ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सम्पदा क्षेत्रको पहिचानबाट पर्यटन प्रवद्र्धन

२२ श्रावण २०८१, मंगलवार
२२ श्रावण २०८१, मंगलवार

बुटवल, २२ साउन । लुम्बिनीका पर्यटन ब्यवसायीहरुले आफनो क्षेत्रका सम्पदाको पहिचान गर्दै पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले सुझाव दिएका छन । लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको आधार पर्यटन भएको भन्दै यस क्षेत्रका सरोकारवाला यसमा लाग्नुपर्ने उनिहरुको दाबी छ । होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशमा नेतृत्व लिएका रुपन्देहीका प्रतिनिधिहरुलाई होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले सम्मान तथा शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले सास्कृतिक, धार्मिक र सामरिक सम्पदाले भरिपूर्ण प्रदेशको प्रचारमा जोड दिनुपर्ने उनिहरुले बताए ।

संघको सचिवालयमा संघका प्रमुख सल्लाहकार माधव नेपाल, संघका अध्यक्ष लेखनाथ भण्डारी, सल्लाहकार समुन्द्र जिसि, सल्लाहकार प्रेमलाल पाण्डे, वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव अर्जुन थापाले महासंघका नवनिर्वाचित अध्यक्ष महेन्द्र श्रेष्ठ, महासचिव गणेश बेल्बासे, सहसचिव लिलाधर भट्टराई, सदस्य रामप्रसाद गौतम, मोहनलाल पाण्डेलाई बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा संघका प्रमुख सल्लाहकार तथा पर्यटन ब्यवसायी माधव नेपालले पर्यटन ब्यवसायीहरु नै पर्यटनबारे अनविज्ञ रहेको बताउदै यसबारे बुझन र जान्न आग्रह गरे । पर्यटनको ६५ वटा पाटोमध्ये एउटा पाटो होटल ब्यवसाय भएको भन्दै यो संवेदसिल पाटोका रुपमा रहेको बताए । अतिथिलाई सत्कार र सेवासंगै आफनो क्षेत्रका सम्पदाबारे ब्याख्या गर्न सक्नेगरि अध्ययनशिल हुन उनले सम्पूर्ण ब्यवसायीहरुलाई सुझाव दिए । ‘सम्पदा क्षेत्रको पहिचान गरि पर्यटकलाई लग्ने र प्रतिष्ठानबाट मिठो पस्कनुपर्छ ।’—उनले भने ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले रुपन्देही जिल्लामा ब्यवसायीहरुको हकहितका लागि संस्थागत रुपमा धेरै कामहरु भएको भन्दै निरन्तर यो काममा अन्य संघसंस्थाहरुबाट सहयोग मिलेको बताए । पर्यटन ब्यवसायीको रुपमा आफुहरुको पहिचान हुने गरि संस्थागत र ब्यक्तिगत विकासमा जोड दिएको उनले बताए ।

कार्यक्रममा प्रदेशका नवनिर्वाचित अध्यक्ष महेन्द्र श्रेष्ठले कोभिड र आर्थिक मन्दीकै कारण प्रदेश समितिको पाच वर्षको अवधिमा संस्था चलायमान हुन नसकेको भन्दै योजना बनाएरै ब्यवसायीहरुलाई संगठत गरेर अघि बढ्ने उनले प्रतिवद्धता जनाए । अब काम गर्ने चुनौती नेतृत्वमा आएको भन्दै विशेष चनाखो भएर लाग्ने उनले बताए ।

कार्यक्रममा सल्लाहकार समुन्द्र जिसि, संघका सल्लाहकार प्रेमलाल पाण्डे, संघका महासचिव अर्जुन थापाले रुपन्देहीबाट स्थापना भई ब्यवसायीहरुको हकहितलाई प्रदेश र राष्ट्रियस्तरमा उठाउने गरि संरचना जान सफल भएको भन्दै ब्यवसायिक हकहितको पक्षमा नितिगत सुधार हुने गरि प्रदेश सरकारसंग पहल गर्ने गर्नुपर्ने बताए । प्रदेशमा ११ हजार ब्यवसायीहरु भने देशभर ७० हजार ब्यवसायीहरु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?