ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘उजिरसिंह बडिबिल्डिङ प्रतियोगितामार्फत खेल पर्यटन प्रवद्र्धन गर्दैछौ’

बुटवलमा शनिबार दोस्रो उजिरसिह रुपन्देही जिल्लास्तरीय शारीरिक सुगठन तथा  प्रथम मेन्स एण्ड वुमन्स फिजिक्स च्याम्पियनसिप २०८० हुँदैछ । बुटवल उपमहानगरपालिकाको सहयोग र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा बुटवल उद्योग वाणिज्य संघको सभा हलमा हुने प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिताको बारेमा संघका अध्यक्ष राजकुमार श्रेष्ठसंग न्युज बुटवल टुडेका उपसम्पादक स्वस्तिक श्रेष्ठले गरेको कुराकानीको अंश । 
११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार
प्रतियोगिताको तयारी कस्तो छ ?
–२०६४ सालदेखि नियमित रुपमा दशौ संस्करणको प्रतियोगिताको अनुभवको आधारमा यो दोस्रो कर्णेल उजिरसिह शारीरिक सुगठन प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ ।
खासमा भन्नुपर्दा बुटवलको गौरवको रुपमा जितगढी किल्ला रहेको छ । अंग्रेज सेनालाई पराजित गरेको यो स्थानको सामरिक महत्व छ । यसमा कर्णेल उजिरसिह थापाको बिरता जोडिएको छ । उनैको नामबाट आयोजना हुने यो प्रतियोगिताको ठूलो महत्व रहेको छ । केवल यो प्रतियोगितामात्र नभई यसले जितगढी र उजिरसिह थापालाई चिनाउन मद्दत मिल्ने छ ।
हामीले उजिरसिहका आफन्त कर्णेल नहकुल थापालाइ निम्तो गरेका थियौ तर काम ब्यस्तताले उहाँ नआउने हुनुभएको छ । हामीले बिहान सबै खेलाडीहरुलाई जितगढी किल्लामा लगेर उजिरसिह माविका विद्यार्थीबाट जितगढी र कर्णेल उजिरसिह थापाबारे जानकारी गराउँछौ । प्रतियोगितामा प्रतापकाजी बरिया मुख्य निर्णायक रहने गरी पोखराका २ जना र काठमाडौ २ जना र रुपन्देही ४ जना गरी कुल ८ जना रहने छन । तौल समूहका खेलाडीहरुलाई बढीमास, मसल्स डेफिनेसन, शारीरिक बनावट, प्रस्तुती प्रिपोज सबै आधारमा उत्कृष्ट छानिएका छन् ।
प्रतियोगिता आयोजनाको मुल उद्देश्य के हो ?
–वास्तवमा भन्नुपर्दा यो प्रतियोगिता जिल्लास्तरमा रहेका बडिबिल्डिङका पुरुष खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरी आयोजना हुँदै आएको छ । अझ कतिपय युवाहरुलाई खेलमार्फत दुब्र्यसनीबाट टाढा लग्ने मात्र नभई ब्यक्तिगत पहिचान गराउन सकिने सम्भावनालाई हामीले प्रमाणित गरेका छौ । यतिमात्र नहुने होईन । हामीले पछिल्लो समय महिलाहरु पनि यसमा निक्कै मेहनत गरेको पायौ । यसैले गर्दा यो पटक हामीले प्रदेशस्तरको महिला फिजिक्सको विधालाई जोडेका छौ । यसले यो खेलमा महिलाहरुलाई पनि थप प्रोत्साहन मिल्ने मानेका छौ । जसमा रुपन्देहीसहित नेपालगञ्ज, घोराही, नवलपरासीका खेलाडीहरु बुटवल आइसकेका छन् । प्रतियोगिता केवल खेलमात्र नभई खेलमार्फत पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्ने देखेका छौ । बाहिर जिल्लाहरुबाट आएका खेलाडीहरुले यहाको ठाउँहरु घुम्नेछन् भने यहाँ २ दिनको बसाईमा यहाँको पर्यटनमा आर्थिक लाभ दिने छ ।
प्रतियोगिताको खर्चको ब्यवस्थापन कसरी गर्नुभएको छ ?
–प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र, विधागत रुपमा ५५, ६०, ६५, ७० र ७० प्लस तौल समूहका विजेताले नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ, पुरुष फिजिक्समा ५, ३ र २ हजार रुपैयाँ, ट्रफि तथा वुमन्स फिजिक्स १०, ८ र ५ हजार रुपैयाँ, ट्रफी पुरस्कृत रहेको छ । यसैगरी ९ औ राष्ट्रिय प्रतियोगिताहरुको पदक विजेता ३ जना विजेन्द्र मान श्रेष्ठ, सुनिल आले र विष्णु निषाद र प्रशिक्षक केशव बहादुर शाक्यलाई समेत सम्मान गरिने छ । यसरी समग्रमा करिब साढे ४ लाख खर्च हुने अनुमान रहेको छ । जसमा स्थानीय पालिकाबाट २ लाख रुपैयाँ तथा संघमा आवद्ध १७ वटा जिम तथा फिटनेश सेन्टर, सहयोगदाताबाट समेत सहयोग मिलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?