ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रामग्राममा संग्राहलय अलपत्र

२ फाल्गुन २०८०, बुधबार
२ फाल्गुन २०८०, बुधबार

नवलपरासी, २ फागुन । भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले निर्माण गर्न लागेको संग्राहलय अलपत्र परेको छ । विगत ३ बर्ष देखि प्रदेश सरकारले बजेट विनियोजन गर्न रोकेपछि सो संग्राहलय अलपत्र परेको हो ।
रामग्राम स्तुप क्षेत्रको विकासका लागि विगत देखि हालसम्म विभिन्न प्रयास भए पनि बीच बीचमा हुने विरोधभाष गतिविधिका कारण योजनाहरू अलपत्र पर्ने गरेको जस्को उदाहरण यो रामग्राम संग्राहलय पनि एक हो, नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, पहिला लुम्बिनी प्रदेशले सो क्षेत्रमा संग्राहलय बनाउने योजना ल्यायो, अहिले बजेट विनियोजन रोक्यो र योजना अलपत्र प¥यो । यो संघग्राहलयको निर्माण कार्य किन रोकियो ? भन्ने कुनै राजनीतिक दल,स्थानिय नेता तथा संघसस्थाले समेत चासो देखाएका छैनन्, उनले थपे, कम्तीमा यो संग्रालय निर्माण भएको भए रामग्राम स्तुपा क्षेत्र तथा जिल्ला भित्रका अन्य पुरातात्विक स्थलको उत्खननबाट भेटिने समाग्रि, साँस्कृतिक सम्पदालाई राख्न सकिन्यो । आउने पर्यटकलाई ति समाग्री हेर्न देख्न अवसर पाउथे । तर यसबारे जिल्लाकै सरोकारवालाहरू अनभिज्ञ देखिन्छन् ।

करोडौ लगानीको संग्रालय निर्माण योजना कम्पाउण्डवाल र बस्ने सुरक्षागार्डका कक्ष मात्रै निर्माण गरि त्यसै छाडिएको छ । लुम्बिनी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेल हुदा सो क्षेत्रमा संग्रालय निर्माण र पुलका लागि योजना राखिएको थियो । तत्कालिन भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको पहलमा महामाया मार्गको झरहीखोला पुल र संग्रालय निर्माणका योजना परेको थियो । पुलको निर्माण सम्पन्न भएको छ, उनले भने, अहिले पुल निर्माणले आउने पर्यटकलाई आउजाउ सहज भएको छ । तर अहिले संग्रालयको काम रोकिदा रामग्राम स्तुप क्षेत्रका विगत र हाल भएको उत्खननबाट प्राप्त समाग्रि समेत पुरातत्वको टोलीले पुरातत्व विभागमा लगेर थन्काएको छ । त्यसै गरि प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरमा पनि उत्खनन हुदाका धेरै समाग्रि पुरातत्व विभागकै टोलीले पुरातत्व विभागमा लगेको थियो ।

यस क्षेत्रमा अन्य स्थानमा पनि उत्खनन भएका छन्,कतिपय अवैध उत्खनन गर्दा पनि प्राचिन,ऐतिहासिक समाग्रि फेला पर्ने गरेको देखिन्छ,तर ति समाग्रि कहाँ राख्ने भन्ने समस्या छ । लुम्बिनी प्रदेश सरकारले रामग्राम स्तुपा देखी करिब ५ सय मिटर उत्तर तर्फ झण्डै डेढ विघा क्षेत्रफलमा संग्राहलय निर्माण गर्दा यहाँका स्थानियबासी उत्साही भएका थिए । तर अहिलेको लुम्बिनी प्रदेश सरकारले किन बजेट रोकेको हो ? त्यसको सोधखोज हुनु पर्ने अध्यक्ष सैथवारले बताए । तर यसप्रति सरोकारवालाको कुनै ध्यान पुगेको छैन्, नेपाली मिडिया हुल लागेको कार्यको अवरोध हुने गरि रिपोर्टिगँ गर्ने र किन काम भईरहेको छैन्,त्यसबारे चाँसो नराख्ने यो कस्तो प्रकारको मिडिया हो ? उनले पश्न गरेका थिए ।
हालै संघिय सरकार अन्तरगत रहने लुम्बिनी विकास कोषले रामग्राम विकास परियोजना तयार गरि झण्डै २५ अर्ब लगानी गरेर विकास योजना अगाडी सारेको थियो । तर नेपाली मिडियाको दुष्प्रचारबाजी कार्य,स्थानिय राजनीतिक दलका नेता लगायत संघसस्थाको विरोध हुदै संघिय संसदको लेखा समितिले सो योजनाका सम्पुर्ण प्रकृया रद्द गर्ने गरि गरेको निर्णयले सो विकास परियोजनाको कार्य पनि बन्द हुने देखियो । एकातिर विकास भएन भन्दै माग गर्ने र आर्को तिर विकास योजना आयो भन्ने विभिन्न बखेडा झिक्दै विरोध गर्ने ? दोह्य चरित्रले पनि रामग्रामको विकास ओझेल परेको भनाई अध्यक्ष सैथवारको थियो ।

रामग्राम स्तुप क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा रामग्रामको विकास परियोजनाबारे विभिन्न १२ वटा देशका प्रतिनिधि तथा बौद्धभिच्छुको उपस्थितीमा जानकारी गराइएको थियो । त्यसले संसार भरि यो रामग्राम स्तुपको महत्वलाई झल्काएको छ । अहिले बौद्धभिच्छु तथा पर्यटकहरू आउने क्रम बढेको छ । तर ति पर्यटकलाई देखाउने ढिस्को बाहेक अरू केही समाग्रि देखिदैन् । यहाँ आउने भिच्छु तथा पर्यटकलाई घामपानीले ओत पाउने खालका पुर्वाधान समेत नहुनु दुर्भाग्य भएको सैथवारले दर्साए । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो, त्यसको विकासका लागि लुम्बिनी विकास कोष गठन भयो, सो कोषले काम गर्दै लुम्बिन्ी क्षेत्रको विकास गर्यो । तर सन १८९८ मा पत्ता लागेको रामग्राम स्तुप क्षेत्रको विकासमा पटक पटह हुने विरोधाभाषले अहिलेसम्म चरन क्षेत्रको रूपमा रहेको छ ।

अहिले कोषका कोषाध्यक्ष ल्वारक्याल लामाले विदेशी दातृनिकायलाई आकर्षित गरि विकास गर्ने योजना बनाउदा संसदको लेखा समितिले विरोध गर्यो, तर बेला बेलामा रामग्राम विकास समिति वा विकास कोष गठन गरि विकास गर्नु पर्ने माग उठ्दा त्यस प्रति कहिलै ध्यान पुर्याएको देखिदैन् । लुम्बिनी विकास कोषले गलत काम गर्यो भन्ने जसरी लेखा समितिले काम रोकाएको छ,उनले भने,अब सोही लेखा समितिले स्थानियको माग अनुसार रामग्राम विकास कोष समेत गठन गरि काम गर्नु पर्ने निर्देशन किन दिन सक्दैन ? यसबारे यहाँका साँसदले संसदमा प्रश्न उठाउन सक्छन कि सक्दैनन ? हेर्न बाकी रहेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?