ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा

९ बैशाख २०८१, आइतबार
९ बैशाख २०८१, आइतबार

धनगढी , ९ वैशाख । सुदुरपश्चिम प्रदेश सरकार गठनको विषयलाई लिएर फेरि लफडा शुरु भएको छ । मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडोरीलाई नियुक्त गर्ने निर्णयविरुद्ध सर्वोच्च अदादलतमा रिट निवेदन परेको छ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले आफ्नो दाबीलाई प्रदेश प्रमुखले अस्वीकार गरेर वैशाख ४ गते पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न गरेको आह्वान र त्यसका आधारमा मुख्यमन्त्री नियुक्त भएका सोडारीलाई पदमुक्त गर्न माग गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। लक्ष्मणकिशोर रेशम चौधरी पक्षका हुन् ।

सत्ता गठबन्धनमा खटपट भएपछि सुरुमा मुख्यमन्त्रीमा नाउपका रेशम पक्षले लक्ष्मणकिशोरलाई नेपाली कांग्रेस र एकीकृत समाजवादीले प्रस्ताव गरेका थिए भने नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

नाउपाबाटै दुई जनाको दाबी परेको र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपछि निर्देशनअनुसार नजिर मियाँले ४ गते पुनः दाबी पेश गर्न सूचना निकालेका थिए। वैशाख ६ गते एमाले, माओवादी, नाउपाकै दुई सांसदको समर्थनमा समाजवादी सोडारीले दाबी पेश गरेर मुख्यमन्त्री भएका थिए। आफूलाई अस्वीकार गर्ने निर्णय अवैधानिक भएको लक्ष्मणको दाबी छ।

उनले आइतबार सर्वोच्चमा दर्ता गरेको रिट निवेदनमा भनेका छन्, संविधानको धारा १६८ दुई वमोजिम मुख्यमन्त्री पदमा नियुक्त हुन पाउन रितपुर्वक म निवेदकको दावी पेश भएकोमा तदअनुरुप नगरी सोको संवैधानिक हैसियत र अवस्थामा मौनधारण गरी मिति २०८०ः०१ः०६ वेलुमा ५ः०० बजे भित्र मुख्यमन्त्रीका लागी दावी पेश गर्न आदान गरी विपक्षीहरुले प्रकाशित गरेको विज्ञप्ती सुचना सो वमोजिम गरिएको मुख्यमन्त्री पदको नियुक्ति आधारित निर्णय, कामकार्वाही, सम्पुर्ण प्रक्रिया नै नेपालको संविधानको धारा १६८ दुई को विपरित वदनियत पुर्ण र दोहोरो प्रयोग एवं अधिकार क्षेत्रको अतिक्रमणको विषय हुदा ए को धारा ४६, १३३ को २ र ३ वमोजिम उत्प्रेषणको आदेश द्वारा बदर गरी प्रस्तुत भएको दाबी पत्र अनुसार म निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्ति दिई सपथ ग्रहण गराउनु भनी विपक्षीहरुको नाउमा परमादेश लगाएत अन्य उपयुक्त आज्ञा आदेश पुर्जि लगायत जो चाहिने आज्ञाप्ति जारी गरी सुपथ न्याय पाऊँ ।’

गठबन्धनबाट सोडारी मुख्यमन्त्री बने पनि सरकार विस्तार गर्न सकेका छैनन्। नेकपा एमालेले सोडारीको नेतृत्व अस्वीकार गर्दै सरकारमा मन्त्री नपठाउने भूमिका खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?