ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

छत्रेश्वरी शक्तिपिठमा पदमार्ग निर्माण गरिदै

१० श्रावण २०८१, बिहीबार
१० श्रावण २०८१, बिहीबार

सल्यान,१० साउन ।
सल्यानमा विभिन्न धार्मीक तथा ऐतिहाँसिक सम्पदाहरू छन् । पछिल्लो समय धार्मीक तथा पर्यटकीय विकासका लागि स्थानीय तहहरूले पहलकदमी लिएका छन् । प्रदेश तथा संघीय सरकारबाट धार्मीक तथा पर्यटकीय क्षेत्रको विकासका लागि लगानी समेत बढ्दै गएको देखिन्छ । जिल्लाको पहिचान तथा विकासका लागि धार्मीक सम्पदाहरूको महत्व धेरै नै हुने गर्दछ । प्राकृतिक सम्पदा, तथा धार्मिक स्थलहरू र सँस्कृतीले सल्यान धनी मानिन्छ । यहाँ कुपिण्डे ताल, खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी सतिपिठ, कुमाख लेख, शंखपार्क, कालिका भगवती, मोखला सिव गुफा, कमलाक्षी, कछुवा दह लगाएतका क्षेत्रहरू रहेका छन् । जिल्लाको छत्रेश्वरी सतिपिठको विकासका लागि पदमार्ग निर्माण हुने भएको छ ।

छत्रेश्वरी गाउँपालिकाको पहलकदमीमा वडा नं ६ छायाक्षेत्रमा अवस्थित छत्रेश्वरी मन्दिर (सती पिठ) सम्म पर्यटकीय पदमार्ग निर्माण हुने भएको हो । गाउँपालिकाको तयार गरेको डिपिआर बमोजिम पर्यटन विभागको बजेटबाट ठेक्का प्रक्रिया मार्फत पद मार्ग संगै यात्रु प्रतिक्षालय, र सार्वजनिक शैचालय लगाएतका संरचना निर्माण गरिने भएपछि स्थानीयहरू खुसी भएका छन् । छत्रेश्वरी ६ शंखमुलका रमेश बहादुर यरीले पदमार्ग निर्माण भएमा पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
शंखमुल नजिकबाट पैदल यात्रा मार्फत छत्रेश्वरी मन्दिरसम्म पुग्नका लागि पर्यटकीय पदमार्ग र अन्य भौतिक संरचना निर्माण गर्न लागिएको हो । गाउँपालिकामा धेरै पर्यटकीय क्षेत्रहरू रहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले पूर्वाधार निर्माण तथा प्रचार प्रसार र प्रवद्र्धनका कार्य भइरहेको बताए ।

उनले भने, ‘गाउँपालिकाले यस अघि डिपिआर तयार गरेको थियो । पर्यटन विभागमा पदमार्ग संगै अन्य संरचना निर्माणका लागि लेखिपठाएका थियौँ । त्यस अनुसार काम हुनेभएको छ ।’ गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले आफुहरूले पर्यटन क्षेत्रलाई पनि महत्व दिएर काम गरिरहेको बताइन् ।

छत्रेश्वरीलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र प्राकृतिक सौन्दर्यताको दृश्यावलोकन सहित पदमार्गबाट छत्रेश्वरी मन्दिर सम्म यात्रा गर्नका लागि पर्यटकहरूलाई सहजता प्रदान गर्न पदमार्ग र आवश्यक संरचनाहरू निर्माण गर्न लागिएको हो । ३ करोड ११ लाख रूपैयाँ बराबरको काम हुने छत्रेश्वरीको पदमार्ग निर्माणका लागि सानु कन्ट्रक्शन, काठमाण्डौँ जोरपाटीले २ करोड ६४ लाखमा २०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्र कुमार यादवले जानकारी दिए ।

सत्यायुगमा महादेवले सतिदेवीको मृत्त शरिर बोकेर विश्व भ्रमण गर्दा उनको अन्तिम अंग छायाँक्षेत्रमा पतन भएको किवंदन्ती छ । बली नचढ्ने शक्तिपिठको रूपमा रहेको छत्रेश्वरीको महत्व बताउँदै मन्दिरका नागाबाबा उमेश गिरीले छत्रेश्वरी क्षेत्रको धार्मीक तथा ऐतिहासिक महत्वको बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेको जनाए ।
२०८२ भदौ सम्म निर्माण गर्नेगरी सम्झौता गरेको भएपनि आगामी बैशाख सम्म योजनाको काम सक्नेगरी आफुहरूले तयारि गरेको निर्माण व्यवसायी फुर्वा नामगेल शेर्पाले जानकारी दिए । उनले भने, ‘काम गर्ने ठाउँ पनि सहज लाग्यो । योजनाको लागि १४ महिनाको समय छ । छिटोमा फागुन र ढिलोमा बैशाख सम्म काम सम्पन्न गर्छौँ ।’ साउन १५, १६ गते सम्ममा निर्माण सामग्री र कामदार आयोजना स्थलमा आउने शेर्पाको भनाई छ ।
राप्ती लोकमार्ग स्थित शंखमुलबाट छत्रेश्वरी मन्दिर सम्म गाडीमा पुग्नको लागि सडकको समेत सुविधा रहेको छ । छत्रेश्वरी मन्दिरको पर्यटन प्रवद्र्धन भएमा यहाँको आर्थिक, साँस्कृतिक, धार्मिक विकासमा समेत टेवा पुग्ने अपेक्षा छ । छत्रेश्वरी मन्दिरमा पदमार्ग तथा भौतिक संरचना निर्माणका लागि छत्रेश्वरी गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन सहित मिति २०८०।१२।१६ मा नेपाल पर्यटन वोर्डमा पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?