ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
पर्यटन

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक, २५ % भारतीय

बुटवल र तिनाउ गाउंपालिकालाई साढे २२ लाख कर
१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

बुटवल,१६ जेठ । एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक बसन्तपुर डांडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाख बढी पर्यटकलाई भित्राएको छ । डेढ दशकअघिदेखि पहल गरिएपनि सार्थक हुन नसकेको बुटवलमा केबलकार सपना चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले नेतृत्व लिएपछि गतवर्ष जेठ १५ देखि सञ्चालनमा आएको थियो । बुटवलको गोलपार्क बमघाटमा तल्लो स्टेशन रहेको केबलकारको माथिल्लो स्टेशन पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुर डांडामा छ ।

स्थानीय समेतको लगानी साझेदारीमा कूल ५ अर्बको परियोजनामा केबलकारमा मात्रै डेढ अर्ब लगानी भएको कम्पनीले जनाएको छ ।
सञ्चालनमा आएको एक वर्षको अवधिमा भारतीय र तेस्रो मुलुकका समेत गरी दुई लाख १० हजार पर्यटक केबलकार चढेका कम्पनीका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए । केबलकार चढ्न आउने मध्ये २५ प्रतिशत संख्या भारतीय पर्यटकको रहेको घिमिरेले बताए ।

एक वर्षमा मूल्य अभिबृद्ध कर र स्थानीय कर समेत गरी १३ करोड ५० लाख रुपैयांको टिकट विक्रि भएको कम्पनीले जानकारी गराएको छ ।
केबलकारले २०८० जेठ १५ देखि बैशाख ३१ सम्म बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउंपालिकालाई प्रत्येक टिकट शुल्कको एक–एक प्रतिशतका दरले ११ लाख २८ हजार रुपैयांका दरले २२ लाख ५६ हजार रुपैयां स्थानीय कर वापत तिरेको छ ।

२.६ किलोमिटर दूरीको केबलकारको माथिल्लो स्टेशन समुन्द्री सतहबाट करिब १२ सय मिटर उचाईमा रहेको छ । बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको कलात्मक मन्दिर र सय वर्ष अघिदेखि पुजा हुंदै आएको स्थानीय दुर्गा मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशेष आकर्षण बनेको छ ।
अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिक प्रविधियुक्त मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए ।

‘सञ्चालनमा आएको एक वर्षमै आन्तरिक र भारतीय पर्यटकको आगमन उत्साहजनक छ’–अपरेसन म्यानेजर सैंजूले भने–‘तर सञ्चालन खर्च धान्न कम्तीमा दैनिक एक हजार पर्यटक चाहिन्छ,अहिले घाटामै चलेपनि भविष्य राम्रो होला भन्ने अपेक्षा छ ।’ भारतको उत्तर प्रदेश लगायतका प्रान्तबाट अलि ठूलो संख्यामा पर्यटक भित्राउन सरकारी तहबाट नीतिगत सुधार र पर्यटकीय पुर्वाधारको बजारिकरणमा सहयोग चाहिने अपरेसन म्यानेजर सैंजूले बताए ।

केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीप लाइन, स्काई साइक्लिङ,जियान्ट स्वीङ, किड्स जोन, लभ पोडियम,सेल्फी विङ, हरेक महिनाको १ गते सांझ सन्न्या आरती पर्यटकका लागि आकर्षण बनेका छन् । दुई वर्षभित्र एक सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पांचतारे होटेल बनाउने योजना छ ।
करिब सय जनालाई रोजगारी दिएको कम्पनीले पांच तारे होटेल सञ्चालनमा आउंदा थप ५ सय बढीलाई रोजगारी दिनसक्ने छ ।
केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले बताए ।

बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुंदा शीतल हुने र हिउंंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलो बनेको उनले बताए ।
केबलकार बनेसंगै बसन्तपुरलाई प्रदेश सरकारको पर्यटन विकास परिषदले प्रदेशको महत्वपूर्ण पर्यटकीइ स्थलको मान्यता दिंदै सूचिकृत गरेको परिषदका सदस्य सचिव रामु जोशीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?