ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

६ महिनामा गण्डकी सरकारको बजेट खर्च १० प्रतिशत

२९ पुष २०८०, आइतबार
२९ पुष २०८०, आइतबार

पोखरा ।

चालु आर्थिक वर्ष (२०८०÷८१) को ६ महिनामा गण्डकी प्रदेश सरकारको बजेट खर्च जम्मा १० प्रतिशत रहेको छ । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको तथ्यांक अनुसार ६ महिनाको अवधिमा न्यून अर्थात् १० प्रतिशत मात्र खर्च भएको देखिन्छ । गत आर्थिक वर्षको ६ महिनामा प्रदेश सरकारको पुँजीगत बजेट खर्च १४ प्रतिशत पुगेको थियो ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ल्याएको कुल बजेट ३३ अर्ब ४२ करोड ७२ लाखमध्ये पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार विनियोजन भएको थियो । विनियोजित पुँजीगत बजेटबाट ६ महिनाको अवधिमा २ अर्व ३ करोड १७ लाख ७६ हजार रकम मात्र खर्च गर्न सकेको छ ।

६ महिनाको अवधिमा ५० प्रतिशत पुँजीगत आर्थिक प्रगति हुनुपर्ने आर्थिक मामिला मन्त्रालयले जनाएको छ । गण्डकी सरकारले चालु आवमा ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको भए पनि बाँकी ६ महिनाको अवधिमा अपेक्षित उपलव्धि हाँसिल हुन्छ भन्ने आशंका पैदा भएको छ । आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले प्राथमिकता प्राप्त योजना छोडेर मन्त्रालयहरु सानातिना टुक्रे योजनामा व्यस्त रहदा अपेक्षा गरिएअनुसार बजेट खर्च हुन नसकेको बताए । ‘योजना तयारी अर्को कमजोरी हो’ सचिव रिजालले भने, ‘ठेक्का व्यवस्थापनको प्रक्रिया ढिला सुरु हुनु, कर्मचारीको फेरबदल, साना तिना निर्णयका फाइल पनि मन्त्रालय र मन्त्रिसमक्ष पुग्नु, आयोजना चक्रको अनुशरण नहुनु, परियोजना लागत अंक बजेट स्रोत भन्दा अत्याधिक बढी हुनु, स्थानीय र प्रदेश सरकारको समन्वय अभावका कारण प्रदेशको बजेट खर्च बढ्न सकेन ।’

प्रदेशकै कुल पुँजीगत बजेटको ५५ प्रतिशत हिस्सा ओगटेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ६ महिनाको अवधिमा जम्मा साढे ८ प्रतिशत मात्र आर्थिक प्रगति गरेको देखिन्छ । गत आवको यही अवधिमा भौतिक मन्त्रालयले १४ प्रतिशत भन्दा बढी आर्थिक प्रगति गरेको थियो । यसैगरी उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको विकास खर्च १९.४४ प्रतिशत छ । यस्तै, बजेटको ठूलो हिस्सा ओगटेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ४.७५ प्रतिशत खर्च गरेको छ । गत आवमा यस अवधिमा सामाजिक मन्त्रालयले ९ प्रतिशत भन्दा बढी बजेट खर्च गरेको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २.२३, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले १०.९५, आर्थिक मामिला मन्त्रालयले ३.६० र मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रतिशत पनि खर्च गर्न सकेन ।

एमाले सांसद पदमा जिसी श्रेष्ठले पर्याप्त छलफल नगरी आफूखुशी योजना ल्याएका कारण कार्यान्वयनमा समस्या भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?