ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

राजनीतिक आडमा लुटको साम्राज्य चलाउँदै क्याम्प प्रमुख

८ असार २०८१, शनिबार
८ असार २०८१, शनिबार

सिरहा । सिरहाको गोलवजारस्थित रामप्रसाद रामप्रताप तामाङ जनता बहुमुखि क्याम्पसका प्रमुख किशोर कुमार साहले करोडौं रकम घोटाला गरको तथ्य वाहिरीएको छ। क्याम्पसका प्रमुख साहले संचालक समितिलाई राजनितिक र आर्थिक प्रभावमा पारेर रकम हिनामिना गरेको रहस्य बाहिरीएको हो।

उनले क्याम्पसकै केही प्रध्यापकलाई समेत प्रभावित बनाएर एक दशक देखि आफ्नो लुटको सामराज्य एकक्षत्र चलाई रहेका छन्। उनले एक जना विद्यार्थी सँग मात्र क्याम्पससभाले तोके भन्दा वार्षिक चार हजार पाँच सय देखि ६ हजार पाँचसय सम्म बढी रकम लिने गरेका छन। यसैगरी एकजना विद्यार्थीको रकम हेर्दा सामान्य जस्तो देखिए पनि विद्यार्थी सङ्ख्यामा यसलाई गुनण गर्नेहो भने यसको परीणाम करोडौंमा हुन जान्छ।

क्याम्पसले बैशाख २२ गते क्याम्पस सभामा सार्वजनिक गरेको ‘वर्षिक प्रतिवेदन २०८०’ मा गत आर्थिक वर्ष २०७९÷०८० भन्दा अघिसम्म विभिन्न शिर्षकमा प्रति विद्यार्थी ११ हजार पाँच सय ५० रुपैयाँ लिने उल्लेख छ। सोही अवधिमा विद्यार्थी सँग भने उनले १६ देखि १८ हजारसम्म लिने गरेको पाइएको हो।

क्याम्पसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७९÷०८० मा एक हजार चार सय ७५ जना  विद्यार्थीको नामाङ्कन भएको छ। विद्यार्थी संख्या र उनले असुली गरेको बढी रकमको मात्र सोझो हिसाव गर्ने हो भनेपनि एक वर्षमा मात्रै करिव ६६ लाख देखि  ९६ लाख रुपैयाँ गोलमाल गरेको पुष्टि हुन्छ।

त्यसैगरी, आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार तीन सय जना विद्यार्थीको नामाङ्कन भएको छ। यसवर्ष पनि क्याम्पस प्रमुख साहले करिव ५९ देखि ८५ लाख रुपैयाँको हिसाव गोलमाल गरेको छ।

यसरी उनले विद्यार्थीसँग लिएको बढी रकमको हिसाव कतै देखाएको छैन। २०८०÷०८१ बाटमात्र उनले प्रति विद्यार्थी विभिन्न शिर्षकमा वार्षिक रुपमा २० हजार रुपैयाँ लिने निर्णय गरेको छ। तर, विद्यार्थीसँग सो भन्दाबढी रकम असुल गरेको विद्यार्थीहरुको आरोप छ।

यसरी क्याम्पस प्रमुख साहले आफनो कार्यकालमा सात करोडभन्दा बढी रकम झ्वाम पारेको देखिन्छ। सर्वसाधारणले पनि नाङ्गो आँखाले देख्नेगरी क्याम्पस प्रमुख साहले करोडौं रकम गोलमाल गरेको र जुन विद्यार्थीसँग असुल गरेर क्याम्पसको कुनै हिसावमा उल्लेख नै गरेको छैन।

थेशिस लेखीदिने नाममा एक दशकमा करिव २ करोड भन्दाबढीको घोटाला

क्याम्पस प्रमुख किशोर साहले स्नाकोत्तरका विद्यार्थीहरुसंग थेशिस लेखीदिने भन्दै आफनो कार्यकालमा करिव २ करोड भन्दा बढी रकम घोटाला गरेको पाइकोएको छ । उनले स्नातकोत्तरका विद्यार्थीसँग थेशिसबापत पनि ठूलो रकम हिनामिना गरेको पाइएको हो।

क्याम्पस प्रमुख साहले प्रति विद्यार्थी ३० देखि ५० हजारसम्म असुल्ने गरेको विद्यार्थीहरु नै बताउँछन्। क्याम्पसले सार्वजनिक गरेको विद्यार्थीसंख्याको आधारमा तीन वर्षको अवधिमामात्र दुई सय ३४ जना विद्यार्थीले स्नातकोत्तर गरेको देखिन्छ। समग्रमा प्रति विद्यार्थी ३५ हजारका दरले उनले दिएको प्रतिवेदानको आधारमा मात्र तिन वर्षका हिसाव जोड्दा पनि ८१ लाख रकम असुलि गरेको देखिन्छ।

यसले विद्यार्थीहरुले आर्थिक मार त वेहोर्नु परेको छ नै उनीहरुको शिर्जनशिलता, विषय खोेजी गर्ने शिपको क्षय तथा विषय विज्ञताको विकासमा पनि कमी हुने जानकारहरु बताउँछन्। थेशिस विद्यार्थीले आफ्नो विषय विज्ञताको लागि गर्ने शोध हो तर यहाँ क्याम्पस प्रमुखले पैसाको लोभमा यसमा पनि विद्यार्थीलाई अडचन लगाउने गरेको तथ्य बाहिरीएको छ।

कुनै विद्यार्थी आफैले मेहनत गरेर थेशिस लेखेर ल्यायोभने पास नगरिदिने, विभिन्न बाहानामा अलमल्याउने, पैसा मागेर दुःखदिने गरेको विद्यार्थीको गुनासो छ। एक विद्यार्थीले आफैले तयार पारेको थेशिस क्याम्पस प्रमुख साहलाई पछिल्लो ९ महिनाको अवधिमा ४ पटक बुझाउँदा पनि नहेरिदिएको हामीसँग दुखेसो पोखे। ती विद्यार्थीले भने, ‘मैले क्याम्पस प्रमुख साहलाई ९ महिनाको अवधिमा ४ पटक थेशिस प्रिन्ट गरेर दिए। सोही अवधिमा उनले क्याम्पस प्रमुख साहको इसेवामा दुई पटक १५÷१५ का दुरले ३० हजार गरेर बुझाए। तर, अहिलेसम्म थेशिस हेरीदिएको छैन।

साहले विद्यार्थीसँग थेशिस वापत लिने गरेको रकमको हिसाव समेत वर्षिक प्रतिवेदनमा कहि कतै उल्लख छैन। यसले  यो सव रकम उनले हजम गरेको पुष्टि हुन्छ।

अन्य किनमेलामा पनि साहको एकलौटी प्रवृति रहेको छ। उनले क्याम्पसको नाममा विभिन्न सामान खरिदगर्दा सञ्चालक समितिलाई समेत पछिमात्र जानकारी हुने समितिका एक सदस्यले बताए। उनले भने, ‘हामीलाई केही सामान किन्दा कुनै जानकारी नै हुँदैन। किनेर ल्याईसकेपछिमात्र हामीले जानकारी पाउँछौं। खरिद प्रकृयापनि अपादर्शी छ।’

सवैभन्दा घतलाग्दो विषय हजारौं विद्यार्थीङ्ख्या, वार्षिक करौडौं कारोवार हुने यस क्याम्पसमा एकजना लेखापाल समेत छैन। एकजना पुस्तकालय हेर्न भनेर न्यूक्त भएका व्यक्तिले विद्यार्थीको रसिद काट्नेकाम गर्छ। बाँकी सवै हिसाव क्याम्पस प्रमुख साहले नै गर्ने भएकाले पनि यहाँ हिनामिना हुने गरेको संचालक समितिका सदस्यहरु नै बताउँछन्।

यस विषयमा क्याम्पस संचालक समितिका अध्यक्ष सूर्यमान लामासँग प्रतिकृया माग्दा उनले यस विषयलाई पुष्टिहुनेगरी क्याम्पस प्रमुख साहको केही कमजोरीहरु रहेको बताए। उनले भने, ‘क्याम्पस प्रमुख साहको केही कमजोरीहरु पनि छन्। तर, उहाँ राम्रो मान्छे हो।’

क्याम्पस प्रमुख साहसँग प्रतिकृया लिनखोज्दा उनले भेटेरै कुरा गर्रौं भन्ने। भेट्दा तपाईहरु मेरो विरुद्धमा लाग्नु नै भएको छ, जे मनलाग्छ त्यहि लेख्नुस् भन्दै ओठेजवाफ दिने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?