ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ?

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

बुटवल, १५ कार्तिक ।
लुम्बिनी प्रदेशमा पुष्प व्यवसायीहरूको संख्या बढ्दै जाँदा लुम्बिनी प्रदेशमा यो बर्ष १२ करोड भन्दा बढिको सयपत्री फूल उत्पादन भएको छ ।
प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार किसानलाई पुष्प व्यवसाय खासगरी सयपत्री खेतीको लागि प्रोत्साहन समेत दिँदै आएको छ । निर्देशनालयका महानिर्देशक याम नारायण देवकोटाका अनुसार यो बर्ष प्रदेशका १२ वटै जिल्लामा व्यवसायिक सयपत्री खेती गरिएको छ । प्रदेशको कृषि विकास निर्देशनालयले तयार पारेको तथ्यांक अनुसार फूलको उत्पादन प्रदेशमा प्रतिरोपनी ६ सय किलो रहेको छ ।

निर्देशनालयका बागवनी विकास अधिकृत सुनैना बरालीका अनुसार यो बर्ष प्रदेशमा ३० लाख ८ हजार ५सय ८३.३५८ किलो सयपत्री फुल उत्पादन भएको हो । प्रदेशभरका किसानले गरेको व्यवसायीक सयपत्री फुल खेतीको कुरा गर्दा यो बर्ष १२ लाख ३४ हजार ३ सय ३३ वटा भन्दा बढि माल उत्पादन गर्न सकिन्छ । खासगरी तिहारको अवसरमा दिदी बैहिनीले आफ्ना दाजु भाईको गालमा सयत्री, मखमली फुलको माला लगाएर आशिष दिने प्रचलन रहेको छ । यसको साथै लक्ष्मी पूजा, घरको प्रवेशद्वार सजाउनको लागि देउँसी भैलो खेलमा समेत सयपत्री मालाको प्रयोग गरिने गरिन्छ ।

निर्देशनलायका बरिष्ठ बागवानी विकास अधिकृत बरालीका अनुसार यो बर्ष १२ करोड ३४ लाख ३३ हजार ३ सय ३९. २ रूपैयाँको सयत्रपी फूल उत्पादन भएको अनुमान गरिएको छ । यो संगै प्रदेश सयपत्री फूलको मालामा आत्मनिर्भर भएको हो ।
प्रदेशमा यो बर्ष २५.७२ हेक्टर क्षेत्रफलमा व्यवसायिक सयपत्री खेती गरिएको छ । यसको साथै करिब १० कठ्ठा क्षेत्रफलमा व्यवसायिक मखमली खेती समेत गरिएको छ ।

सयपत्री खेतीको व्यवसायिक खेती गर्नेमा सबैभन्दा बढि दाङ जिल्लामा खेती गरिएको हो । निर्देशनालयको तथ्यांक अनुसार ६.३८ हेक्टर क्षेत्रफलमा दाङमा सयत्रपी खेती गरिएको छ । यस्तै कपिलवस्तुमा ६ हेक्टरमा, रूपन्देहीमा ४.३० हेक्टरमा, गुल्मीमा २.७८ हेक्टरमा र पाल्पामा १.८८ हेक्टरमा व्यवसायिक सयपत्री खेती गरिएको हो ।

निर्देशनालयको अनुसार प्रदेशको जनसंख्या ५१ लख बढि छ । यो बर्ष १२ लाखको संख्यामा माला उत्पादन हुँदा प्रदेशको जनसंख्याको एक चौथाईलामा माला पुग्ने अनुमान गरिएको छ । विगतका बर्षहरूमा भन्दा यो बर्ष व्यवसायिक खेती गर्ने किसानहरूको संख्या समेत बृद्धि हुँदै गएको छ । स्थानीय पालिकाहरूले प्रदेश सरकारको सहयोगमा सयपत्री खेती विस्तार अभियान, व्यवसायिक पुष्प उत्पादन कार्यक्रम लगायतका कार्यक्रम समेत सञ्चालन गरेको कारण किसानहरूले व्यवसायिक उत्पादनमा हौसीएका हुन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?