ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त

भारतिय पर्यटक भित्राउन पर्यटकिय क्षेत्रको प्रचार र प्याकेज अभियान चलाउने पर्यटन ब्यवसायीको तयारी
४ जेष्ठ २०८१, शुक्रबार
४ जेष्ठ २०८१, शुक्रबार

बुटवल, ४ जेठ । भारतको पर्यटक भित्राउन रुपन्देही र पाल्पाका होटल ब्यवसायीहरुले पर्यटकिय स्थानको प्रचार र प्याकेजका योजना अघि बढाउने भएका छन । छिमेकी देश भारतको सानो जनसंख्या पर्यटकका रुपमा नेपाल भित्राउदा ठुलो आर्थिक चलायनमान हुने भन्दै यसका लागि यस क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रचार र प्याकेजलाई जोड दिने भएका हुन । २४ करोड १० लाख ६६ हजार ८ सय ७४ जनसंख्या रहेको भारतको उत्तरप्रदेशबाट एक प्रतिशत पर्यटक भित्राउन सके लुम्बिनी प्रदेशका पर्यटन ब्यवसायीलाई पर्याप्त हुने रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । ‘एक प्रतिशत भन्नु नै करीब २५ लाख पर्यटन हो ।’—उनले भने ।

रुपन्देही र पाल्पाका पर्यटकिय क्षेत्रलाई प्रचारप्रसार र बजारीकरण गर्दै भारतमा पुगेर पर्यटन प्रवद्र्धनलाई अघि बढाउने तयारीमा रहेको उनले बताए । तराई क्षेत्रको प्रचण्ड गर्मी छल्न केवल ४० किलोमिटरको दुरीमा हिल स्टेशनको पहिचान बनाएको पाल्पा क्षेत्रमा चिसो मौसममा पर्यटक भित्राउन सकिने रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए । चुरे पहाड, चिसो हावापानीका कारण पनि यो उत्कृष्ट गन्त्ब्य भएको भन्दै यस क्षेत्रमा रहेका रानीमहल, रानी झरना, अग्रेली दरबार (जुद्घ सम्शेर), ख्याको सेल्फि डाडा, श्रीनगर, जोरधाराभन्दा जन्तीलुङ, पाल्पा दरबार, सुरुङमार्गमा पर्यटक भुलाउन सकिने उनले बताए । यसैगरि नुवाकोटको कालभैरव, बसन्तपुरको कामाख्या मन्दिर, ऋषिकेश मन्दिर, भगवती मन्दिर, रम्भादेवि मन्दिर, सत्यवती, सिद्धबाबा र बन्द्रीनारायण मन्दिर लगायतका धेरै धार्मिक पर्यटकिय क्षेत्रहरु यहा रहेको उनले बताए ।

पाल्पा जिल्ला होटल तथा रेष्टुरेन्ट संघसंग छलफल तथा रुपन्देही जिल्ला संघको दोस्रो नियमित बैठकबाट पर्यटन प्रवद्र्धनमा ब्यवसायीहरु बिच सहकार्यसहित अघि बढ्ने निर्णयहरु भएको महासचिव अर्जुन थापाले बताए । संस्थाबाट सदस्यहरुको विकासका लागि विभिन्न सीपमुलक तालिम निरन्तर चलाउने उनले बताए । यहा रहेको विभिन्न संघसंस्थाहरुको सहयोगमा बारिष्ठा, पुर्नताजगी तालिम, फ्रन्ट अफिस ब्यवस्थापन लगायतका सीपमुलक तालिम गरिने उनले बताए । यसैगरि स्मारिका प्रकाशन, नन्दिनी गौशालामा सहयोग, सफटवेयर तथा वेभसाईडलाई ब्यवस्थापन गर्ने उनले बताए । यसैगरि रुपन्देही भित्रका पर्यटन क्षेत्र झल्काउने गरि प्रत्येक ब्यवसायीको काउन्टरमा बोर्ड तथा सेल्फि जोन राख्न अनुरोध गरिने उनले बताए ।

कार्यक्रममा पाल्पा होटल तथा रेष्टुरेन्ट संघका अध्यक्ष लक्ष्मण बश्यालले पर्यटन उद्योग नै देशको आर्थिक समृद्धिको आधार भएको भन्दै यसका लागि सरकारबाट पर्यटनमैत्री नीति ल्याउनुपर्ने बताए । नीजि क्षेत्रबाट ठुलो लगानी भएको पर्यटन क्षेत्रलाई अब सरकारको साथ जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्घितिय उपाध्यक्ष प्रेम प्रसाद भट्टराई, पाल्पा जिल्लाका संस्थापक अध्यक्ष मोहन श्रेष्ठले नेपालसंग सिमा जोडिएको भारतको उत्तर प्रदेशका पर्यटक भित्राउने गरि पर्यटन प्रर्वद्धनका कार्यक्रमलाई जोड दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?