ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

औषधीमा कमिसनको चक्करः सम्झौता एउटासँग, खरिद अर्कोसँग

पाल्पा जिल्ला अस्पतालले पूर्व सम्झौता गरिएका सप्लायर्सबाट औषधि र अन्य औषधीजन्य बस्तु खरिद नगरी कमिसनको चक्करमा अर्को निकायबाट खरिद गर्ने प्रमाण भेटिएको छ ।
१८ भाद्र २०८१, मंगलवार
१८ भाद्र २०८१, मंगलवार

बुटवल, १८ भदौ ।
पाल्पा जिल्लामा रहेको जिल्ला अस्पतालले बिमा बापत सहुलियतमा बिरामीहरूलाई उपलब्ध गराउँदै आएको औषधी एउटा सप्लासर्यसँग सम्झौता गरी अर्को सप्लायर्स संग खरिद गरी दिँदै आएको प्रमाण भेटिएको छ । औषधी सप्लायर्सको लागि अस्पतालले खुल्ला टेण्डर आह्वान गरेको थियो । बोल कबोलको आधारमा २०८० मंसिर १ गते बुटवलको एवान फार्मेसी संग सम्झौता गरेर विभिन्न प्रकारका औषधीको सप्लाई गर्ने गरी सम्झौता गरेको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बहादुर जिसीले एवान फार्मेसी बुटवलका प्रोपाईटर कृष्ण बहादुर जिसीसंग सम्झौता गरेका थिए ।

सम्झौता गरेको केही समय सम्म पाल्पा जिल्ला अस्पतालले तोकीएबमोजिम औषधी खरिद गर्ने गरेको भएपनि पछिल्लो समयमा भने उक्त सम्झौतामा तोकीएको औषधीहरू अन्य सप्लायर्सबाट लिने गरेको पाइएको हो ।
अस्पतालमा आउने बिरामीहरूको लागि प्रयोग हुने बीमाका औषधी क्युरोक्सीम एक्सल, प्यान्टाप्राजल औषधी अन्य सप्लासर्यबाट लिने गरेको पाइएको हो । यस्तै २०८० साल मंसीर १ गते नै बुटवल उपमहानरपालिका वडा नम्बर ६ मा रहेको एक्साईड फार्मेसीसंग पनि विभिन्न प्रकृतिका औषधी खरिद गर्ने गरी सम्झौता गरिएको छ । फार्मेसीको तर्फबाट बुद्ध प्रसाद ज्ञवाली र अस्पतालको तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बहादुर जिसीले सम्झौता गरेका छन् । तर यो सप्लायर्स संग गरिएको सम्झौता अनुसार साईमेक्स २०० एमजी ट्याव अर्को सप्लायर्सबाट खरिद गर्दै आएको पाइएको हो ।

जिल्ला अस्पताल पाल्पाले २०८१ भदौ १६ गते खरिद आदेश बनाइ सम्झौतामा तोकीएको औषधी अन्य सप्लायर्सबाट खरिद गर्नको लागि खरिद आदेश दिएको पाइएको छ । जसमा फर्मेसी अधिकृत (करार) मधु खड्काले हस्ताक्षर गरेकी छिन् ।
यस्तै पोखराको सन फार्म डिष्टिुव्युर्टस संगै पनि संग पनि सम्झौता गरेको २ वटा औषधी पनि जिल्ला अस्पतालले मेडी हेभवन ड्रग डिष्टिव्युटर्सलाई खरिद आदेश दिएर खरिद गरेको पाइएको छ ।

अस्पतालको जिन्सी शाखाबाट मेडिहेभन ड्रग डिष्टिव्युटर्सबाट उक्त औषधी गरिद गरिएको पाइएको हो । जसमा १० प्रकारका औषधी खरिद गरेको पाइएको हो । सार्वजनिक खरिद ऐन बमोजिम पहिला नै सम्झौता गरिएको कुनै पनि सप्लासर्यले नियमित रूपमा उपलब्ध गराउन नसकेमा वा विशेष जटिल अवस्थामा मात्रै अन्य स्थानबाट खरिद गरी प्रयोग गर्नुपर्ने नियम भएपनि अस्पतालको फार्मेसी डिपाटमेन्टले भने पुरानो सम्झौता गरिएको सप्लायर्सबाट कमिसन नपाउने भएपछि अर्को नयाँ सप्लायर्सबाट खरिद गरेको आरोप समेत लाग्ने गरेको छ ।

यता, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बहादुर जिसीले पहिला माग फारम अनुसारको औषधी माग गरिए अनुसार सप्लासर्यबाट सप्लाई हुन नसकेपछि अर्को निकायबाट खरिद गरेको हुन सक्ने बताए । उनले यो विषयमा आफू पनि जानकारी नभएको भन्दै सम्बन्धीत फार्मेसी निकायसंग बुझेर मात्रै जानकारी दिन सकिने बताए ।
सम्बन्धीत सप्लायर्स संग गरिएको सम्झौता अनुसार माग फारम अनुसार पेश गरेको ७ दिन भित्र औषधी सम्बन्धीत सप्लायर्सले दाखिला गर्न नसकेमा मात्रै अन्य निकायबाट खरिद गर्न पाउने प्रावधान रहेको छ । यद्यपी पहिला नै सम्झौता गरेका (ठेक्का/टेन्डर) गरेका सप्लायर्सलेले केही सिमिति औषधीको जो अन्य स्थानमा नपाउने अवस्था भएपनि खरिदको लागि आदेश आउने गरेको र अन्य भने अस्पताले अन्य निकायबाट नै खरिद गर्ने गरेको बताउँदै आएका छन् ।

नेपाल औषधी थोक व्यवसायी संघ रूपन्देहीका अध्यक्ष कृष्ण बहादुर जिसीले सरकारी निकायमा काम गर्ने थोक व्यवसायीहरूले पटक पटक एउटा संग सम्झौता गर्ने तर अर्को निकायबाट सप्लाई गर्ने गरेका गुनासो आउने गरेको बताउँछन् । उनले पाल्पा जिल्ला अस्पताल जस्तै अन्य स्थानीय तहका अस्पताल तथा प्रदेश र संघीय अस्पतालमा पनि औषधी सप्लाई गर्दै आएका व्यवसायीहरूले कानून बमोजिम सम्झौता गरेर औषधी सप्लाई गरेपनि विचमा ति निकायबाट विभिन्न वाहानमा सम्झौता गरिएका व्यवसायिक फार्मभन्दा बाहिरबाट खरिद गर्ने गरेको गुनासो आउने गरेको बताए । उनले भने–‘यो विषयमा पटक पटक गुनासो आउने गरेको छ, हामी संस्थागत रूपमा समेत ध्यानाकर्षण गराएका छौं, व्यवसायीले लाखौको धरौटी राखेर काम गरेको हुन्छ, तर निकायबाट औषधी खरिद गर्दा अन्य निकायबाट गर्ने गर्दा व्यवसायीहरू मारमा पर्ने गरेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?