ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

१६ दिने निशुल्क वारिस्ता तालिम समापन

२५ असार २०८१, मंगलवार
२५ असार २०८१, मंगलवार

बुटवल, २५ असार । रुपन्देहीका होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुलाई १६ दिने निशुल्क वारिस्ता दिईएको छ । ईन्स्योर परियोजना बुटवल, रुपन्देही उद्योग संघको आर्थिक सहयोगमा स्टेरिङ ईन्टरनेश्नल कलेज अफ हस्पिटालिटिको प्राविधिक सहयोगमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीको आयोजनामा दुई वटा समुहलाई १६ दिने तालिम दिईएको हो ।

एक समारोहका बिच रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, संघका द्घितिय उपाध्यक्ष प्रेम भट्टराई, रुपन्देही उद्योग संघका सिईयो यादव भण्डारी, ईन्स्योर तालिम संयोजक खिमानन्द रिजाल, संघका तालिम संयोजक माधव ढकालले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका छन ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले दिगो तथा सम्मानित रोजगारका लागि सीप परियोजना (दोस्रो चरण) कामदारहरुको लागि थप सीप तालिम कार्यक्रम अन्तरगत तालिम दिईएको बताए । दक्ष र स्वरोजगार युवा उत्पादन गर्ने लक्ष्यसहित ईन्स्योर परियोजनासंग समन्वय गरि रुपन्देही उद्योग संघ विगत २ वर्षदेखि तालिम चलाउदै आएको उनले बताए । सेवा उद्योगका रुपमा रहेको होटलमात्र नभई विभिन्न अन्य उद्योगहरुलाई आवश्यक पर्ने कामदारको क्षमता विकासका तालिम दिदै आएको उनले बताए । होटल ब्यवसायीहरुलाई बारिस्ता, फ्रन्ट डेक्स, तथा बिटिआईमा गेस बेल्डिङ, अटो क्याटका साथै नेपालगंजमा स्टोमेसन, अटोमेशन, भिएफडीका तालिम दिईएको उनले बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायीबाट पर्यटन ब्यवसायीका रुपमा रुपान्तरण भईरहेको बताए । सीप नभए कुनै पनि काममा सफलता मिल्न नसक्ने उदाहरण दिदै उनले ब्यवसायीहरुको दक्षता बढाउन तर्फ जोड दिएको बताए । पछिल्लो समय कफिको बजारमा राम्रो रहेको भन्दै उनले सीप सिकाएर दक्षता अभिवृद्धिमा संस्थाबाट थप ब्यवस्थित गर्ने काम भएको बताए ।

कार्यक्रममा प्रशिक्षार्थी मीन तिवारीले तालिमको सिकाई ब्यवहारमा लागु हुने बताए । कफिका प्रकार र त्यसका बनाउने विधि सिक्न सफल भएको उनले बताए ।

कार्यक्रममा स्टेरिङ ईन्टरनेश्नल कलेज अफ हस्पिटालिटिका एमडी धिरज राकसमगरले युवा वर्गलाई लक्षित गरि दिईने तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने बताए । तालिममा केवल वारिस्तामात्र नभई सेवामुलक उद्योगमा आवश्यक पर्ने ब्यवहारिक विषयमा समेत ज्ञान तालिममा दिईएको उनले बताए । बिदेश जाने सोच बनाउने युवाहरुलाई देशमा नै अवसर सृजना हुने गरि संघसंस्थाहरु लाग्नुपर्ने उनले सुझाव दिए । प्रशिक्षक चिरन ढुगाना, धिरज राकसमगरले प्रशिक्षण दिएका तालिममा रुपन्देहीका विभिन्न ४० जना होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुले सहभागी भएको संघका महासचिव अर्जुन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?