ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

होटल ब्यवसायीलाई फ्रन्ट अफिस ब्यवस्थापन तालिम

२१ जेष्ठ २०८१, सोमबार
२१ जेष्ठ २०८१, सोमबार

बुटवल, २१ जेठ । रुपन्देहीका होटल ब्यवसायीलाई फ्रन्ट अफिस ब्यवस्थापन तालिम दिईएको छ । पर्यटन उद्योगका रुपमा रहेका होटल ब्यवसायीहरुलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ तालिममा जोड दिईएको हो । ईन्स्योर परियोजना, रुपन्देही उद्योग संघ बुटवलको आर्थिक सहयोग, डाईनामिक टेक्निकल एजुकेशन एण्ड भोकेसनल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले आफना ब्यवसायीहरुलाई १६ दिने निशुल्क फ्रन्ट अफिस ब्यवस्थापन तालिम दिएको हो ।

एक समारोहका बिच तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले सीप र क्षमता विकासका सिकाई मानव जीवनभर चल्ने प्रक्रिया भएको बताए । ९६ घण्टाको तालिमबाट धेरै सिकाईसंगै एकआपसमा अनुभव साट्ने अवसर भएको भन्द उनले यसलाई आफनो पेशाब्यवसायमा उर्तान सुझाव दिए । ‘ग्राहकलाई स्वागत गर्ने एउटा कला हो ।’—उनले भने । ईन्स्योर परियोजनाको प्रदेशसंग सहकार्य गरेर १२ जिल्लाका उद्योगीहरुलाई लक्षित गरि तालिम दिदै आएको उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायमा फ्रन्ट अफिसरको भुमिकाबाटै ग्राहक सेवा लिने वा नलिने निर्णय गर्ने बताए । कोभिड संक्रमण र आर्थिक मन्दीबाट प्रभावित भएको वर्तमान अवस्थामा ब्यवस्थित र चुष्टदुरुष्ट गर्दै ब्यवसाय जोगाउने गरि संस्थागत पहल गरिरहेको उनले बताए । रुपन्देहीका होटल उद्योग र उद्योगीको क्षमता विकासको पाटोमा संस्थागत रुपमा भैरहेको उनले दाबी गरे । होटल ब्यवसाय संवेदनशिल पेशा बन्दै गएको उनले दाबी गर्दै ब्यवसाय बचाउने अभियानमा सबैको साथ जरुरी रहेको बताए । स्थानिय पालिका राजश्व धेरै उठाउने नाममा हताहतमा गरेको केही निर्णयप्रति आपत्ति ब्यक्त गर्दै उनले होर्डिङ बोर्डको सेवाशुल्क उठाउने निर्णय गलत भएको बताए । होटलमा पाच हजार ब्यवसायीहरु रुपन्देही जिल्लामा भएपनि केवल १२ सय संस्थामा आवद्ध रहेको भन्दै सकेसम्म करको दायरा बनाउनुपर्ने सुझाव दिए । आगामी दिनहरुमा बारिष्टा, बारटेन्डर, हाउस किपिङ, किचन ब्यवस्थापनका तालिमहरु दिने उनले प्रतिवद्घता जनाए । यसैगरि पर्यटन विकास परिषदको सहयोगमा साना तथा मझौला होटल ब्यवस्थापन तालिम समेत चलाउने तयारीमा रहेको उनले बताए ।
कार्यक्रममा संघका द्घितिय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, महासचिव अर्जुन थापा, सेन्टरका संचालिका सुमित्रा केसी, ईन्स्योरका तालिम संयोजक खिमानन्द रिजाल, सेन्टरका म्यानेजिङ डाईरेक्टर अरुणराज मैनालीले सिकाईको अभियान निरन्तर चल्ने प्रक्रिया भएको बताए । कार्यक्रममा प्रशिक्षार्थी टेकनारायण न्यौपानेले सिकाईको क्रममा फ्रन्ट अफिसबारे धेरै ज्ञान हासिल गरेको बताए । तालिममा २० जना सहभागी रहेका थिए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?