Butwal Today

महाराजगञ्ज–२ का वडाअध्यक्ष घुस प्रकरणमा दोषी ठहर

२४ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

बुटवल, २४ जेठ ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिलाई विशेषअदालतले एकध महिना कैद सजायँ र १५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले अलिलाई कैद सजार्य र जरिवानाको फैसला सुनाएको हो ।

अलिले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीबाट १५ हजार घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । निजविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा कैद सजाय र बिगो बमोजिम जरिवाना हुन माग दाबी लिई विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएकोमा अदालतले उक्त फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?