ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कर्णाली उत्सव ‘कुडा कर्नालीका’ पाँचौ संस्करणः कर्णालीको संस्कृति झल्किने कार्यक्रम

४ फाल्गुन २०८०, शुक्रबार
४ फाल्गुन २०८०, शुक्रबार

सुर्खेत, ४ फागुन ।

कर्णालीप्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘कर्णाली उत्सव’ ‘कुडा कर्नालीका’ पाँचौं संस्करण शनिबारदेखि सुरु हुन लागेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा तीनदिनसम्म उक्त उत्सव संचालन हुन लागेको हो । उत्सवलाई विचारको उत्सवका रुपमा लिइने गरिएको छ । जसमा कर्णालीका विकास निर्माणका कुरादेखि सांस्कृतिक प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

शनिबार उत्सव सञ्चालन गर्दै आएको ऋति फाउन्डेसनका संयोजक कमललम्सालले उत्सवमा विभिन्न १६ वटा सत्र सञ्चालन गरिने जनाए ।

उनले कार्यक्रममा जोखिम र जुइन्याजुक्ति, कर्णाली धरोहर–मनोहर, लगानीको लगन, कर्णाली दृष्टि, कर्णाली क्याराभान, अपाङ्गता पहुँच र पौरख, हाम्मो काली, हाम्मै कर्नाली, अन्तरजातीय विवाह रहर र कहर, अजर्नी फ्रम न्यू जर्जी टु कर्णाली, लोकतन्त्र दलभित्र– देशभित्र, देश जान्या, समाज र संघर्ष, खस कुडा– खास कुडा सौँराई जिन्नगीको र विकास अन्या, विकास खान्या गरी १६ वटा सत्र रहने जानकारी दिए । जसमा ३ वटा पैकेलो, ४ वटा टिप्पणी र ३ वटा सांगीतिक साँझ राखिएका छन् ।

उत्सवमा कर्णालीका विभिन्न विषयवस्तुमा विषयविज्ञ, जिम्मेवार व्यक्तित्व, जनप्रतिनिधिहरुसँग खुल्ला छलफल, विभिन्न सफलताका कथा (पैकला), संस्कृती झल्काउने कार्यक्रमहरु, कर्णालीका पहिचानलगायतका विषयमा छलफल र प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

कर्णाली उत्सव फागुन ५, ६ र ७ गतेसम्म सञ्चालनमा रहने छ । सो उत्सवमा यस वर्ष ६३ वक्ता रहनेछन् भने १८ जना सहजकर्ता रहेका छन् । कर्णाली उत्सवलाई सञ्चालन गर्न ५०÷६० लाख खर्च लाग्ने अनुमान गरेको आयोजकले जनाएको छ । उत्सवको अवसरमा शनिवार बिहान साइकल ¥याली हुने जनाइएको छ । उक्तउत्सव उद्घाटन प्रदेश प्रमुख तिलक परियारले गर्ने छन् ।

यस वर्षको उत्सवमा भने अघिल्लो संस्करण भन्दा धेरै पाँचौ संस्करणमा देश विदेशबाट विशिष्ट व्यक्ति, साहित्यकार, लेखक, पत्रकार, कलाकारहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । पाँचौ संस्करणमा भने विपतको सवाललाई महत्वपूर्ण रुपमा समेटेको लम्सालको भनाई छ ।

कर्णाली उत्सवले कर्णालीको भाषा, साहित्य, संस्कृति र कलामा मात्र सिमित नभएर यहाँको सम्मृद्ध कर्णालीको सार्थक सपनाहरुको बारेमा बहस गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?