ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

युवा पलायन रोक्न पर्यटन उद्योग उपयुक्त विकल्प

दुई जनाको ब्यवसायीको एक करोड लगानीमा कालिकानगरमा खुल्यो होटल द प्राणगढ
२४ बैशाख २०८१, सोमबार
२४ बैशाख २०८१, सोमबार

बुटवल, २४ बैशाख । युवा पलायनको वर्तमान अवस्थालाई रोक्न पर्यटन उद्योग उपयुक्त बिकल्प भएको एक कार्यक्रममा बोल्न बक्ताहरुले दाबी गरेका छन । पर्यटनमा अघि बढेका युवाहरुलाई प्रोत्साहन हुने गरि सरकारबाट नीतिगत रुपमा योजना ल्याउन समेत उनीहरुले सुझाव दिएका छन । बुटवल कालिकानगरमा करीब १ करोड रुपैया लगानीमा होटल द प्राणगढ शुभारम्भ कार्यक्रमको एक समारोहका बिच रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले उद्घाटन गर्दै युवा पलायनलाई रोक्ने विकल्प पर्यटन उद्योग भएको दाबी गरे । युवाहरुलाई स्वरोजगार पेशामा जोड्ने सरकारबाट नीतिगत रुपमा योजना ल्याउनुपर्ने सुझाव दिए । ब्यवसाय थला पर्नुमा घरभाडाको मार, बैकको ब्याजदरसंगै प्रदेश राजधानीसमेत सर्नु प्रमुख कारण भएको उनले दाबी गरे। शान्तिसुरक्षा मुख्य चुनौती देखिएको उनले बताए । पर्यटन प्रवर्द्धनका लागि संघ संस्थागत रुपमा पहल गर्दै आएको दाबी उनले गरे । बुटवल बजारलाई चलायमान बनाउन रात्रीकालिन ब्यवसाय आवश्यकता भएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले प्राकृतिक रुपमा नेपाल धनी देशभएको भन्दै यसलाई पर्यटन र उद्योगमा जोड्न जरुरी रहेको बताए । राजनितिक नेतृत्वप्रति आम नागरिकको वितृष्णा बढ्दै गएको भन्दै अब आफैबाट ससाना विकासमा लाग्नुपर्ने सुझाव दिए । होटल, रेष्टुरेन्ट ब्यवसायीहरु अब आफ्नो क्षेत्रका पर्यटकिय गन्तव्यबारे चिनाउने गरि अभियान थाल्नुपर्ने उनले बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले युवा पलायनको वर्तमान विकराल अवस्थामा अनुभवी दुई जना पर्यटनबाट स्वदेशमा काम गर्ने गरि लगानी गरिनु सकारात्मक भएको बताए । कालिकानगर होटल ब्यवसाय विकासमा अगाडि रहेको उनले बताए ।
कार्यक्रममा संघका महासचिव अर्जुन भुषालले देशको आर्थिक अवस्था सुधारतर्फ गैरहेको भन्दै पर्यटनबाट आर्थिक समृद्धिको नारासहित आफुहरु निरन्तर अगुवाई गरेको बताए । कालिकापथ, अमरपथ र ट्राफिक चोक क्षेत्रलाई रात्रीकालिन ब्यवसाय संचालन गर्ने पहलका लागि अघि बढाएको उनले बताए ।

बुटवलमा होटलमा दुई दशक अनुभव बटुलेका कृष्ण भुषाल र ब्यवस्थापनमा अनुभवी ऋषिराम पोखरेलले बुटवलमा नया होटल संचालनमा ल्याएका छन । ईन्डौर कटेज, देउराली होटल , होटल बेकन चलाएका भुषाल र बैकमा अनुभवि पोखरेलले करीब १ करोड रुपैया लगानीमा कालिकानगरमा सुविधासम्पन्न होटल द प्राणगढ संचालनमा ल्याएका छन ।

होटलका संचालक कृष्ण भुषालले आवासिय र खानाका परिकारसहितको सेवा दिईने बताए । करीब १ कठ्ठा १ धुर जग्गामा निर्माण गरिएको चार तल्ला भवनमा लिजमा संचालनमा रहेको होटलमा सुविधासम्पन्न १६ वटा कोठाहरु छन । सय जना क्षमताको बार र रेष्टुरेन्ट तथा ७० जना क्षमताको सेमिनार हल अण्डरग्राउण्ड रहेको छ । ब्यवस्थित पार्किङ समेत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?