ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

फुलबारीमा कुडुले घर

१७ फाल्गुन २०८०, बिहीबार
१७ फाल्गुन २०८०, बिहीबार

बुटवल, १७ फागुन । बुटवलको रमणिय पर्यटकिय स्थल मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फुलबारी) मा कुडुले घर निमार्ण गरिने भएको छ । पहाडी क्षेत्रको परम्परागत संस्कृति झल्काउने गरि उद्यानको पश्चिम क्षेत्रमा कुडुले घर निमार्ण गरिने भएको हो ।

बिहिबार एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विधिवत पुजा गरि कुडुले घरको शिलान्यास गर्दै जितगढी, फुलबारी र नुवाकोटलाई एकीकृत विकासको योजना बनाएर अघि बढाएको बताए । अहिलेको प्राथमिकतामा युद्ध संग्राहलय, सेन बंशिय ग्रिष्मकालिन दरबार, जितगढीको संरक्षणलाई अगाडी बढाएको उनले बताए । बुटवलको समग्र पहिचान वडा नं १ र २ मा रहेको भन्दै यहाका पुरातत्विक महत्वका क्षेत्रलाई पुरातत्व विभागसंग समन्वय गरि निमार्णलाई अगाडी बढाउने बताए । जितगढी किनारमा तिनाउ नदीमा सन्ध्याकालिन आरती, जितगढीदेखी नुवाकोटसम्म पैतल मार्गका साथै बाटामा कुडुले घरहरु निमार्ण बन्न सके यहाको पर्यटन क्षेत्रलाई फाईदा मिल्ने उनले बताए । यसगरि फुलबारीमा अक्षरधाम निर्माण गर्ने अवधारणा अर्को महत्वपूर्ण पाटो भएको भन्दै उनले विश्वका धेरै धार्मिक पर्यटक जो मुक्तिनाथ धाम यात्रा गर्छन उनिहरुलाई यहा घुमाउन सकिने सम्भावना रहेको उनले बताए ।

कार्यक्रममा उद्यानका अध्यक्ष माधव नेपालले फुलबारीलाई सौन्दर्यिकरणको कामलाई दीर्घकालिन योजनासहित अघि बढाएको बताए । फुलबारी सेन वंशिय राजाहरुको राज्य गरेको दरबारलाई स्वरुप दिने गरि पुरातत्व विभागसंग समन्वय अघि बढाएको उनले बताए । यसैगरि उत्तर पश्चिममा रिचार्ज पोखरीसंगै स्विमिङ पुल निर्माण गरि गर्मिको मौसममा पर्यटकलाई रमणिय स्थल बनाउन थालिएको उनले बताए । यसैगरि पाकापुस्तालाई लक्षित गरि फुलबारीमा सन्चोबिसन्चो केन्द्र निर्माण हुन थालेको उनले बताए । घरमा समयबिताउन कठिनाई भएका वृद्ध वृद्धाहरुलाई लक्षित गरि भुलाउने स्थलका रुपमा भजनकिर्तन र एकआपसमा सम्बाद गराउने थलो बनाउन लागेको उनले बताए । ‘सबै उमेर र समुहलाई रमणिय थलो बनाउने योजना छ ।’—उनले भने ।

नगरपालिकाबाट १४ लाख रुपैया बजेट बिनियोजन र उद्यानबाट थप गरि १९ लाख रुपैया लागतमा पहिले एउटा घर निर्माण गरिने उद्यानका महासचिव युवराज घिमिरेले बताए ।

यसैगरि फुलबारी परिसरमा रहेको ऐतिहासिक, धार्मिक शिव मन्दिर पुननिमार्ण अन्तिम चरणमा पुगेको मणिमुकुन्द सेन उद्यानका सिईओ अनन्त सिलवाल, सिइओले बताए । विहिबार मन्दिरको औपचारिक पुजाआजा गरि गजुर प्रतिस्थापन समेत गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?