सँगीसंगै पहिलो चरणमा बुटवल–पाल्पा सडक खण्डको लक्ष्मीनगर गेट अगाडि देखि बिटिआई गेट सम्म लहरै बस्छीन् । कहिले केरा, कहिले पात, कसैले घारमा उत्पादन भएको सीमी, बोडी, काक्रा, करेला, भिन्डी, लगायतका कृषिजन्य उपजन बिक्रीका लागि ल्याउने गर्दछिन् । सरिता राना एक प्रतिनिधि पात्र मात्रै हुन ।उनी जस्तै पाल्पाको मदनपोखरा, मस्याम, तिनाउ, कोल्डाडा, सत्यवती, खुसार्ने लगायतका स्थानबाट पाल्पालीहरूले आफूले उत्पादन गरेका, गाउँका अन्य छिमेकीहरूले समेत उत्पादन गर्दै आएका कृषिजन्य उपज बिक्रीका लागि संकलन गरेर बुटवल ल्याउने गर्दछन् । पहिलो चरणमा उनीहरूले राजमार्ग सडक किनारामा यसरी आ–आफ्नो उत्पादन बिक्रीका लागि राख्छन् भने दोस्रो चरणमा त्यहाँ बिक्री हुन बाँकी रहेको उत्पादन बुटवल उपमहानगरपालिका पुरानो भवन अगाडीको हाटबजार क्षेत्रमा राख्ने गर्दछन् ।

कतिपय किसानहरूले अहिले तोरीको साग, रायोको साग, फापरको साग लगायतका साग मात्रै पनि ल्याएर बिक्री गर्ने गरेको पाईन्छ । कतिपय किसानले भने सालको पात, चिउरीको पात, अमला, केरा, काँक्रा, अदुवा, लसुन लगायतका कृषिजन्य उपज समेत विक्रीका लागि ल्याउने गरेको पाईन्छ ।गाउँको उत्पादन अर्गानिक हुने भएको कारण पनि विहानको समयमा मानिसहरूले किसानको उत्पादन खरिद गरी उपभोग गर्ने गरेको समेत पाईन्छ ।

यसरी आफ्नो उत्पादन बजारीकरण गर्न समयले नपाउने, नभ्याउने किसानहरूको लागि भने तिनाउ गाउँपालिकाले बुटवल ५ हाटबजार क्षेत्रमा रहेको बुटवल उपमहानगरपालिकाको व्यवसायीक सटर भाडामा लिएर त्यहाँबाट बजारीकरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार गाउँपालिकाले सटरको भाडा तिर्दै आएको छ भने त्यहाँ विक्रिको लागि ल्याउने, पठाउने किसानलाई प्रति किलो ४ रूपैयाँ नगद अनुदान समेत दिँदै आएको छ । पालिकाले किसानलाई एकीकृत गरी एउटा रूपमा सेवा प्रवाहको लागि ४ रूपैयाँ प्रतिकिलो अनुदानको व्यवस्था गर्दै आएको हो ।

पछिल्लो समयमा पाल्पाली किसानहरूले सुन्तलाको समेत कारोबार गर्दै आएका छन् । रूपन्देही जिल्लामा लाग्ने यस्ता हाट बजारमा प्रत्यक्ष अप्रत्यक्ष ५० हजार मानिसले रोजगारी पाएको हाट बजार व्यवसायी संघ रूपन्देहीको तथ्यांक छ । यी हाट बजारमा आमसर्वसाधारणलाई दैनिकरूपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ । तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाटबजारमा खरिद गर्न आउनेको भीड लाग्ने गर्दछ । बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफै बजारसम्म ल्याएर बिक्री गर्ने समेत गरेको पाईन्छ । हाटबजारमा मंसिरदेखि बैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन् । स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाटबजार सञ्चालन गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?