© 2026
नवलपुर,जेठ १७ । पूर्वी नवलपरासीकाे नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका १४ बेलटाडीँ घर भएका २८ वर्षीय सुनिल राना मगरको नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।
बुधवार नारायणी नदीमा माछा मार्न गएका मगर राति अबेर सम्म पनि घर नआए पछि खोजी गर्दा आज बिहान गैँडाकोट नगरपालिका १६ दोभानघाट स्थित नारायणी नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताए ।