ट्रेंडिंग:

>> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो

अभिभावक–किशोरकिशोरीको मयुर नाच

१२ कार्तिक २०८१, सोमबार
१२ कार्तिक २०८१, सोमबार

सल्यान, १२ कार्तिक ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवका अवसरमा प्रस्तुत गरिने सेरिंगे नाच अर्थात मयुर नाच सल्यानमा पुनर्जागरणको मार्गमा अग्रसर भएको छ ।
मयूरको प्वाँख पछाडि राखेर नाचिने यो नाच समाजमा निकै आकर्षक नाचका रूपमा परिचित छ । यद्यपी पछिल्लो समय मौलिक तथा परम्परागत संस्कृति हराउँदै गएको सन्दर्भमा पछिल्लो पुस्ताले सल्यानमा सेरिंगे नाचमा आकर्षण देखाउन थालेका हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा समाजका युवा देखि बालवालिका समेत मयुर नाचलाई पुनर्जीवित गर्नका लागि यो नाचमा संलग्न हुन थालेका हुन् ।

छत्रेश्वरी गाउँपालिका वडा नं २ डिग्रे खोरबारेकी १३ वर्षिया निर्जला पुन मगर आफ्नो बुवा तथा काकाहरूसंगै मयुर नाच नाच्न थालेकी छिन् । मयुरको अनुकरण गर्दै रंगीन पोशाक र पंख लगाएर मयुरको चाल, रौनक र सौन्दर्यलाई प्रस्तुत गर्दा उनलाई निकै रमाइलो लाग्ने गरेको छ । उनी भन्छिन्, ‘हाम्रा गुरु विजय घर्तीमगर हुनुहुन्छ । सेरिंगे नाच सिक्न थालेको भर्खर १५÷२० दिनजती भयो ।’ गाउँमा बुवाहरू नाचेको देखेको भन्दै उनले फुर्सदको समय निकालेर यो नाच सिक्ने गरेको बताइन् । शुक्रबार छत्रेश्वरीको दमाचौरमा आयोजित जिल्लास्तरिय कराँते तथा नृत्य प्रतियोगितामा निर्जला सहित किशोर किशोरीहरूले आफ्ना बुवा, अंकलहरू सहित मयुर नाच प्रदर्शन गरेर राम्रै तारिफ पनि पाए ।

परम्परागत मयुर नाचलाई बाल्यकालमै सिक्न सकून् र यसले युवा पुस्तालाई आफ्ना पुराना सांस्कृतिक रीतिथिति प्रति लगाव बढाउन प्रेरित गर्न सकोस् भनेर छत्रेश्वरी २ को जनजाती मगर संघमा रहेका अभिभावकहरूले आफ्ना छोराछोरीलाई समेत यस नाचमा समावेश गरेर सिकाइरहेका छन् ।

विगतदेखि नै सेरिंगे नाच्दै आएका चेत बहादुर घर्ती मगरले मेला महोत्सव, पूजा, विहे तथा सामाजिक कार्यक्रममा आफुहरूले यो नाच प्रदर्शन गर्नेगरेको उल्लेख गरे । खैजडी, बासुरी, हारमुनियम, पैजन, झ्याली लगाएतका बाजागाजालाई विभिन्न धुन दिएर केही आधुनिकता र परम्परागत सांस्कृतिक पक्षलाइ पनि समन्वय गर्दै सेरिंगे नाच नाच्ने गरेको उनको भनाई छ । अर्का किशोर १७ वर्षिय प्रसान्त कुमार पुन मगरले मयुर नाच नाच्न रहर लाग्ने गरेको र बिस्तारै यसको ताल तथा अन्य कला सिकिरहेको बताए । बाउ बाजेले बचाउँदै आएको मयुर नाचलाई संरक्षण गर्नुपर्छ भन्ने लागेर आफुहरूले अग्रजहरूसंग नाचिरहेको उनी बताउँछन् ।
डिग्रे खोरबारेमा स्थानीयहरू अघिल्लो पुस्ता र पछिल्लो पुस्ताबीच संयोजन गर्दै सेरिंगे नाच संरक्षणमा जुटेका हुन् । यस नाचका गुरु विजयकुमार घर्ती मगरले युवाहरू सबै विदेश लगाएत गाउँभन्दा वाहिर हुनु, आधुनिक गित संगित संगै मौलिक संस्कृतीमाथी प्रहार हुनु तथा पछिल्लो पुस्ताको यसप्रति रुचि नहुनु जस्ता कारणले पौराणिक कला संस्कृतीको अस्तित्व संकटमा परिरहेको बेला आफूहरूले मयुर नाच बचाउनका लागि सक्दो प्रयास गरेको बताउँछन् । ‘यो नाच नाच्नका लागि २२ जनाभन्दा माथीको संख्या चाहिन्छ’, उनले भने, ‘किशोरकिशोरीहरू सहित गाउँका आमा समूह, महिला समूहलाई पनि आवद्ध गर्दै नाच सिकाउँदै विभिन्न अवसरमा नाच्ने गरेका छौँ । उनीहरू पनि सिक्नलाई उत्सुक छन् । दैनिक २÷३ घण्टा सिक्ने गरेका छौँ ।’
सेरिंगे नाचको पौराणिक महत्व, स्थानीय सम्पदा संरक्षणको चेतना, र नवजागरणका प्रयासले गर्दा पछिल्लो पुस्ताले यसको महŒव बुझ्न थालेका छन् । यस प्रकारको नाचमार्फत आफ्नो पहिचान र मौलिकता कायम राख्न चाहने किशोर किशोरी तथा युवायुवतीहरू यसतर्फ आकर्षित भएका हुन् ।

मयुर नाचसंगै सोरठी, लहरे नाच तथा पञ्चेबाजा लगायतका पौराणिक लोक कला संस्कृती तथा यसमा प्रयोग हुने रैथाने बाजा समाजको संस्कार र संस्कृतिको अभिन्न अंश भएकाले यसको संरक्षणमा सबैको प्रयास जरुरी रहेको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी बताउँछन् । गाउँपालिकाभित्र हुने महोत्सव, खेलकुद, सांस्कृतिक लगायत विभिन्न कार्यक्रममा मौलिक कला संस्कृतीको प्रस्तुतिलाई प्राथमिकता र प्रोत्साहन गरिरहेको भन्दै उनले आगामी दिनमा पनि संस्कृती संरक्षणको लागि ठोस योजना सहित काम गर्ने विषय आफ्नो प्राथमिकता हुने जनाए । अध्यक्ष बुढाथोकीले युवापुस्तालाई मौलिक कला संस्कृती र बाजा बजाउने कला सिक्न प्रेरित गर्नका लागी स्थानीय कलाकार र बाजा बजाउने तालिम र प्रोत्साहन कार्यक्रम आयोजना गर्ने तथा यस्ता समूहलाई आर्थिक तथा अन्य सहयोग प्रदान गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे । सल्यान, रुकुम, रोल्पामा निकै प्रख्यात रहेको सेरिंगे अर्थात् मयुर नाच यी क्षेत्रको सांस्कृतिक सम्पदाको महŒवपूर्ण अंश हो । आधुनिक समयमा परम्परागत कला र संस्कृति संरक्षणको आवश्यकता झन् बढ्दै गएको । परम्परागत नृत्यको आफ्नो छुट्टै विशेषता भएकाले पछिल्लो पुस्तासम्म जीवित तुल्याउनका लागि यी र यस्ता नाच र संस्कृतीको प्रचारप्रसार एवम् आवश्यक पर्ने सामग्री व्यवस्थापन एवम् जनशक्ति उत्पादनमा ध्यान पुर्याउन आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?