Butwal Today

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन उडान शुरु

५ चैत्र २०८०, सोमबार
अ+
अ-

गुल्मी,५ चैत ।   गुल्मीको रेसुङ्गा विमानस्थलबाट सोमबारदेखि हप्ताको तीन वटा उडान शुरु भएको छ । यसअघि हप्तामा बुधवार र शुक्रवार गरी दुई वटा उडान गर्दै आएको नेपाल एअरलाइन्सले थप एउटा उडान भर्न शुरु गरेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

यात्रुको चाप बढेपछि नेपाल एअरलाइन्ससँग समन्वय गरी हप्तामा तीन वटा उडान शुरु गरेको रेसुङ्गा नगरपालिकाका मेयर खिल्धवज पन्थीले बताए । यात्रुको चापका आधारमा आउँदा दिनमा उडान थप गर्नका लागि पहल गर्ने मेयर पन्थीको भनाइ छ ।

गुल्मीमा धुले उडान भएको चार वर्षपछि मात्र व्यावसायिक उडान शुरु भएको हो ।