ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

यातायात मजदूर र व्यवसायीका लागि के गर्छ भलाई कोष ? (भिडियो अन्तर्वार्ता)

२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

बुटवल, २७ चैत ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोषले आफ्नो स्थापनाको ५० वर्ष पार गरेको छ । ५० वर्ष पूरा भएको अवसरमा कोषले आफ्नो स्वर्ण महोत्सव ३ दिवसीय कार्यक्रमसहित मनाउन लागेको छ ।

२०३१ सालमा स्थापना भएको भलाई कोष अहिले देशैभर शाखा सञ्जाल बिस्तार गर्न सफल भएको छ । “मुलुकका ७ वटा प्रदेश मध्ये सुदूरपश्चिमबाहेक अन्य ६ वटै प्रदेशमा भलाई कोषका शाखा स्थापना भएका छन्, ती शाखाहरुले यातायात व्यवसायी र मजदूरको हितमा काम गर्दै आएका छन्”–कोषका अध्यक्ष दिनेश फुल्लेलले भने ।

सिद्धार्थ यातायात मजदुर भलाई कोषको नाममा स्थापित संस्थामा स्थापना कालमा १ जना कर्मचारी, २ शाखा, वार्षिक बजेट करिब ८–९ हजार थियो । हालसम्म आइपुग्दा ६ प्रदेशका २६ स्थानमा शाखा स्थापना भएको र प्रधान कार्यालयमा समेत गरी ६४ जना कर्मचारीले दैनिकी कार्यसम्पादन गरिरहेको उनले बताए ।

भलाई कोषले २०५५ सालमा २५ वर्ष पुगेको उपलक्ष्यमा रजतजयन्ती मनाएको थियो । कोषले दुर्घटनामा परी अंगभंग भएका यातायात मजदुरहरुलाई मासिक .२२ सय रुपियाँ पेन्सनको व्यवस्था गरेको छ भने उमेरको हदबन्दी पुगेका सवारी चालकको अनुमतिपत्र नवीकरण नभएका, परिचयपत्र मासिक नविकरण गरिरहेका सवारी चालकलाई एकमुष्ट ५ हजार रुपियाँ दिई सम्मान गर्दै आएको छ । यातायात मजदुरका छोरा छोरीलाई पठन–पाठनको लागि छात्रवृत्तिको व्यवस्था गरिंदै आएको अध्यक्ष फुल्लेलले बताए । यातायात मजदुरको मृत्यु भएमा एकमुष्ट आर्थिक सहयोग गरिंदै आएको र परिचय पत्र नविकरण भएका साधारण सदस्यहरुलाई सामान्य औषधि उपचार वापत ४ हजार रुपियाँ र अप्रेशन गर्नुपर्ने भएमा थप ८ हजार रुपियाँ दिने व्यवस्था गरिएको छ । कोषले एकवर्ष नियमित कोष शुल्क बुझाएका सवारी धनीको २ लाख रुपियाँसम्मको दुर्घटना बीमा गरिएको छ । भलाई कोषले बिमा कम्पनीसँग सम्झौता गरी दुर्घटनापछिको आर्थिक क्षति व्यहोर्दै आइरहेको छ । “हामीले सवारी दुर्घटना न्युनीकरण गर्न ट्राफिकसंग हातेमालो गरेर दुर्घटना न्यूनिकरण प्रशिक्षण पनि गर्दै आएका छौं”–उनले भन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?