ट्रेंडिंग:

>> अद्यावधिकका लागि कुलमानको ‘उज्यालो नेपाल पार्टी’ आयोगमा, रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्य >> न्यू होराइजनद्वारा लुम्बिनी प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता कात्तिक २८ देखि सुरु हुने >> महाधिवेशन विवादले पार्टी विभाजनसम्मको अवस्था ल्याउनसक्छः शेखर कोइराला >> लिङ्देन र थापाबिच पार्टी एकता वार्ता >> सेयर बजार ३ दिनको ओरालोपछि सम्हालियो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> मधेशमा मन्त्री बनेकी बिच्छालाई राप्रपाले माग्यो २४ घण्टे स्पष्टीकरण >> सिमा नाकाबाट २१८ बोरा भारतीय युरिया मल बरामद >> मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले लिए शपथ >> प्रधानमन्त्री कार्कीले सोधिन्: त्रिविको अतिक्रमित जग्गा फिर्ता प्रक्रिया कहाँ पुगेको छ ? >> मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (पूर्ण सूचीसहित) >> घिसिङ, श्रेष्ठ र गुरुङको छलफल : दल दर्ताका लागि आयोग जाने तयारी >> सेवा प्रभावकारी बनाउनुपर्ने केन्द्रमा कर्मचारी र कार्यालय अभाव >> उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन हुँदैछ : अर्थमन्त्री >> स्थानीय तहका १२ प्रमुख प्रशासकीय अधिकृत सरुवा >> सुनको मूल्य एकैदिनमा ४ हजार ९ सयले उकालो >> मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ >> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो

स्वार्थ त्यागौं, देश विकासमा हातेमालो गरौं

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

सानो छँदा बुढापाका एबं देश विदेश घुमेका नेपालीहरूबाट नेपाल ‘स्वर्गको टुक्रा’ भनेको सुनिन्थ्यो । त्यस्तो सुन्दा जो कोही नेपालीलाई गर्व लाग्थ्यो । आनन्दले मन प्रफल्लित हुन्थ्यो । त्यसबेला मेरो कलिलो मगजले सोच्थ्यो– हामी त स्वर्गमै छौं । अरू देशका मानिसलाई स्वर्ग देख्न मन लाग्यो भने हाम्रो देशमा आउनुपर्छ. । हामी कति भाग्यमानी । तर, आज नेपाल आफ्नै नागरिकहरूबाट उपेक्षित र असन्तुष्ट देशको रूपमा चिनिन थालेको छ ।

एक समय देशको सुन्दरता, समृद्धि र सांस्कृतिक धरोहरलाई संसारभरि नै चिनाइएको नेपाल आजका दिनमा त्यसको विपरीत परिस्थितिको सामना गरिरहेको छ । विगतका राजनीतिक परिवर्तन र सत्तारूढ दल तथा सरकारको क्रियाकलापले जनतामा निराशा मात्रै थप्दै लगेको छ । विशेषगरी बि.स. २०४७ सालदेखि हालसम्मको राजनीतिक परिदृश्यमा हामीले देखेका विभिन्न परिवर्तन र सरकारको अस्थिरताले नेपाली जनताको मनोबल खस्किएको छ ।

नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई मूल्यांकन गर्दा देशको समृद्धि र विकासमा अपेक्षित प्रगति हुन सकेको छैन । जनताले राजनीतिक दलहरू र नेताहरूसँग धेरै अपेक्षाहरू राखेका थिए तर तिनै नेताहरूबाट बारम्बार आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको छ । देशको नेतृत्व तहमा रहेका व्यक्तिहरूले जनताको विश्वासलाई बारम्बार धोका दिएका छन्, जसले गर्दा जनतामा निराशा र आक्रोश उत्पन्न भएको छ । यो आक्रोशले देशको भविष्यप्रति आशावादी दृष्टिकोण राख्न कठिन बनाइरहेको छ ।

नेपालको दुर्भाग्यपूर्ण वास्तविकता भनेको यहाँको युवाशक्ति, जो देशको भविष्य हो, बेरोजगारी र अन्य सम्भावनाहरूको अभावका कारण विदेशिन बाध्य हुनु परेको छ । लाखौं युवाहरू आफ्नो भविष्य सुरक्षित गर्ने सपना बोकेर हरेक बर्ष विदेश गइरहेका छन् । यसले देशको दक्ष जनशक्ति र उत्पादनशीलता गुमाउने अवस्थाको सिर्जना गरिरहेको छ । राज्यले युवाहरूलाई रोजगारका अवसरहरू दिन नसक्दा, उनीहरू आफ्नो सपना पूरा गर्न परदेश जानुपर्ने बाध्यता छ । तर, यो समस्यालाई समाधान गर्न सरकार र राजनीतिक दलहरूको ध्यान व्यवहारमा कहिल्यै गहिरिएन । यद्यपि बोलीमा भने निकै गहिरिएको देखिन्छ ।

एकातिर विदेशमा गएका युवाहरूले त्यहाँको अर्थतन्त्रमा ठूलो योगदान पुराएका छन् भने अर्कोतिर नेपालमा उनीहरूको अभावमा उत्पादनशील क्षेत्रहरू कमजोर भइरहेका छन् । यसले नेपालको आर्थिक वृद्धि तथा विकासमा ठूलो अवरोध सिर्जना गरिरहेको छ । राजनीतिक दल र सरकारले यस गम्भीर समस्यालाई गम्भीरताका साथ लिएको देखिँदैन, जसले गर्दा समस्या दिनानुदिन चुलिदै गएको छ । देश यो दयनीय अवस्थामा गुज्रनुको कारण यहाँका राजनीतिक दल र नेताहरू असक्षम हुनु हो । सत्ता सञ्चालन गर्ने जिम्मेवारीमा रहेका नेताहरूले देशको हितभन्दा आफू र आफ्नो दलको अस्तित्वको चिन्ता गरेका छन् । सत्ता परिवर्तन मात्र प्राथमिकतामा परेको छ जसले गर्दा जनताका लागि ठोस कदम चाल्न राजनीतिक दलहरू असफल भएका छन् । भाषणमा मात्र देशप्रतिको चिन्ता देखाउने नेताहरू, व्यवहारमा आफ्नो व्यक्तिगत स्वार्थलाई अग्रस्थानमा राख्छन् । यसको ज्वलन्त उदाहरण हालका विभिन्न सरकारहरूको असफलतामा देख्न सकिन्छ ।

नेताहरूले भाषणमा देशको विकास र समृद्धिका कुरा गरे पनि, व्यवहारमा उनीहरूको प्राथमिकता सधैं सत्ता र शक्तिमा सीमित हुने गरेको छ । जनताको समस्याहरूलाई गम्भीरताका साथ समाधान गर्ने भन्दापनि नेताहरू आ–आफ्ना गुटहरू बलियो बनाउने र आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने ध्याउन्नमा रहेको देखिन्छ । यो प्रवृत्तिले गर्दा जनतामा निराशामात्र बढिरहेको छ र देशको भविष्यप्रति उनीहरूको विश्वास कमजोर हुँदै गएको छ ।

कोरोना महामारीले देशलाई थप संकटमा पार्दा पनि सरकार र राजनीतिकदलहरूको आन्तरिक कलह र गुटबन्दीले जनताको स्वास्थ्य र जीवनलाई उपेक्षागर्यो। स्वास्थ्य सेवा क्षेत्रको दयनीयअवस्था, आवश्यकअक्सिजन प्लान्टको अभाव, र अन्यआवश्यकपूर्वाधारको कमीले सरकारको असक्षमताउजागर गर्यो। नेताहरू पदकै लुछाचुँडीमा व्यस्तहुँदा, जनताले आफ्नो सुरक्षा र स्वास्थ्यकालागि संघर्ष गर्नुपर्ने अवस्था आयो।

कोरोना महामारीका बेला जनताले सरकार र राजनीतिक दलहरूबाट प्रभावकारी नेतृत्वको अपेक्षा गरेका थिए । तर, दुर्भाग्यवश नेताहरूले यस कठिन समयमा जनताको हितभन्दा आफ्नो पद र शक्तिलाई प्राथमिकता दिए । आवश्यक पूर्वाधारको अभाव, मेडिकल उपकरणहरूको कमी र स्वास्थ्य सेवाको दयनीय अवस्थाले गर्दा धेरैले अकालमा ज्यान गुमाउनु प¥यो । यसले गर्दा त्यसबेला सरकार र राजनीतिक दलहरूको असफलता झन् झाँगिदै गएको थियो र त्यो अहिले पनि कायम छ भन्दा अन्यथा नहोला । यहाँ लोकतन्त्रको नाममा हरेक राजनीतिक दलभित्र गुटबन्दी र आन्तरिक कलहले शासन गर्ने प्रवृत्ति विकसित भएको छ । प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस तथा २०७९ सालको आमनिर्वाचनबाट जनतामा निकै आशा जगाउंदै उदाएको नयाँशक्ति राष्ट्रिय स्वतन्त्र पार्टी समेत आन्तरिक कलह र गुटबन्दीको शिकार भएका छन् । जसले गर्दा यी दलहरूले जनताको विश्वास गुमाएका छन् । सत्ता सञ्चालनको जिम्मेवारी लिने बेला दलहरू एकजुट भएर देशको समृद्धिका लागि अघि बढ्नुपर्ने भएपनि, नेताहरू आ–आफ्नै स्वार्थमा लडिरहेका छन् ।

लोकतन्त्रको मर्म भनेको जनताको आवाज सुन्नु र उनीहरूको हितमा काम गर्नु हो । तर, नेपालमा लोकतन्त्रको नाममा गुटबन्दी, आन्तरिक कलह र शक्ति संघर्षको खेल चलेको छ । यसले गर्दा जनतामा लोकतन्त्रप्रति विश्वास घट्दै गएको छ । जनताले अपेक्षा गरेका परिवर्तनहरू राजनीतिक दलहरूको आन्तरिक झगडाले निष्फल बनाएका छन् । यसले देशलाई पछाडि धकेलिरहेको छ र जनताको मनोबललाई कमजोर बनाइरहेको छ । नेपाली नागरिकको रूपमा हामीले देशप्रतिको जिम्मेवारी बोध गर्न जरुरी छ । अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले भनेका थिए– “नभन देशले तिम्रो लागि के गर्न सक्छ, बरु भन तिमीले देशको लागि के गर्न सक्छौ ? अहिले यो भनाईलाई हृदयदेखि नै मनन गर्न आवश्यक छ । सरकार र राजनीतिक दललाई गालीमात्र गर्नु पर्याप्त छैन, बरु रचनात्मक सुझाव र दबाब दिन आवश्यक छ ।

देशको विकास र समृद्धिका लागि हामी सबैको एकजुट प्रयास आवश्यक छ । नेताहरूले स्वार्थभन्दा माथि उठेर देशको चिन्ता गर्नुपर्दछ । जनताले पनि आ–आफ्नो ठाउँबाट योगदान दिनु जरुरी छ । ’जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनेझैं, हामीले आफ्नो देशलाई माया गरेर यसको विकासमा योगदान दिनु नै हाम्रो कर्तव्य हो । देशको समृद्धि र विकासका लागि केवल नेताहरूको मात्र होइन, जनताको पनि ठूलो भूमिका हुन्छ । नागरिकले सरकार र नेताहरूमाथि सही दबाब सिर्जना गर्नुपर्छ ताकी तिनीहरू आफ्नो कर्तव्यबाट पन्छिन नसकुन् । यसो गरियो भने हामीले आफ्नो ठाउँबाट विकासमा योगदान पुराएका छौं भन्ने स्थिति आउँछ र हामी सबैमा देश प्रेम हृदयदेखिनै जाग्नेछ ।

आज देशप्रतिको साँचो माया भनेको सबैले आफ्नो कर्तव्य पूरा गरेर, देशको विकासमा हातेमालो गर्नु हो । समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न अब हामी सबैले साझा जिम्मेवारी बोध गर्दै अघि बढ्न आवश्यक छ । देशको स्वाभिमान र भविष्य सुरक्षित राख्न हामी सबैले एकजुट भएर काम गर्नुपर्दछ । राजनीतिक दल र नेताहरूले स्वार्थको पर्दा हटाएर देशको समृद्धिका लागि काम गर्नुपर्दछ । तबमात्र हामीले साँचो अर्थमा देश प्रेमलाई पुनःस्थापित गर्न सक्नेछौं । नेपालको भविष्य उज्ज्वल बनाउने हो भने देशप्रतिको जिम्मेवारीमा सबैले सचेत रहनु पर्दछ । हरेक नागरिकको एकता र सहयोगले मात्र नेपाललाई समृद्धिको मार्गमा लैजान सकिन्छ । यो देशको सपना साकार पार्न हामीले स्वार्थको पर्दा हटाएर एकजुट भएर अघि बढ्नुपर्दछ । आजको परिस्थितिमा देशप्रतिको साँचो माया भनेको सबैले आफ्नो कर्तव्य पूरा गरेर देशको विकासमा हातेमालो गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?