ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

रेसुङ्गामा एक महिने साउने मेला शुरु

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

गुल्मी, १ साउन । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि एक महिने साउने मेला शुरु भएको छ । साउन महिना भर सञ्चालन हुने उक्त मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गर्न र पूजा आजाका लागि दिनहुँ श्रद्धालुहरूको घुँईचो लाग्ने गर्दछ ।

रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम जान नपर्ने र त्यहाँ पुगेपछि पुण्य प्राप्ती हुने जनविश्वास छ । महापोखरीमा स्नान गरेपछि आफूले अन्जानमा गरेका सम्पुर्ण पापहरू नष्ट हुने धार्मिक विश्वास रहेको छ । साउन महिनाभर रेसुङ्गाको महापोखरीमा स्नान गरेपछि श्रद्धालुहरू पोखरीदेखि केही माथि रहेको यज्ञशालामा पुगेर मन्दिरको दर्शन गरि पुजाआजा गर्ने गर्दछन ।

यज्ञशाला मन्दिर भित्र सधैभरी अखण्डदीप प्रज्वलन भैरहने भएका कारण श्रद्धालुहरूले यज्ञमण्डपको विभुती लगाउने र त्यसलाई प्रशादको रूपमा सँगै लिएर जाने गर्दछन । रेसुङ्गा क्षेत्र भित्र रहेका सिद्धस्थान, बिष्णुपादुका, लक्ष्मी नारायण, ऋष्यश्रृङ्ग लगायत धार्मिक महत्वका ऐतिहासिक क्षेत्रहरू श्रद्धालुहरूको लागि निकै आकर्षण मानिन्छन । जसका कारण जिल्लावासीहरूका अतिरिक्त पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ्, प्यूठान, रूपन्देही, नवलपरासी लगायतका ठाउँहरूवाट श्रद्धालुहरूको घुँईचो लाग्ने गर्दछ ।

साउने सङ्क्रान्तिको दिनदेखि साउन महिनारभर रेसुङ्गा क्षेत्रमा वालवालीकादेखि, युवा र वृद्धवृद्धाहरू पनि एकपटक जसरी भएपनि रेसुङ्गा पुग्नुपर्छ भन्ने मान्यता छ । साउने सङ्क्रान्तिको पहिलो दिन आज बिहानैदेखि महापोखरीमा स्नान गर्न जानेहरूको भीड बढ्दै गएको छ । रेसुङ्गा संरक्षण समितिले यज्ञशाला मन्दिर परिशरमा साउन महिनाभर पुराण वाचन, पाठ पारायण, भजन किर्तन, होम, श्राद्ध लगायतका विशेष धार्मिक कार्यक्रमहरू समेत आयोजना गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।

विगत वर्षहरूको तुलनामा पक्की कालोपत्रे सडक र उकालो चढ्नका लागि परम्परागत रूपमा निर्माण गरिएका ढुंङ्गाका सिँडीहरूका कारण मानिसहरूलाई रेसुङ्गा पुग्न झनै सहज बनेको छ । सदरमुकाम तम्घाससँग सँगै जोडिएको उक्त क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै मनोरम स्थल मानिन्छ ।

रेसुङ्गाको महापोखरी क्षेत्र र मन्दिर परिशर वरिपरि रेसुङ्गा संरक्षण समितिले माछामासु एवं मादक पदार्थ सेवन गर्न र त्यसको बिक्रि वितरणमा रोक लगाएको छ । साउन महिनाभर लाग्ने मेलालाई व्यवस्थीत गर्न संरक्षण समितिले सदरमुकाम तम्घासबाट महापोखरीसम्म आवतजावतका लागि यातायातको सहज व्यवस्थापन मिलाएको जनाएको छ । रेसुङ्गा नगरपािलकाले यस वर्ष ‘जाउँ हिड रेसुङ्गा’ भन्ने अभियान सञ्चालन गरेको कारण पनि विगत वर्षहरूको तुलनामा रेसुङ्गामा जाने श्रद्धालुहरूको संख्यामा उल्लेखनीय रूपमा वृद्धि हुने ‘जाउँ हिड रेसुङ्गा’ अभियानका संयोजक रामजी पन्थीले बताए ।

त्यसैगरि गुल्मीको अर्को पवित्र धार्मिक स्थल कालीगण्डकी र रुद्रवेणी धाममा पनि साउने सङ्क्रान्तिको अबशरमा मंगलबार बिहानैदेखि नदीमा स्नान गर्ने पुजापाठ गर्न जाने भक्तजनहरूकोे घँुईचो लागेको थियो । कालीगण्डकी क्षेत्र गुल्मी, पाल्पा र स्याङ्जा गरि तीन जिल्लाको संगम स्थलको रूपमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?