Butwal Today

नोट सचेतना जगाउदै विद्यार्थीहरु

२८ श्रावण २०८१, सोमबार
अ+
अ-

बुटवल, २८ साउन । नेपाल राष्ट्र बैक भैरहवाको सहयोगमा एम्स कलेज र स्कलर्स होम बोर्डिङ स्कुलले रुपन्देही र पाल्पाका मुख्य शिवधामहरु नोट सचेतना कार्यक्रम गरेका छन । श्री सिद्धबाबा धाम मन्दिर पाल्पा, श्री स्वामीनारायण मुक्तिनाथ धाम नयागाउ, श्रृगेश्वर धाम मन्दिर तिलोत्तमा र श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाम मन्दिरमा लाम लागेका दर्शालुहरुलाई नोट सुरक्षाबारे विद्यार्थीहरुले बुझाए । कलेजका बिबिएस र प्लस टु मा अध्ययरत ६५ जना विद्यार्थीहरु चार समुह बनाएर मन्दिरमा खटिए ।

 

 

‘नोट राष्ट्रको सम्पति, नोटको हिफाजत गरौ । नोटलाई पानीमा नडुवाऔ, अबिर नलगाऔ, मुल्य नघटाऔ, नोटमा केरमेट नगरौ ।’ लगायतका नारा लेखिएका प्ले कार्डमार्फत विद्यार्थीहरुले नोट सुरक्षाको सन्देश दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?