Butwal Today

रुपन्देही होटल ब्यवसायीहरु सडकमा

कोभिड १९ को असर, विश्वब्यापी आर्थिक मन्दी, प्रदेश राजधानी स्थानान्तरण, दिनानुदिन बैकको ब्याजदर बृद्धि, चर्को घरभाडाको बिरोध
१७ चैत्र २०८०, शनिबार
अ+
अ-

बुटवल, १७ चैत । रुपन्देहीका होटल ब्यवसायीहरुले शनिबार बुटवलमा दबाबमुलक बिरोध रयाली गरेका छन । देशमा कोभिड १९ को असर, विश्वब्यापी आर्थिक मन्दी, प्रदेश राजधानी स्थानान्तरण, दिनानुदिन बैकको ब्याजदर बृद्धि, चर्को घरभाडा, गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालन लगायतको ब्यवस्थापनको लागि सरकारलाई दबाब दिने उदेश्यका साथ बुटवलमा रयाली गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, मिष्ठान तथा क्याटरिङ संघ रुपन्देही जिल्लाका सचिव केशव कंडेल, संघका महासचिव अर्जुन थापाले बिरोध कार्यक्रम वर्तमान समयको माग भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी रुपन्देही जिल्ला, घरबहाल सरोकार संघ, मानव अधिकार तथा शान्ति समाज रुपन्देही, मिष्ठान तथा क्याटरिङ संघ रुपन्देही जिल्ला लगायत संस्थाहरु, आम नागरिक, उद्योगी, ब्यवसायीलाई आआफनो ब्यानरसहित बिरोध सभामा सहभागी भएको कार्यक्रम संयोजक तथा सहसचिव अर्जुन पोखरेलले बताए ।