ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गुल्मीमा सत्यवती मेला

१० मंसिर २०८०, आइतबार
१० मंसिर २०८०, आइतबार

गुल्मी, १० मंसिर– गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा रहेको सत्यवतीमा मेला सुरु भएको छ । देशकै सय पर्यटन गन्तब्य क्षेत्रको सूचीमा रहेको सुन्दर पर्यटकीय स्थानमा रहेको सत्यवती मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला विश्वकर्मा आउने सत्यवती गाउँपालिका वडा नं. ३ का अध्यक्ष जितुबहादुर तरामु मगरले बताएका छन् ।

मेलालाई स्थानीय प्रतिभा र उत्पादनहरूको केन्द्रीकरण गरी प्रचारप्रसार गर्ने र स्वाधीन समाज निर्माणको आधार निर्माण गर्न प्रयत्न गरिने राजनीतिकर्मी खोमा तरामु मगरले बताए । मेलामा सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डे, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगर, विभिन्न राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिलगायतको सहभागिता रहने आयोजक संस्था साकटेक नेपालका अध्यक्ष धनराज श्रीस मगरले बताए ।

मेलाको अवसरमा मंसिर ७ गतेदेखि स्थानीय क्लब प्रगतिशील समाज क्वाङले भलिबल प्रतियोगिता सुरु गरेको छ । मंसिर १० गतेभित्र भलिबल प्रतियोगिता सम्पन्न भइसक्ने प्रगतिशील समाज क्वाङका अध्यक्ष लिलस श्रीस मगरले बताए । मेलामा हरेक बर्ष गुल्मी, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ, प्युठान, अर्घाखाँचीलगायतका जिल्लाहरूबाट हजारौंको संख्यामा दर्शनार्थीहरूको घुँइचो लाग्ने गर्छ । मेलामा विभिन्न व्यवसायीहरूको भीडभाड सुरु भएको छ । मेलामा स्थानीय उत्पादनमा आधारित विभिन्न परिकारका होटलहरू रहेको संस्थाका उपाध्यक्ष रुकबहादुर राहादी मगरले बताए ।

कहिले देखि शुरु हुन्छ मेला ?

बैकुण्ठ चतुर्दशी साँझदेखि पूर्णिमा (मंसिर १० र ११) गते दर्शनार्थीहरूले सत्यदेवीलाई पुजा गर्ने, दूध चढाउने, शान्तिको प्रार्थना गर्दै परेवा उडाउने, भाकल पुजा गर्ने, चिच्याएर बर माग्नेहरूको भीडभाड हुनेछ । मेलामा स्थानीय उत्पादित सुन्तला, सखरखण्ड, बदाम, बटुक, सेलरोटी, मासुका विभिन्न परिकारहरू खान पाइन्छ । मेलाको अवसरमा राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूले मनोरञ्जन दिने कार्यक्रम रहेको छ । लोक कलाकारहरू श्याम राना, रूपा घर्ती मगर, सुदीप सिंजाली, डोलराज परियार र गुणदेव थापाले आफ्नो गायन प्रस्तुत गर्नेछन् भने स्थानीय मगर सोरठी, सालैजो, कौरा, झ्याउरे लगायतका गीत र नाचहरूको प्रस्तुति रहनेछ ।

कसरी पुग्ने गुल्मीको सत्यवती ?

गुल्मी जिल्लाको सदरमुकाम तमघासदेखि १४ कोष पूर्व, समुद्री सतहदेखि २००० मी. उचाईमा सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा रहेको छ । तम्घासदेखि रिडी हुँदै रुद्रबेणी वजारबाट करिव ११ कि.मि. उकालो कच्ची मोटर बाटो चढेपछि ठूलो लुम्पेक गाउँमा पुगिन्छ । त्यहाँबाट करिब ३० मिनेट गाडी यात्रापछि सिरानीमा रहेको सत्यवतीमा पुग्न सकिन्छ । बुटवलबाट आउँदा पाल्पाको तानसेन, रिडी, हुँदै आउन सकिन्छ । रुद्रवेणीसम्म पीच बाटो रहेको छ ।सत्यवती प्राकृतिक हिसावले सुन्दर ठाउँ हो । यो क्षेत्र सरकारले घोषणा गरेको सय पर्यटन गन्तब्य मध्ये एक हो । ठूलो लुम्पेकको सिरानीमा रहेको सत्यवतीको धार्मिक र सांस्कृतिक महत्व त छँदैछ । सत्यवतीमा अहिले दैनिकजसो भिडियो सुटिङ गर्ने र अन्य घुम्ने जानेहरूको भीडभाड हुने गर्छ ।

वि.सं. १९९० तिरबाट तत्कालिन पुजारी लिलाराम तरामु मगर (बुढोसाँढ) र उनका परिवारले संरक्षण गर्दै आएको भएपनि केही वर्षयता ग्रामीण पर्यटन विकास गर्ने उद्देश्य सहित स्थानीय संघसंस्थाहरूले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएका छन् । सत्यवतीबाट पाल्पाको श्रीनगर, रेसुङ्गा, सिद्धहिले, कालीगण्डकी नदि र उत्तरपूर्व तर्फ धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमालहरूको नजिकै दृश्यालोकन गर्न सकिन्छ । यहाँ पुजापाठका लागी पाल्पा, स्याङ्जा, रूपन्देही, पर्वत, बाग्लङ, म्याग्दी, अर्घाखाँची लगायत जिल्लाहरूबाट हजारौं दर्शनार्थीहरू आउने गर्छन् ।

पुगेपछि के के देखिन्छ त ?

यस्तै झण्डै २ सय बर्ष अगाडी भुरेटाकुरे दरवार रहेको हचिङ्कोट डाँडा, प्रसिद्व ल्हुम्पेकी थानी थान, खड्कदेवी कोट, लाम्थुडी झरना, सिद्व हिले, मसिना दह, लाली गुराँसे डाँडा, अद्भूत हुक्रायो नाग दृश्यावलोकनका लागी आकर्षणका केन्द्र रहेका छन् । ठूलो लुम्पेकबाट धौलागिरी, माछापुच्छ्रे, मानापाथी, लोत्से लगायत हिमशृंखलालाई नजिकबाट हेर्न सकिन्छ ।
प्राकृतिक स्रोत र साधनको दृष्टिकोणले नेपाल जति भरिपूर्ण छ, ठूलो लुम्पेक कृषि पर्यटनको दृष्टिकोणले पनि परिचित रहेको छ । प्रायः प्रत्येक घर परिवारले कृषिलाई व्यवसाय बनाएर जीविकोपार्जन गरिरहेका छन् । टमाटरको टनेल नभएको घर पाउन त मुस्किलै पर्छ । कृषिको सामूहिक उत्पादन र व्यसायिकता यहाँको असाध्यै राम्रो उदाहरण हो । यहाँको तरकारी पाल्पा, बुटवल, स्याङ्जा हुँदै गोरखपुरसम्म विक्री हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?