ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

पुरानो शिक्षा नीति फेर्न जरुरी छ– मन्त्री सिम्खडा

२२ मंसिर २०८०, शुक्रबार
२२ मंसिर २०८०, शुक्रबार

पोखरा ।

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले पुरानो शिक्षा नीतिले गुणस्तरीय शिक्षा दिन नसकिने बताएकी छन् । दक्ष जनशक्ति उत्पादनका लागि नयाँ शिक्षा नीतिको आवश्यक रहेको बताउदै मन्त्री सिम्खडाले पुरानो शिक्षा नीतिलाई चिर्दै अगाडि बढ्नुपर्ने बताइन् । मूलुकमा संघियता कार्यान्वयन भइसक्दा पनि शिक्षा क्षेत्रमा भने संघियता नआइसकेको उनको भनाई छ ।

गण्डकी प्रदेश शिक्षा निर्देशनालयद्धारा आयोजित ‘म विद्यार्थी र विद्यार्थी मेरा लागि’ भन्ने मूल नाराका साथ एघारवटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र स्थानीय तहका शिक्षा शाखा प्रमुखका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाट्न गर्दै मन्त्री सिम्खडाले तीन तहकै सरकारलाई मिलाएर नयाँ शिक्षा नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताएकी हुन् ।

१२ कक्षा पास गरेपछि स्नातक तह पढ्ने विद्यार्थीको संख्यामा गिरावट आएको र पासवर्ड बोकेर एयरपोर्ट धाउने दक्ष युवालाई रोक्ने शिक्षा नीति नै अहिलेको आवश्यकता रहेको उनले बताइन् । ‘परम्परातगत शैलीमा नै चल्ने हो भने अवको केही वर्षभित्र जे पनि हुन सक्छ’ उनले भनिन, ‘संघिय शिक्षा ऐन नआउदा पनि प्रदेशले बाटो पाएको छैन् । शिक्षा सम्बन्धि ६ वटा विधेयक ड्राफ्ट छन् । तर, संघिय शिक्षा ऐन नआउदा हामीले पनि शिक्षा ऐन ल्याउन पाएनौ ।’ प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनको धारण थियो । ‘अहिलेको शिक्षा कति वैज्ञानिक छ यसतर्फ बहस चलाउनुपर्ने समय भयो’ उनले थपिन् ।

प्रदेश शिक्षा विकास निर्देशक अम्बिकाप्रसाद आचार्यले प्रदेश शिक्षा नीति, २०७८ र राष्ट्रिय शिक्षा नीति, २०७६अनुसार प्रदेश सरकारले काम गर्दै आएको बताए । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेश शिक्षा क्षेत्रमा अगाडि रहेको दावी गर्दै निर्देशक आचार्यले गणित, विज्ञान र अंग्रेजीका विषयगत शिक्षकको संख्या कमी रहेको बताए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले गुणस्तरीय शिक्षाको अभावकै कारण उच्च शिक्षामा अध्ययनरत विद्यार्थीको संख्या घट्दै गएको बताए । सीटीईभीटी गण्डकी प्रदेशका प्रमुख दामोदर देवकोटाले पनि प्राविधिक शिक्षामा जोड दिए । निर्देशनालयका उपसचिव घनश्याम पौडेलले गण्डकीमा शिक्षा क्षेत्रको सहि तथ्यांक नै भेटाउन मुस्किल रहेको बताए । शिक्षा सेवा समाजका अध्यक्ष अनन्तराज लम्सालले विद्यार्थीको संख्या बढाउनतर्फ ध्यान दिनुपर्ने धारण राखे ।

गण्डकी प्रदेशमा ४ लाख ८३ हजार ५ सय ८९ विद्यार्थी छन् । जसमध्ये संस्थागततर्फ १ लाख ६७ हजार ५ सय ७८ विद्यार्थी छन् । यसैगरी, स्थायी, करार, राहत र नीजि गरी ४ हजार १ सय ७५ शिक्षक रहेका छन् । दुई वटा विश्वविद्यालय रहेको यस प्रदेशमा ३ हजार ४ सय १४ वटा सामुदायिक विद्यालय, ६ सय २३ संस्थागत, ५५ वटा धार्मिक विद्यालय र २ सय ४४ सामुदायिक सिकाई केन्द्र रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?