ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

बुटवलको विकासमा नयाँ उचाईँ हासिल गर्नुपर्नेछ

२२ पुष २०८०, आइतबार
२२ पुष २०८०, आइतबार

नेपालको संविधानले व्यवस्था गरेअनुसार स्थानीय तहको २०७९ वैशाख ३० को दोश्रो निर्वाचनबाट निर्वाचित भएर हामीहरु बुटवलबासीको सेवामा छौं । संविधानले दिएको अधिकार र उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गर्दै जनताको सेवामा हामी खटिरहेका छौं । चाहे त्यो सेवाप्रवाहको पक्षमा होस्, या बुटवललाई आर्थिक, भौतिक र सामाजिक क्षेत्रमा अगुवा शहर बनाउने काममा होस्, हामी निरन्तर प्रयत्नरत रहेका छौं । यो शहरलाई आर्थिक केन्द्रका रुपमा मात्रै हैन, मानव संशाधनको दृष्टिबाट पनि उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने मुख्य शहरका रुपमा स्थापित गर्ने जिम्मेवारी हाम्रो काँधमा रहेको छ । नेपालकै सहज पहुँच भएको केन्द्रका रुपमा रहेको यो शहरलाई हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने र दक्षिण बेलहियादेखि उत्तरको कोरला नाकासम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको विश्रामस्थलका रुपमा स्थापित गर्नुपर्नेछ । त्यसका लागि हाम्रा सम्पदाहरुको प्रवद्र्धनका साथसाथै नयाँ पर्यटकीय स्थलहरुको विकास गर्ने कार्यभार हाम्रा सामु रहेको छ ।

निर्वाचित भएर यो अवधिसम्म आइपुग्दा हामीले थालनी गरेका कामले बुटवलको मुहार फेर्नेछ भन्ने हाम्रो विश्वास छ । हाम्रो मूख्य कार्यभार भनेको चालू आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्ने, चालु योजनाहरुलाई समयमै सम्पन्न गर्ने, बुटवलबासीलाई सुशासन र विकासको अनुभूति दिलाउनु हो । यसका साथसाथै बुटवललाई शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार, उद्यमलगायतलाई अरु धेरै अगाडि ल्याउनुपर्नेछ र बुटवललाई हरेक दृष्टिबाट अगुवा शहरका रुपमा स्थापित गर्नुपर्नेछ । त्यसका लागि केही योजनाहरु अघि सारेका छौं । संघ, प्रदेश र आन्तरिक श्रोतको अधिकतम परिचालन तथा दातृ निकायहरुबाट प्राप्त सहयोगको उच्चतम उपयोग गरी बुटवलको विकासमा नयाँ उचाईँ हासिल गर्नुपर्नेछ ।

बुटवलको विकास भनेको शहरीकरण मात्रै होइन । यहाँका सबै वडाहरुको समानुपातिक विकासका लागि हामीले योजनाहरु निर्माण गरी कार्यान्वयन गर्ने चरणमा पुगेका छौं । बुटवललाई देशकै अगुवा शहरका रुपमा स्थापित गर्नका लागि शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा अगाडि आउनुपर्छ । यी कुराहरुका लागि हामीले पछाडि परेका विद्यालयहरुको स्तरोन्नति, नगरस्तरीय अस्पताल निर्माण, प्रविधिको उच्चतम उपयोग गरी सहज र सरल सेवाप्रवाह, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रवद्र्धन गरी पर्यटक आगमन, औद्योगिक क्षेत्र सञ्चालन गरी उद्योग कलकारखाना स्थापना र रोजगार सिर्जनाजस्ता काम अघि बढिसकेका छन् भने केही प्रक्रियामा रहेका छन् ।

हामी बुटवललाई शैक्षिक, व्यापारिक, औद्योगिक, पर्यटकीय, प्रविधियुक्त, स्वस्थ र अगुवा नगरका रुपमा स्थापित गर्न प्रयत्नरत छौं । निर्वाचित भएदेखि नै हामी सहमति, सहकार्य, एकता र मेलमिलापको मार्गमा अगाडि बढिरहेका छौं । ‘बुटवल हामी सबैको र हामी सबै बुटवलको’ भन्ने भावनासहित समुन्नत विकास तथा देशकै सबल आर्थिक केन्द्र बनाउन निरन्तर लागिरहनेमा हामी प्रतिबद्ध छौं । सबै वडाहरुको सन्तुलित विकास गर्दै नगरबासीको साझा चौतारीको रुपमा बुटवल उपमहानगरपालिकालाई स्थापित गर्न हामी प्रयत्नरत छौं ।
बुटवललाई ‘समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल सहर’का रुपमा रुपान्तरण गर्ने संकल्पका साथ हामीहरु यहाँका बासिन्दा, राष्ट्रसेवक कर्मचारी, संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, उद्योगी व्यवसायीलाई साथसाथै लिएर नगरबासीको जनप्रतिनिधिसँगको पहुँचलाई सरल बनाउँदै बुटवलको उन्नति यात्रामा अघि बढिरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?