ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

बुटवल फूलबारीः वार्षिक ७ लाख पर्यटक पुग्ने ठाउँमा यसरी हुँदैछ विकास

८ श्रावण २०८१, मंगलवार
८ श्रावण २०८१, मंगलवार

बुटवल, ८ साउन ।

पूर्वपश्चिम जोड्ने तिनाउको पुल तरेर २ सय मिटर हिँडेपछि पुगिन्छ बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी ।

पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेनको नामसँग जोडिएको यस पार्क पिकनिक, विवाह, भेटघाट र अन्य ऐतिहासिक सम्पदाहरु अवलोकन गर्ने थलो बनेको छ । पछिल्लो समय पिकनिक र विवाह जस्ता कार्यक्रम भने कम हुँदै गएका छन् ।

फूलबारीमा एक बर्षको अबधिमा करिब ७ लाख पर्यटकहरु पुग्ने गरेका छन् । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले उपलव्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मात्रै झण्डै ७ लाख मानिस फूलबारीको अवलोकनमा पुगेका छन् । टिकट काटेर मात्र प्रवेश गर्नेको संख्या ५ लाख ४९ हजार ३९४ छ भने टिकट नकाटी प्रवेश गर्ने करिव डेढ लाख छन् । जम्मा आगन्तुक मध्ये भारतीयहरुको संख्या १०.५ प्रतिशत अर्थात ५७ हजार २३० जना छ ।

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले मंगलबार पत्रकारहरुबिच आयोजना गरेको समन्वयात्मक बैठकमा उद्यानको संरक्षण र विकासका लागि हालसम्मका प्रयास र आगामी कार्ययोजनाबारे समेत जानकारी गराइएको छ ।

गत आर्थिक वर्षमा फूलबारीमा ३ करोड ७३ लाख ६१ हजार ८७४ रुपियाँ आम्दानी भएको छ भने ३ करोड ३७ लाख १४ हजार ६ रुपियाँ खर्च भएको छ । कुल खर्च मध्ये ७२ दशमलव ५ प्रतिशत विकास निर्माण, चिडियाखाना र बगैचा व्यवस्थापनमा भएको छ भने २७ दशमलव ५ प्रतिशत प्रशासनिक खर्च भएको समितिका महासचिव युवराज घिमिरेले जानकारी दिए । ्

गएको वर्ष फूलबारीमा शिवालय मन्दिर निर्माण, भुईमा ढुंगा लगाउने काम तथा गेट निर्माण, २७ हजार ५०० फूट दुवो रोपण, स्काई साइकल नजीक टायल, ट्रस्ट र काउन्टर निर्माण, बँदेल तथा अष्ट्रिचको खोर निर्माण, कुँडुले घर निर्माणलगायतका विभिन्न कामहरु भएको घिमिरेले बताए । उनका अनुसार आगामी वर्ष थप एउटा कुँडुले घर तथा पौडी पोखरी स्थापना, मणिमुकुन्द सेन सूचना केन्द्र निर्माण, जिप लाइनको संभाव्यता अध्ययन गरी कार्यान्वयन, नर्सरी स्थानान्तरण, सन्चो बिसन्चो केन्द्रलाई पूर्णता लगायतका कार्य गरिने छ ।

मणिमुकुन्द सेन उद्यानको विकासका लागि दीर्घकालीन योजना र रणनीति बनाएर काम गरिएको समितिका अध्यक्ष माधव नेपालले बताए । संघ, प्रदेश र स्थानीय सरकारसँग मिलेर विभिन्न क्षेत्रको सुझावलाई समेत मध्यनजर गर्दै विकासका काम अगाडि बढाइएको उनले बताए ।

बुटवल घुम्न आउने हरेक आन्तरिक तथा बाहृय पर्यटकको ध्यान फूलबारीले तान्ने गरेको छ । फूलबारी पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा विकास भइरहेको छ ।

१५ औं शताब्दीमा मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबार अवशेष पनि फूलबारीमा छ ।

२०३६ सालमा फूलबारी पार्कको रूपमा स्थापना भएकोमा २०५४ सालदेखि मणिमुकुन्द सेन उद्यान पार्कको नाममा पार्क सञ्चालन गरिएको छ । १५ बिघा क्षेत्रफलमा रहेको पार्कलाई २५ बिघामा विस्तार गरी पूर्वाधार निर्माणको काम भइरहेको राष्ट्रिय उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइँटेल बताउँछन् ।

पार्कमा पुराना भग्नाबशेष दरबार, वनजंगल, फूलबारी, झरना, शहीदस्तम्भ र चिडियाखानासमेत छ । पार्कबाट बुटवल बजारको धेरै दृश्य देख्न सकिन्छ ।

उद्यानमा मानवपुर्खा मानिने रामापिथेकसको अर्धकदको शालिक छ । सन् १९८० डिसेम्बरमा बुटवलनजिकै तिनाउ किनारको पहरामा रामापिथेकसको माथिल्लो बंगारा भेटिएको थियो। यो बंगारा एक करोड १० लाख वर्ष पुरानो मानिएको छ । यो बंगारा काठमाडौंको प्राकृतिक संग्रहालयमा राखिएको छ ।

यसैगरी मायादेवी, गौतम बुद्ध, मणिमुकुन्द सेन, उजिरसिंह थापा, यादवनाथ आलोक, लखन थापा, दशरथ चन्द, तारापति भट्टराई, बसिर मिया, जीवराज आश्रित, सूर्यप्रसाद घिमिरे र चोकबहादुर गुरूङ लगायतका अर्धकदका शालिक राखेर ‘बुटवल स्मारक’ निर्माण गरिएको छ।

हरेक उमेर समूहका मानिसहरूलाई उत्तिकै आकर्षित गर्ने यो पार्कमा नवविवाहित जोडी र प्रेमीप्रेमिकाहरू पनि घुमफिरका लागि जान्छन्।

चलचित्र र गीतको भिडिओ छायांकनका लागि पनि मणिमुकुन्द उद्यान आकर्षक स्थल बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?