ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

तरकारी बेच्न किसानलाई हाईसन्चो

पालिकाले बुटवल उपमहानगरपालिकासँग सम्झौता गरी २ वटा सटर हाटबजारमा व्यवस्थापन गरिएको छ । जहाँ किसानले ल्याएर तरकारी बेच्ने गरेका छन् ।
२७ भाद्र २०८१, बिहीबार
२७ भाद्र २०८१, बिहीबार

बुटवल, २७ भदौ ।
पाल्पाको तिनाउ गाउँपालिकाका व्यवसायिक किसानलाई अहिले उत्पादित कृषिजन्य उपज विक्री गर्न कुनै झन्झट छैन । उत्पादन भएको कृषि जन्य उपज (तरकारी, अन्य) किसानले गाउँबाट नै गाडीमा बुटवलमा पठाउँछन् । गाडीबाट उक्त सामान पालिकाले व्यवस्थापन गरेको कृषि उपज बिक्री स्थलमा झर्छ, किसानलाई लाई बिक्री केन्द्रले तरकारी बिक्री गरिसकेपछि ४ प्रतिशत मात्रै व्यवस्थापन खर्च काटेर अन्य सबै किसानलाई भुक्तानी गर्छ ।

उत्पादन भएको तरकारी बिक्री गर्नको लागि विचौलिया छोप्नुपर्ने वा दिनभर कुरेर तरकारी बेच्नुपर्ने बाध्यता अन्त्य भएको छ । यसरी उक्त बिक्री केन्द्रमा बिक्रीका लागि ल्याउने किसानहरूलाई कुल बिक्री भएको कृषि जन्य उपजमा गाउँपालिकाले थप ५ प्रतिशत नगद अनुदान समेत दिँदै आएको छ ।

२०७९ चैत १३ गते बाट बुटवल उपमहानगरपालिका वडा नम्बर ५ हाट बजारमा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस अगाडी रहेको २ वटा सटर पालिकाले नै भाडामा लिएर किसानको लागि यो व्यवस्था गरेको हो ।
कतिपय किसानले आफ्नो उत्पादन आफू पनि नआईकन गाडीमा बुटवलमा पठाउने गरेका छन्, साँझ बिक्री केन्द्रका कर्मचारीहरूले बिक्री भएको उपजको रकम किसानलाई दिने गरेका छन् । कतिपय किसानले एक मुष्ट १५/१५ दिनमा आफ्नो रकम बुझ्दै आएका हुन ।

तिनाउ कृषि उपज बिक्री केन्द्रका व्यवस्थापक खड्ग गोदारका अनुसार पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा उत्पादन भएका अर्गानिक कृषि जन्य उपज बुटवल नियमित उपलब्ध हुन थालेको हो । यसरी संकलन केन्द्रले संकलन गरेको तरकारी होल सेल मूल्यमा अन्य व्यवसायी वा फुटकर मूल्यमा उपभोक्तालाई दिँदै आएको हो ।

तिनाउ गाउँपालिका पाल्पाले कृषि उत्पादनको बजारीकरणमा नयाँ अभ्यासको सुरुवात गरिएको हो । जसमा किसानले दुई तर्फबाट लाभ प्राप्त गरिरहेका छन् । एका तर्फ बिक्रीको लागि झन्झन्ट व्यहोर्नुपरेन भने अर्को तर्फ उत्पादनमा आधारित ५ प्रतिशत अनुदान समेत प्राप्त गरिरहेका हुन ।

पालिकाको तथ्यांक अनुसार अघिल्लो चौमासिकमा ७ लाख ५० हजार रूपैयाँ भन्दा बढि किसानले अनुदानबापत गाउँपालिका बाट प्राप्त गरेका छन् । एकातर्फ उपज बिक्रीबाट नगद आम्दानी गर्दै आएका किसानको लागि उत्पादनमा आधारित अनुदानमा पालिकाले थप ५ प्रतिशत रकम उपलब्ध गराउँदै आएको हो । गाउँपालिकाले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा कृषि उत्पादनको बजारीकरण गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कृषि क्षेत्रमा उत्पादनसँगै बजारीकरण पनि सबैभन्दा महत्वपूर्ण रहेकोले बुटवल उपमहानगरसँग सहकार्य गरेको बताउँछन् ।

पालिकाले बुटवलको हाटबजार लाइनमा सटर लिएर सिधै कृषकबाट कृषि उत्पादन खरिद गरी उपभोक्तासम्म पु¥याउने गरेको हो । जसमा १०/१० हजारको दुई वटा सटर भाडामा लिएको छ । ५ बर्षको लागि सम्झौता गरेको पालिकाले प्रत्येक बर्ष नियमअनुसार भाडा बृद्धिको रकम समेत बुटवल उपमहानगरपालिकालाई प्रदान गर्दै आएको छ ।

कृषिले राम्रो बजार नपाएसम्म कृषकहरूको मनोबल बृद्धि नहुने भएकोले कृषिको बजारीकरणमा गाउँपालिकाले नै स्वामित्व लिएको पालिकाले जनाएको छ । यस्तै उनले कृषकलाई उत्पादन लागतअनुसारको मूल्य पनि दिएको जानकारी दिए । उनका अनुसार हाल कृषिमा गाउँपालिका पूर्णरूपमा आत्मनिर्भर भइसकेको छ । यसरी बिक्री केन्द्रबाट वार्षिक करोडौँ रूपैयाँबराबरको कृषि उपज बिक्री वितरण गर्ने लक्ष्य रहेको छ । अर्गानिक उत्पादन हुँदा पछिल्लो समयमा कृषि उत्पादनले राम्रो बजार पाएको हो । १ करोड रूपैयाँ बराबरको कृषि जन्य बस्तुको बिक्री वितरण भएमा पालिकाले ५ प्रतिशतका दरले ५ लाख किसानलाई उत्पादनमा आधारित अनुदान प्रदान गर्ने छ ।

बुधबार किसानले ल्याएको १ लाख ४० हजार रूपैयाँ बराबरको तरकारी बिक्री भएको कृषि बजार व्यवस्थापक खड्क गोदरले जानकारी दिए । किसानले ल्याएको उपज बिक्री बापत व्यवस्थापनको लागि ४ प्रतिशत रकम केन्द्रले लिँदै आएको छ । १०० रूपैयाँको १ किलो काक्रा बिक्री गर्दा केन्द्रले ४ रूपैयाँ किसानबाट लिँदै आएको छ । त्यो तथ्यांकको आधारमा पालिकाले भने थप ५ रूपैयाँ किसानलाई दिँदै आएको छ । १ रूपैयाँको अन्तरमा किसानले विना झन्झन्ट, विना विचौलिया दिनभर समय नै नखर्चेर आफ्नो कृषि जन्य उपज बिक्री गर्न पाएका हुन । पालिकाको वडा नम्बर २, ३, ५ र ६ नम्बर वडामा अहिले व्यवसायिक तरकारी खेती भैरहेको छ । काउली, बन्दा, गोलभेँडा, भेडेखुसार्नी, धनिया, काँक्रा, फर्सी, करेला, सिमी, साग लगायतका धेरै प्रकारका तरकारीहरू उत्पादन हुदै आएका छन् ।

गाउँपालिकाका उत्पादनमूलक क्षेत्रसँग जोडिएका, गाउँपालिकाले बजारीकरणमा गरेको नयाँ अभ्यासले कृषकका थोरै थोरै उत्पादनले पनि उचित बजार पाउने गरेको पालिका अध्यक्ष श्रेष्ठको भनाई छ । पालिकाले तिनाउ कृषि बजार व्यवस्थापन समिति गठन गरी ४ जना जना कर्मचारीसमेत राखेको छ । हप्तामा तीन दिन शनिबार, बुधबार र सोमबार बुटवलमा हाटबजार लाग्ने गरेको छ । सोही दिन तिनाउमा उत्पादित कृषि उपजहरूको बिक्री–वितरण हुनेगरेको छ । हाल एक हप्तामा करिब ११ मेट्रिक टन छ/सात लाख रूपैयाँ बराबरको तरकारी बिक्री हुनेगरेको बताइएको छ । यही सरदरमा बिक्री भए वार्षिक करिब चार करोड रूपैयाँ बराबरको कषि उपज बिक्री वितरण हुने पालिकाले जनाएको छ । तिनाउका तरकारी बुटवल, मणिग्राम, भैरहवा, सुनवल, परासीका बजारसम्म पुग्ने गरेको छ ।

पालिकाले कृषिको बजारीकरणको व्यवस्थापन गरिदिएपछि किसान पनि खुसी भएका छन् । थोरै थोरै उत्पादनले पनि राम्रो बजार पाउँदा १०/२० किलोग्राम उत्पादनलाई बोकेर बजार लैजानुपर्ने झन्झटबाट मुक्ति मिलेको किसान विवेक पाण्डेको भनाई छ । कृषि उत्पादनको बजारीकरणमा अन्य पालिकाले पनि तिनाउँको शैली अपनाउनुपर्ने उनको सुझाव छ । पालिकाले किसानलाई हेर्ने दृष्टिकोणको कारण पछिल्लो समयमा कृषिकर्म गर्न चाहनेहरूको संख्या पनि वृद्धि हुँदै गएको छ । पालिकालाई पनि नपुग्ने कृषि उत्पादन हुने तिनाउमा अहिले करोडौँ रूपैयाँ बराबरको कृषि उपज निर्यात हुने गरेको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?