Butwal Today

अन्नपूर्ण होटेलको क्यासिनोबाट एक करोडसहित तीनजना पक्राउ

१९ माघ २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं,१९ माघ ।   अन्नपूर्ण होटलको क्यासिनोभित्रबाट झन्डै एक करोड रूपैयाँसहित तीनजना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ । उनीहरू अनलाइन जुवा खुलाउन संलग्न रहेको बताएपनि प्रहरीले थप खुलाएको छैन । यही प्रकरणमा अरु पनि पक्राउ पर्ने सक्ने भन्दै प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?