ट्रेंडिंग:

>> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा 

गण्डकीले थाल्यो दोस्रो पञ्चवर्षीय योजना निर्माणको तयारी

१४ माघ २०८०, आइतबार
१४ माघ २०८०, आइतबार

नवलपुर, १३ माघ ।

गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्ष भित्र प्रदेशलाई थप समुुन्नत र विकासशील प्रदेशका रुपमा अगाडि वढाउने उद्देश्यले दोश्रो पञ्चवर्षीय योजना तर्जुुमाका लागि प्रकृया थालनी गरेको छ ।

प्रदेशको विकासमा खेल्ने भूमिका र पाँच वर्ष सम्म प्रदेशले योजना निर्माण गर्दा दीर्घकालीन रुपमा प्रदेशका जनतालाई सेवा सुुविधासम्पन्न गराउने अभिप्रायका साथ गण्डकी प्रदेश नीति तथा योजना आयोगले पूर्वी नवलपरासीको हर्कपुुरमा दोश्रो पञ्चवर्षीय योजना तर्जुुमा कार्यक्रम गरी प्रदेशको विकासमा आगामी २०८६ सम्मका योजना तथा नीति निर्माणका लागि सुुझाव संकलन तथा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

गण्डकी प्रदेश सरकारले समावेशी सन्तुुलित र दिगो आर्थिक सामाजिक गन्तव्य पहिचान गरी पाँच वर्षमा गण्डकी सरकारले लागू गर्ने दीर्घकालीन योजनाहरुको सुुदृढिकरण गर्दै प्रदेशको विकास गर्ने नीति लिएको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले वताएका छन ।
गण्डकी सरकार नीति तथा योजना आयोगले २०८१ ।२०८६ को दोश्रो पँचवर्षीय योजनाको अवधारणपत्र सार्वजनिक गरी समृद्ध प्रदेश र सुुखी नागरिकको दीर्घकालीन सोच प्राप्तिका लागि नागरिकको विकास प्रतिको आकाँक्षालाई पूुरा गर्ने लक्ष्य राखेको उपाध्यक्ष देवकोटाको भनाई थियो ।

कार्यक्रममा प्रथम पञ्चवर्षीय योजनाको समीक्षा गर्दै उपाध्यक्ष देवकोटाले मुुलुुकको कुुल ग्राहस्थ उत्पादनमा गण्डकी प्रदशेको आठ दशमलव नौ प्रतिशत योगदान रहेको वताउँदै वाह्य तथा आन्तरिक संरचनागत समस्या समेतको कारण आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न चुुनौती देखिएको वताए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले पर्यटन पूर्वाधार विकास, सेवा सुुविधाको विस्तार, पर्यटकीय गतिविधि र लगानी आकर्षण गरी गण्डकी प्रदेशलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने प्रदेश सरकारको पहिलो लक्ष्य रहेकोमा जोड दिए ।

उनले पञ्चवर्षीय योजनमा कृषिलाई निर्वाहमुुखी परम्परागत खेती प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्दै तुुलनतात्मक लाभका उच्च प्रतिफलयुुक्त कृषि उपजको प्रवद्र्धन र व्यावसायिक कृषिमा आकर्षण सिर्जना गर्नुु अर्को मुुख्य लक्ष्य हुुने मुुख्यमन्त्री पाण्डेको भनाई थियो ।

आगामी पाँच वर्ष भित्र गण्डकी प्रदेशले आत्मनिर्भर र समुुन्नत प्रदेश सम्मानित प्रदेशवासी भन्ने मूुल मन्त्रलाई जोड दिंदै उत्पादकत्व, सामाजिक न्याय र समुुन्नती हासिल गर्ने लक्ष्य लिएको प्रदेशनीति तथा योजना आयोगका उपाध्यक्ष डा. देवकोटाले वताए ।

विकासको पूर्वाधारको सुुदृढिकरण पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नुु, मानव पूँजी, उत्थानशील विकास र आर्थिक क्रियाशीलता मार्फत समृद्धि हासिल गर्दै गण्डकी प्रदेशलाई अन्य प्रदेशको तुुलनामा सवै भन्दा अव्वल प्रदेशका रुपमा अगाडि वढाउने सोच र उद्देश्यका साथ योजनाको तर्जुुमा गरिने मुुख्यमन्त्री पाण्डेले वताए ।

प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रधवज जिसीले उत्पादन, व्यापार र निर्माण क्षेत्रको सवलीकरण गरी अर्थतन्त्रलाई गतिशिल वनाएर अघि बढ्ने सँकल्प प्रदेशले राखेको वताउँदै सवै तहको सरकार र शासकीय साझेदारको अन्तरसम्वन्धलाई सवलीकरण र सुदृढिकरण गरेर अघि नवढ्दासम्म प्रदेशको विकास सम्भव नभएको र यसलाई अविलम्व अघि वढाउनुु पर्नेमा जोड दिए ।

प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले अर्थतन्त्रको सुदृढिकरणका लागि तीनै तहको सरकारले आ–आफ्नो दायरा स्पष्ट पार्नुुपर्ने र त्यसका आधारमा मात्र नीति र कार्यक्रम आउनुुपर्नेमा जोड दिए ।

प्रदेशले पाँचवर्षको दीर्घकालीन योजना तथा नीति निर्माण गर्दा हरेक स्थानीय तहको अनिवार्य सहमति लिनुुपर्नेमा जिल्लाका पालिकाका नगर तथा गाउँपालिकाका प्रमुुख तथा अध्यक्षहरुले प्रदेशको गम्भीर ध्यानाकर्षण गराएका गैंडाकोट नगरपालिकाका नगरप्रमुुख मदनभक्त अधिकारीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?