ट्रेंडिंग:

>> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै

होटल पौवाले मनायो आठौॅ वार्षिकोत्सव

२५ चैत्र २०८०, आइतबार
२५ चैत्र २०८०, आइतबार

बुटवल ।

नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो ।

होटल पौवाको काठमाडौं शाखाले शंखमुल स्थित गुरुकुल आश्रममा आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने होटल पौवा भैरहवा र बुटवलले पौवा परिषरमै बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा होटलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरुको सहभागीतामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिए । रक्त सञ्चार सेवा केन्द बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको खरेलले बताए । स्थापना दिवसको अवसरमा भैरहवा शाखाले पनि वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० जना बढीले रक्तदान गरेका छन् ।

त्यसैगरि पौवाको तानसेन शाखाले सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन पाल्पामा रहेका आश्रितहरुलाई खाना खुवाएको छ भने दाङको घोराहीशाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेक जेष्ठ नागरिकहरुलाई खाना खुवाई खुसी साटासाट गरेको छ । होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उता पर्यटकीय राजधानी पोखरामा साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको पौवाले स्थानीबासीलाई निशुल्क मधुमेह ,उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रक्त परिक्षीण तथा स्वास्थ्य परामर्श शिविर संचालन गरेको छ । बुटवलको केन सेन्टरसँगको सहकार्यमा भालुवाङमा स्वास्थ्य परामर्श शिविर संचालन गरिएको पौवाको भालुवाङ शाखाका प्रबन्ध श्याम न्यौपानेले बताए ।

यस्तै पौवाको लमही शाखाले नगर सरसफाई, गुल्मीको रेसुङ्गा शाखाले मन्दिर परिषरको सरसफाई कार्यक्रम तथा गुल्मी अस्पतालमा बिरामीलाई फलफुल बितरण कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । धनगढी पौवाले नगर तथा शिवपुरि धाम मन्दिर सरसफाई तथा गोरुसिङ्हे शाखाले स्थानीय नगर सरसफाई तथा कर्णाली प्रदेशको जुम्ला शाखाले चन्दननाथ नगरपालिका जुम्ला वाड नम्बर ५ मा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल वितरण गरेर वार्षिकोत्सव मनाएको छ ।

‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मुल नाराका साथ होटल व्यवसाय सुरु गरेको पौवाका नेपालका बिभिन्न शहरहरुमा १२ वटा शाखा संचालनमा रहेका छन् भने नेपालगन्जमा ५ तारे होटल निर्माणको काम धमाधम भइरहेको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १, गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा संचालनमा रहेको पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए । गौतमका अनुसार शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?